Why Visit Pokhara – the tourism capital of Nepal By Our Correspondent Pokhara is a major tourist destination and beautiful city based in west Nepal. It is the the provincial capital of Gandaki Province. Located 200 kilometres (120 miles) west of the capital, Kathmandu, the city is on the shore of Phewa Lake (popularly known as Fewa Taal), and sits at an average elevation of approximately 822 m above sea level. The Annapurna Range, with three out of the ten highest peaks in the world— Dhaulagiri, Annapurna and Manaslu —is within 15–35 mi (24–56 km) aerial range from the valley. In 2024, Pokhara was declared as the tourism capital of Nepal. Pokhara is also a base for trekkers undertaking the Annapurna Circuit through the Annapurna Conservation Area region of the Annapurna ranges in the Himalayas. These are the places you must visit during your trip to Pokhara. 1. Phewa or Fewa Lake One of the places in Pokhara that you should not miss is Phewa or Fewa Lake. Fewa Lake is the second largest lake in Nepal situated in the heart of Pokhara city. It is perfect for boating, kayaking, as well as sightseeing around. It is also well known for viewing Mount Machhapuchhre, Mt. Annapurna and Mt. Dhaulagiri ranges on its water surface. To make your journey more meaningful, you can visit the Barahi Temple, a famous Hindu temple located on an island in the middle of the lake. You can also roam around the lake side and enjoy the view as well as the fast foods and culinary. Night views of the lake side are also mesmerizing to see. 2. Sarangkot A well discussed place to visit in Pokhara among the tourists, travelers and adventure lovers is Sarangkot. Sarangkot, citing itself on the summit, offers the best sunrise and sunset views of the Himalayan Dhaulagiri, Annapurna and Manaslu. Paragliding is the top spot that attracts the tourists as you can enjoy the captivating view of Pokhara and mountains with your naked eyes. To reach Sarangkot, you can choose to
sitalpatinews.com Seattle, America - CEO of Genese Solution, Mr Anjani Phuyal, has been recognised as a top AWS Ambassador at the AWS Global Summit being held at Amazon’s global headquarters in Seattle, Washington. He was recognised as top AWS Ambassador for the UK and Ireland region. The recognition highlights Phuyal’s significant contributions to promoting diversity, equity, and inclusion (DEI) within the tech industry, which aligns with AWS’s mission to create a more inclusive and accessible cloud ecosystem, the Company said. The three-day summit provided attendees with numerous opportunities to engage in interactive sessions with AWS executives, service leaders, and industry experts. Key highlights of the summit included in-depth discussions with AWS leadership and cloud technology thought leaders, afirsthand look at AWS’s vision, strategy, product roadmaps, and future service developments, networking and knowledge-sharing with fellow AWS Ambassadors, exchanging best practices, and forming lasting relationships and participation in roundtable discussions where feedback is directly shared with AWS, influencing the future direction of both AWS and its partner community. “I am thrilled to be recognised as a top ambassador by the AWS at the AWS global summit in Seattle,” said Mr Phuyal adding, “I was very much looking forward to this conference as it is an exceptional platform for innovation, collaboration, and recognition of the outstanding achievements within the AWS Ambassador community.” He expressed hope that insights he earned at the conference would be useful for the expansion of cloud technology in Nepal and beyond. Mr Phuyal is the founder and CEO of Genese Solution, a UK-based value IT company. A founder of Girls in Tech (Nepal Chapter), he is also serving as Asian Lead of Women in Big Data- an initiative to promote women in tech. Genese Solution has offices in ten countries including in Bangladesh, Nepal, Spain, UK and the US.
शीतलपाटीन्युज डटकम। पोखरा। आज मिति २०८१ असोज १२ गतेका दिन सहारा यूकेका निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङ र वहाँको श्रीमति पञ्च गुरुङबाट सहारा फुटबल एकेडेमीको अवलोकन र बालकहरुसँग भेटघाट गर्नु भयो। सो अवसरमा सहारा पोखराको मानार्थ सदस्य मुछेत्र गुरुङ, वहाँको श्रीमति लक्ष्मी गुरुङ, रामबजार सोसाईटी युकेका पूर्व अध्यक्ष राम गुरुङ,अशोक गुरुङ,सहारा हङकङका सल्लाहकार गंगा गुरुङको उपस्थिति रहेको थियो भने वहाँहरुलाई सहारा क्लब पोखराको तर्फबाट अध्यक्ष केशबराज बरालले खादा र पुष्प गुच्छा प्रदान गरी स्वागत गर्नु भएको थियो। कार्यक्रममा पूर्व अध्यक्षहरु विक्रम थकाली, विरभद्र आचार्य,केशबबहादुर थापा,सहरा क्लब पोखरा र सहरा एकेडेमी व्यवस्थापन समितिका पदाधिकारी एबं सदस्यहरुको उपस्थितिमा संयुक्त बैठक गरी दुबै तर्फको गतिविधिको आर्दन प्रदान जानकारी गराईएको थियो। सो क्रममा एकेडेमीको सम्वन्धमा जानकारी वरिष्ठ उपाध्यक्ष एवं एकेडेमी संयोजक पूर्णबहादुर गुरुङले गराउनु भएको थियो भने अध्यक्ष केशबराज बरालले उठेका जिज्ञासहरुको जवाफ सहित धन्यवाद मन्तव्य राख्नु भएको थियो। आजको भेटघाट कार्यक्रमको साथ बालकहरुसँग बसी संयुक्त रुपमा खानपान गरिएको थियो र यसको व्यवस्थापनको सौजन्य सहारा यूकेका निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङबाट गर्नु भएको थियो। यसका लागि सहारा क्लब पोखरा आदरणिय निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङप्रति हार्दिक आभार प्रकट गर्दै धन्यबाद ज्ञापन गर्दछौ।
शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल पत्रकार महासंघ,युके शाखाले उजुरी गरेपछि नेपालब्रिटेन डटकमलाई प्रेस काउन्सिल नेपालले सचेत गराएको समाचार छ। तथ्यहीन र भ्रामक समाचार सामग्री प्रकाशित/प्रसारण गरेको भन्दै परेको उजुरीमाथि सुनुवाइ गर्दै काउन्सिलले बुधबार नेपालब्रिटेन डटकमलाई समाचार सामग्री सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्न भनेको छ। यस्तै काउन्सिलले सम्प्रेषित सामग्रीका सम्बन्धमा आएका खण्डन एवं प्रतिक्रियालाई स्थान दिई तीन दिनभित्र जानकारी गराउन समेत उक्त अनलाइनलाई भनेको छ । काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले लेखेको पत्रमा भनिको छ, 'अतः सम्प्रेषित सामग्रीका सम्बन्धमा सम्बन्धित पक्षबाट पेस भई आएको खण्डन एवं प्रतिक्रियालाई स्थान दिइ ३ दिनभित्र काउन्सिललाई जानकारी गराउन निर्देशानुसार सूचित गरिन् ।' पत्रको अगाडि भनिएको छ, 'पत्रकार तथा सञ्चार माध्यमले सत्य,तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने,कसैमाथि भेद्भाव हुने वा घृणा उत्पन्न हुने किसिमबाट समाचार सम्प्रेषण गर्न नहुने,कसैलाई अनुचित लाभ वा हानी पुऱ्याउने नियत राखी सामग्री सम्प्रेषण गर्न नहुने, सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनुपर्ने,समाचारबाट असर पर्ने व्यक्ति,समुदाय वा संस्थाले पठाएको खण्डन वा प्रतिक्रियालाई स्थान दिनु कर्तव्य हुने' पत्रकार आचारसंहिताको व्यवस्थाबारे यहाँलाई अवगत नै छ।' विधिवत् ढंगले महाधिवेशन गरी निर्वाचित पत्रकार महासंघ यूकेको कार्यसमितिका विषयमा नेपालब्रिटेन डटकमबाट सम्प्रेषित सामग्री उपर नेपाल पत्रकार महासंघ यूकेले गत असोज २ गते काउन्सिलमा उजुरी दर्ता गरेको थियो। काउन्सिलले नेपालब्रिटेन डटकमलाई पठाएको पत्रको बोधार्थ नेपाल पत्रकार महासंघ,युके शाखालाई समेत दिएको छ।
शीतलपाटीन्युज डटकम। लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएका छन्। नेपाली कांग्रेस र एमालेको वहुमत सरकारले संविधान संशोधन गर्ने चर्चा चलिरहेका बेला गाहामगरले गत आइतबार अल्डरसटमा आयोजित एक जनसभामा लिङ्देनलाई ज्ञापन बुझाएका हुन्। उनले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पनि ज्ञापन बुझाएका थिए। राप्रपा केन्द्रिय नेताहरु यतिखेर बेलायत भ्रमणमा छन् ।झण्डै १९ महिनापछि लिङ्देनलाई उही विषयको ज्ञापनपत्र बुझाएर सहयोग अनुरोध गरेको गाहामगरले बताए। ज्ञापनमा गैरआवासीय नेपाली संघ यूकेले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको मागको सम्बोधन गर्न,वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ (पहिलो संशोधन २०७९) को दफा १०,उपदफा १ मा उल्लेख भएको विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने भन्ने प्रावधान संशोधन गर्न जोड दिइएको छ। गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन गैरआवासीय नेपाली संघ यूकेको माग छ।नेपाल नागरिकता ऐन, २०६३ मा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेपनि यो व्यवस्थाले पहिले नै प्राप्त नेपाली नागरिकताको निरन्तरता नहुने एनआरएनए यूकेको धारणा छ। साथै ज्ञापनमा गोर्खाहरु त्रिपक्षीय सन्धि अन्तर्गत भर्ती भएर आएकाले गोर्खा तथा निजका सन्ततिहरुको नेपाली नागरिकता कायमै रहने व्यवस्था गर्न पनि जोडदार माग छ। ज्ञापन बुझ्दै राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको मुल मुद्दा पनि वंशजको नेपाली नागरिकता निरन्तरता भएकाले एनआरएनए यूकेको चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। ज्ञापन जस्ताको तस्तैः
शीतलपाटीन्युज डटकम। लन्डन । भूतपूर्व गोर्खाहरुको मुद्दा अस्वीकृत भएमा अपिल गर्न नपाउने भन्ने होम अफिसको नीति अब औपचारिक रुपमै लागू नहुने भएको छ । त्रिपक्षीय वार्ता अन्तर्गत मंगलबार भएको प्राविधिक कमिटीको जुम बैठकमा होम अफिस अफिसरले अपिल राइट्स दिइने जानकारी दिएका हुन् । होम अफिसले अपिल राइट्स दिने नीति कार्यान्वयन गर्न सहमति जनाएको वार्ताका गोर्खा नेगोसिएटर मेजर रिटायर्ड जुदबहादुर गुरुङले जानकारी दिए । करिब आधा घण्टा भएको वार्तामा होम अफिसबाट २ जना, रक्षा मन्त्रालय (एमओडी) बाट एक जना, भूतपूर्व गोर्खाहरुबाट मेजर रि. उदयबहादुर गुरुङ धर्म तामाङ, केशबहादुर गुरुङ र मे. रि.जुदबहादुर गुरुङ थिए, दूतावासबाट भने कोही सहभागी भएनन् । बैठकमा भूतपूर्व गोर्खाका विधवा र तिनका सन्तानलाई आइएलइ वा आइएलआर अप्लाई गर्दा लाग्ने शुल्क जनही एकहजार ८ सय ५० पाउण्ड मिनाह गर्न होम अफिस सहमत भएको गुरुङले जनाए। ४ वर्षको कन्ट्रयाक्ट गरेर पनि समय अगावै घर पठाइएका करिब ११६ जनालाई आवासीय अधिकार दिन पनि होम अफिस सहमत भएको छ। भिजा रिफ्युज भएका आवेदनहरु अपिल नगरि स्वीकृत गर्न होम अफिस सकारात्मक भएको पनि गुरुङले जनाए। मेजर जुदले बेलायतका लागि नयां नेपाली राजदूत आएपछि मन्त्रिस्तरिय वार्ता तय हुने बताए। गोर्खाहरुका मागका सम्बन्धमा पछिल्लो तीन वर्षदेखि जारी त्रिपक्षीय वार्ताअन्तर्गत यसअघि प्राविधिक संयन्त्रका ८ बैठक भइसकेका छन् भने ४ वटा मन्त्रिस्तरिय छन् । (नेपालीलिंकबाट।)
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतवासी कलाकार प्रभु गुरुङको नयाँ म्युजिक भिडियो बजारमा आएको छ। ‘पीपीएन प्रोडक्सन यूके’ युट्युब च्यानलबाट शनिबार ‘पागल भन्छ मलाई’ गीतको भिडियो सार्वजनिक गरिएको हो। गणेश श्रेष्ठ दोषी आँसुको शब्द रहेको गीतमा पवन राना मगरले स्वर तथा संगीत भरेका छन्। एरेन्ज/रेकर्डिङ तथा मिक्सिङ सञ्जल भण्डारी बी२ को रहेको छ। बेलायतका रमणीय स्थानहरूका दृश्य खिचिएको भिडियोमा रमा लिम्बू र झलक तामाङले अभिनय गरेका छन्। प्रोड्युसर ऐना राना,सम्पादन पवन सुस्लिङको र कन्सेप्ट तथा निर्देशन प्रभु गुरुङको रहेको छ। अत्यन्त मनोरन्जनात्मक भिडियो हेरेर र गीत सुनेर प्रतिक्रिया दिन निर्देशक गुरुङले अनुरोध समेत गरेका छन्। video-
शीतलपाटीन्युज डटकम। लन्डन- रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीको नेतृत्व लिलादेवी गुरुङलाई हस्तान्तरण गरीएको छ। गत वर्ष सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष गुरुङले आगामी एक वर्षका लागि संस्थाको कार्यकारी नेतृत्व लिएकी हुन्। यसअघि कार्यकारी अध्यक्ष पुण्य रेग्मीले एक वर्षे कार्यकाल पूरा गरी सोमबार सहमती अनुसारको कार्यकारी कार्यभार गुरुङलाई हस्तान्तरण गरेका हुन। प्लमस्टिडस्थित अस्मिता एशोसिएट्सको कार्यालयमा एक औपचारिक कार्यक्रमबीच दुई अध्यक्षबीच कार्यकारी नेतृत्व हस्तान्तरण गरिएको थियो। अध्यक्ष गुरुड्गले आफ्नो एक वर्षे कार्यकालमा संस्थालाई बढी सक्रिय र समावेशी बनाउने प्रतिवद्धता उनले गरेकी छन्। यसअघि भूतपूर्व गोर्खाहरुको संस्था जिगेसाको पनि नेतृत्व गरिसकेकी गुरुङले एनआरएनए यूके महिला सचिव र आइसिसी सदस्यलगायतका जिम्मेवारी पनि निर्वाह गरिसकेकी छन्। सो अध्यक्षता हस्तान्तरण समारेहका अवसरमा आरजीएनएस पूर्व अध्यक्ष एवम् ग्रीनवीच बरो मेयर जीत रानाभाट,संस्थापक अध्यक्ष कुमार श्रेष्ठ,सल्लाहकार मोहन गुरुङ,जिगेसा अध्यक्ष हरिकुमार मल्ल,तमुधिं साउथ इष्ट आमा समूह अध्यक्ष बिन्दु गुरुङ लगायतले अध्यक्ष गुरुङलाई सफल कार्यकालको शुभकामना दिएका थिए। सो नेतृत्व हस्तान्तरण कार्यक्रममा सल्लाहकारहरु एलएन पाण्डे,अर्कराज तिम्सिनापण्डित निलहरि घिमिरे, सहदेव गिरी,हरिकुमार मल्ल,सुशिल प्रजापति,प्रकाश कंडेल,कार्यमितिको उपाध्यक्ष मञ्जु भण्डारी र सुरोज मास्के, कोषाध्यक्ष सोनी श्रेष्ठ सदस्य रामकृष्ण अर्याल लगायतको उपस्थिति थियो। सो पदस्थापन कार्यक्रमको सञ्चालन महासचिव ह्यारी गुरुङले गरेका थिए । तस्विर- प्रकाश कंडेल
शीतलपाटीन्युज डटकम। युरोप।जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत ग्लोबल युथ नेटवर्कको हिजो जुम मार्फत घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा मदन राज पौडेलको अध्यक्षतामा गठित ४३ सदस्यीय विश्व युवा संजालको घोषणा गरिएको समितिमा ३० भन्दा बढी देशबाट व्यक्तिहरू जोडिएका छन्। गैरआवासीय नेपाली संघ पोर्चुगलको निवर्तमान सचिव तथा चितवन समाज पोर्चुगलको अध्यक्ष समेत रहेका रवि अर्याल आयरल्यान्डबाट जय नेपाल इन्टरनेसनल फाउन्डेसन ग्लोबल युथ नेटवर्कमा जोडिएका छन्। विगत लामो समयदेखि सामाजिक कार्यमा अगाडि बढिरहेका अर्याल अहिले केही समयदेखि युरोपको आयरल्यान्डमा बस्दै आइरहेका छन्। राजनीतिमा एकदम सक्रिय युवा नेपाली जनसम्पर्क समिति पोर्चुगलको महामन्त्री समेत रहेका विनोद मरासिनी पोर्चुगलबाट जय नेपाल इन्टरनेसनल फाउन्डेसन ग्लोबल युथ नेटवर्कमा जोडिएका छन्।जय नेपाल इन्टर नेशनल फाउन्डेसनका केन्द्रीय प्रवक्ता लाल प्र. काफ्लेले सबै अतिथिहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम, पूर्व सांसद बिजुला बर्मा राणा, कोशी प्रदेशका निर्वतमान मुख्य मन्त्री केदार कार्की, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्षहरू डा केशव पौडेल, बुद्धि सागर सुबेदी, पूर्व उपाध्यक्ष दिलु पराजुली, पूर्व महासचिव अन्जन कुमार चौलागाईं, वर्तमान महासचिव रामहरि अधिकारी, वर्तमान तथा पूर्व कार्यसमितिका सदस्यहरू, गैर आवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटा, ने . वि. संघ का पूर्व महामन्त्री मनोजमणि आर्चाय, पूर्व प्रदेश सांसद बिजुला बर्मा राना, सुरेश राज त्रिपाठी महामन्त्री नेपाली जनसम्पर्क समिति साउदी अरब तथा महासमिति सदस्य, राम शरण हुमागाईँ (भर्जिनिया) नेका महाधिवेशन प्रतिनिधि अमेरिका, प्रेम न्यौपाने पूर्व सचिव ,नेपाल पत्रकार महासंघ नवलपुर (पूर्वी नवलपरासी), विष्णु बहादुर क्षेत्री काँग्रेस माहाधिबेशन प्रतिनिधि कास्की ३, प्रेस युनियन नेपालका अध्यक्ष शिव लम्साल, समाज टाइम्सका सम्पादक विष्णु हरी घिमिरे ,जय नेपाल इन्टरनेशनल फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष बद्री अर्याल, फाउन्डेसनका संस्थापक विश्व बराल, फाउनडेशनका केन्द्रीय कोशाध्यक्ष गोविन्द श्रेष्ठ, एनआरएनए आइसिसीका पूर्व उपाध्यक्ष दुर्गा आचार्य, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष दीपक गौतम, जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्ग ,क्यानडा जन सम्पर्क समितिका अध्यक्ष बुद्धि प्रकाश ओली, एनआरएन बेल्जियम का अध्यक्ष
शीतलपाटीन्युज डटकम। लण्डन। विदेशी भूमिमा पनि नेपाली धर्म,कला, संस्कृति र रीतिरिवाजलाई जगेर्ना गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न धर्मसांस्कृतिक अभियान युके लागि परेको छ। गत मङ्गलबार युकेको वेल्स राज्यको राजधानी कार्डिफमा आयोजना भएको एक भव्य सांस्कृतिक कार्यक्रममा धर्म सांस्कृतिक अभियानको भजन उपसमितिले औपचारिक स्टेजमा नै परम्परागत भजन प्रस्तुत गरिएको थियो। वेल्स क्षेत्रका करिब १५० सहभागी उपस्थित उक्त कार्यक्रम इनास वेल्सले आयोजना गरेको थियो। कार्यक्रममा उपस्थित सहभागीहरूले प्रस्तुत भजनद्वारा मनका सम्पूर्ण नकारात्मक ऊर्जालाई नष्ट गरी आनन्द प्राप्त भएको प्रतिक्रिया दिएका थिए। भजन उपसमितिका संयोजक प्रेम भण्डारीले भजनका टुक्का प्रस्तुत गरेका थिए। पहिलोपटक प्रस्तुत भजनका विषयमा दर्शक तथा अतिथिहरूद्वारा सकारात्मक प्रतिक्रिया पाएको आयोजक इनास वेल्स संयोजक तथा कार्यक्रमका सभापति रामदत्त मिश्रले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि इनास युकेका अध्यक्ष सञ्जयभक्त कँडेलले नेपाली संस्कृतिलाई त्यसैगरी विदेशी भूमिमा पनि फैलाउन सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथि वेल्स art international की डेभलपमेन्ट अफिसर ब्रानवेन डिक्सनले यस्ता सांस्कृतिक विविधताले वेल्स राज्यलाई अझ सम्पन्न बनाएको र भजनमा नाचु नाचु लागेको प्रतिक्रिया दिइन्। कार्यक्रमका अतिथि तथा धर्मसांस्कृतिक अभियानका अध्यक्ष डा. थानेश्वर पाण्डेयले यस्ता धार्मिक संस्कृतिले मानव मनमा भएका नकारात्मक ऊर्जालाई नष्ट गर्दै सहकार्य सहस्तित्व र एकताको सन्देश दिने हुँदा भावी पुस्तालाई यो सिकाउन जरुरी रहेको अभिव्यक्ति दिए। कार्यक्रममा अन्य अतिथिका रुपमा नेपाली समाज वेल्सकी अध्यक्ष लक्ष्मी केसी,नेपाली भिलेज युके ब्रेकनका कार्यकारी निर्देशक खुसीमान गुरुङ,सल्लाहकार रामचन्द्र पोखरेल,युरोपियन नेपाली समाजकी महासचिव वर्षा खनाल,कलाकार अनु श्रेष्ठ आदिको उपस्थिति थियो। कार्यक्रममा विभिन्न दाताहरूले आर्थिक सहयोग गरेका थिए भने विभिन्न नेपाली सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपालबाट बोलाइएका लोकगायक कृष्ण बम मल्ल र राजन कार्कीले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।
शीतलपाटीन्युज डटकम। लन्डन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा नेपालका सरकारका पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहितका नेताहरू शनिबार बेलायत आइपुगेका छन्। लिङ्देन नेतृत्वको राप्रपा नेताहरुको टोली शनिबार मध्याह्न (२१ सेप्टेम्बर २०२४) लन्डनको हिथ्रो एयरपोर्ट ओर्लिएको हो। अध्यक्ष लिङ्देन लगायत नेतालाई प्रवासी नेपाली एकता समाजका अध्यक्ष रोशन सापकोटा,एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर लगायतले विमानस्थलमा स्वागत गरे। उनीहरु पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाजको आइतबार र सोमबार हुने कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन्। प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाही,प्रवास विभाग प्रमुख आनन्द अधिकारी,केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सिता थापा छन्। पानसको आयोजनामा यही असोज ७ र ८ गते लण्डन र स्कटल्याण्डमा हुने कार्यक्रममा उनीहरु सहभागी हुनेछन्। साथै प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ। उनीहरुको भ्रमण टोली १० आश्विन स्वदेश फिर्ता हुने तालिका छ ।
बुद्ध फाउन्डेसन यूके नेपाल विधान २०१८ संसोधन:२०२१ प्रस्तावित परिमार्जन २२ सेप्टेम्बर २०२४ प्रस्तावना:- भगवान गौतम बुद्दको शान्ति संदेशको सान्दर्भिकता बढ्दै गएको वर्तमान विश्व परिप्रेक्ष्यमा बुद्ध र बुद्ध्वत्वको आत्मसात गर्दै वैदिक सनातन धर्मको एक अभिन्न अंग र पूर्वीय दर्शनमा बुद्द सन्देशको महिमा लाई उजागर गर्दै बेलायतमा बसोवास गर्ने नेपाली समुदाय बिषेशत भगवान गौतम बुद्दको जन्मस्थल नेपालको कपिलवस्तु क्षेत्रका नेपाली हरुको पहलमा नेपालको कपिलवस्तु लाई बुद्द जन्मभूमिको रुपमा चिनारी गराउदै बुद्ध दर्शनको अपरम्पार महिमा र ज्ञान अनुसरण गर्दै नेपाली परिप्रेक्ष्यमा भगवान बुद्दको ज्ञान परिभाषित गर्दै नेपाल लाई बुद्द जन्मस्थलको रुपमा पहिचान दिलाउने लक्ष्यका साथ बुद्द फाउन्डेसन यूकेको स्थापना भएको हो । परिच्छेद – १ प्रारम्भिक (१) नाम र प्रारम्भः– (क) यस विधानको नाम “.बुद्द फाउन्डेसन यूके” रहेको छ । (ख) यो विधान कार्यसमितीको बैठकले पास गरेको मिती देखि लागु हुनेछ । (२) परिभाषाः– विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमाः– (क) “संस्था” भन्नाले बुद्द फाउन्डेसन यूके लाई जनाउने छ । (ख) “विधान” भन्नाले बुद्द फाउन्डेसन यु.के. को विधानलाई जनाउने छ । (ग) “नियमावली” भन्नाले यस विधान अन्तर्गत बनेको नियमावलीलाई जनाउने छ । (घ) “अध्यक्ष” भन्नाले यस संस्थाको कार्य समितिको अध्यक्षलाई जनाउने छ । (ङ) “कार्यसमिति” भन्नाले यस विधान अन्तर्गत गठित कार्य समितिलाई जनाउने छ । (च) “सदस्य” भन्नाले यस संस्थाको विधानले व्यवस्था गरे अनुरुप सदस्यता ग्रहण गरेको व्यक्तिलाइ जनाउने छ । (३) संस्थाको चिन्ह (लोगो):- यस संस्थाको चिन्ह (लोगो) माथि अङ्कित चिन्ह बमोजिम हुनेछ । परिच्छेद – २ उद्देश्य (४) संस्थाको उद्देश्यः– सस्थाको मुख्य उद्देश्यहरु : भगवान गौतम बुद्दको जन्मस्थल पवित्र भूमी नेपाल तथा बौद्द दर्शनको उद्गम स्थल पूर्वीय दर्शनको प्रादुर्भाव भएको स्थानहरुको महत्व र गरिमालाई विश्व समुदाय माझ चिनाउदै मानव जीवनमा बौद्द धर्मको महिमा उजागरको लागी क्रियाशील रहने । साथै बौद्द धर्म संस्कृति दर्शन, साहित्य तथा पहिचानको संरक्षण एवम् सम्बर्दन गर्दै विश्व शान्तिको लागी बौद्द दर्शनको महत्व लाई संसार भर फैलाउदै समाजमा भातृत्व, एकता, शान्तिको लागी काम गर्ने र सो उद्देश्य प्राप्तीको लागि मुख्यत निम्न लिखित कार्यहरु गर्ने (क) बुद्द धर्म सस्कृतिमा विश्वास राख्ने एवम् ओमकार परिवार भित्र पर्ने हिन्दु बौद्ध, जैन, शिख, नागा, बोन, किरात सम्प्रदायमा विश्वास गर्नेहरु बीच बलियो एकताको लागि मुलतः सनातन धर्मको रुपमा बौद्द दर्शनको प्रचार
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायत बस्दै आएकी गायिका शर्मिला बर्देवाले नयाँ नेपाली गीत ‘मन सिउने धागो’ बजारमा ल्याएकी छन्। नेपाली सुगम संगीतकी चर्चित तथा सदाबहार गायिका बर्देवाले शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । मिरा रानाले कम्पोज गरेको गीतमा प्रमोद स्नेही रानाको शब्द, गायिका बर्देवा स्वयंको स्वर र मनोहर सुनामको एरेञ्ज रहेको छ। म्युजिक भिडियोमा क्रिस्टिना केसी र पेमा दावा लामाले अभिनय गरेका छन् । नरेश ऐर र टिमले खिचेको भिडियो मिन रावलले सम्पादन गरेका हुन् । निर्देशक उत्तम श्रेष्ठ शिशिर तथा प्रोड्युसर सरोज परियार रहेका छन्। युट्युब च्यानलमा गएर गीत सुनेर/ हेरेर प्रतिक्रिया दिन गायिका बर्देवाले अनुरोधसमेत गरेकी छन्। उनका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’लगायत दर्जनौँ गीत चर्चित छन्। (गोर्खा मिडीया)
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली राजदुताबास लण्डनमा आफ्नो ४ वर्षे कार्यकाल सकेर नेपाल फर्कन लागेका लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख (हाल कार्यवहाक राजदूत) रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपाललाई नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्ष विमला सेनीको टोलीले राजदुताबास पुगेर भब्य विदाइ गरेको छ भने दूतावासमा आफ्नो जिम्मेवारी सम्हाल्न भर्खर आएका तृतीय सचिव झुपलाल पुनको स्वागत सम्मान समेत गरेको छ। शुक्रबार सांझ लन्डनस्थित दूतावास भवनमा अध्यक्ष सेनेले फर्कन लागेका डिप्लोम्याट्सहरुको भावी करिअरमा अझ प्रगति होस् भन्ने शुभकामना पनि दिदै पुनको बेलायत कार्यकाल सफलताको कामना समेत गर्नु भयको थियो। नेपाली राजदूतावासका कूटनीतिज्ञहरुबाट महासंघले सूचना संकलन,सम्प्रेषण तथा नेपाली संस्थाका हरेक समारोहमा सहभागिता जनाइ नेपाली समाजलाई पूर्ण साथ दिएको भन्दै आभार व्यक्त गर्नु भयको थियो। सो अवसरमा कार्यवहाक राजदूत खनाल र द्वितीय सचिव नेपालले आफूहरुलाई कुटनितिक कार्य सम्पादन गर्न बेलायतको कार्यकालमा पत्रकारहरुले पूर्ण साथ दिएकोमा आभार व्यक्त गर्नु भयको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष सेने,उपाध्यक्ष शिव भण्डारी,सदस्यहरु गोमा राना,नगेन्द्र नेम्वाङ,वाचस्पति रेग्मी,केन्द्रिय प्रतिनिधि दूत पुन लगायतको सहभागीता थियो। अहिले दूतावास कर्मचारीहरुको टिम परिवर्तन हुने क्रममा छ भने आईतबार नया कर्मचारी आउने र कार्यबाहक राजदुत खनाल र नेपाल पनि सोमबार फर्कने तयारीमा हुनुहुन्छ। साथै बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरेलाई संसदीय समितिले अनुमोदन गरिसकेको छ भने उपनियोग प्रमुख विपिन दुवाडी छिट्टै लन्डन मिसन आउंदै हुनुहुन्छ।
शीतलपाटीन्युज डटकम। काठमाडौँ । पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ। बेलुन नेपाल प्रा.लि.को आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोजना गर्न लागिएको आज राजधानीमा आयोजित घोषणा सभामा जानकारी दिइयो। महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । नेपाल बेलुन प्रालिका अध्यक्ष बिक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए। उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बेलुन कम्पनीहरुको सहभागिता रहने लक्ष्य रहेको छ । पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए। “पर्यटन राजधानी पोखरामा साहसिक पर्यटनको विकास, थप आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि महोत्सव आयोजना गर्न लागिएको हो,यसबाट पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरिएको छ”,अध्यक्ष बाडेले भने। फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरुले अपेक्षा गरेको उनले बताए। कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुनेमा उनले विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्यालेनडरमा नयाँ कार्यक्रम थप भएकोमा खुसी व्यक्त गर्दै महानगर कार्यक्रमको संरक्षक र प्रवर्द्धक रहने प्रतिवद्धता व्यक्त गरे। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले महोत्सव मुलुकको पर्यटन क्षेत्रको हितमा भएको उल्लेख गर्दै खुसी व्यक्त गरे। “एअर स्पोर्टस् एड्भेञ्चर सबै पोखराबाटै सुरु भएका छन्। हामीले जुनसुकै क्षेत्रमा आबद्ध भएर काम गरेपनि ती सबै राष्ट्रिय हितकै लागि भएका छन्। तसर्थ पोखरामा आयोजना हुन लागेको ‘इन्टरनेसनल बेलुन फेस्टिभल’ले पनि नेपालको समग्र पर्यटन प्रवर्द्धन नै टेवा पुर्याउनेछ।” कम्पनीका निर्देशक विवि ढकालले महोत्सवमार्फत पोखराको पर्यटनमा नयाँ आयाम थपिने बताए। “प्राकृतिक स्रोत र साधनले धनी पोखरा पछिल्लो समय साहसिक पर्यटनका लागि पनि गन्तव्य बन्दै गइरहेको छ। यस सन्दर्भमा बेलुन महोत्सव पोखरालाई साहसिक पर्यटकीय गन्तव्य बनाउने योजनामा थप सहयोगी
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। संयुक्त अधिराज्य बेलायतका लागि राजदुतमा चन्द्र कुमार घिमिरेको नाम अनुमोदन भएका छन ।बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको हो। आफ्नो शैक्षिक प्रमाणपत्र पेस नगरेकाले श्रीलंकाका लागि सिफारिस राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन गरिएको छैन। समितिको निर्णयअनुसार बेलायतका लागि चन्द्र कुमार घिमिरे,अमेरिकाका लागि लोकदर्शन रेग्मी,चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर,जर्मनीका लागि डा शैल रुपाखेती,भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ। यस्तै इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल,पोर्चुगलका लागि प्रकाशमणि पौडेल,कतारका लागि रमेशचन्द्र पौडेल,रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ,साउदी अरबका लागि नरेशविक्रम ढकाल,दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फे र स्पेनका लागि सनिल नेपालको नाम अनुमोदन भएको छ । समितिको बैठकबाट अनुमोदन भएका राजदूतहरूको अब सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त भई शपथ हुनेछ। साथै सपथ पछि खटीएको राष्ट्रमा जाने कार्यक्रम हुने छ।
शीतलपाटीन्युज डटकम। काठमाडौं – काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा भोलि बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। भदौ २७ गतेको मन्त्रिपरिषद बैठकले असोज ३ देखि धरहरा अन्तरिम रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। संविधान दिवसको अवसर पारेर सरकारले सर्वसाधारणलाई धरहरा चढ्न दिने व्यवस्था मिलाएको हो। ५०० जनालाई दैनिक धरहरा चढ्न अनुमति- परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने व्यवस्था मिलाइएको छ। टिकट काट्न वेबसाइटमार्फत व्यवस्था गर्न लागिएको छ, जसको तयारी लगभग सकिएको छ। वेबसाइट तयार भएपछि सार्वजनिक जानकारी दिने योजना छ। टिकट काट्ने प्रक्रिया- शुरुवाती योजना अनुसार, एप विकास गरेर टिकट काट्ने व्यवस्था गर्ने प्रयास भए पनि असम्भव भएकोले वेबसाइटमार्फत टिकट बुकिङको व्यवस्था गरिनेछ। प्रत्येक दिन विहान ११ बजेपछि हरेक आधा घण्टामा १०० जनालाई चढ्न दिनेगरी टिकट बुकिङ खुला गरिनेछ। पहिलो दिनमा वेबसाइटमा समस्या आए धरहरा परिसरमै भौतिक रूपमा टिकट काट्न सकिनेछ। निःशुल्क प्रवेश र सुविधाहरू हालका लागि धरहराको प्रवेश निःशुल्क गरिने भएको छ भने धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ। धरहरा चढ्नेहरूले दुई वटा विद्युतीय लिफ्टको प्रयोग गर्न पाउनेछन्। माथि पुगेपछि बार्दली क्षेत्रमा करिब १० मिनेट बिताउन सकिनेछ र फोटो तथा भिडियो खिच्न समेत अनुमति दिइनेछ। धरहराको संरचना र व्यवस्थापन- नयाँ धरहरा पुरानो धरहराको जस्तै बाहिरी स्वरुपमा ११ तला देखिए पनि भित्री संरचना २२ तलाको छ। पुरानो धरहराको भग्नावशेष सुरक्षित रूपमा राखिएको छ जसलाई खुला रूपमा अवलोकन गर्न सकिन्छ। धरहरामुनि तीन तले भूमिगत पार्किङ बनेको छ र त्यहाँ प्रशासनिक भवन, संग्रहालय, तथा बगैंचा समेत बन्दैछ। व्यवस्थापनका लागि महानगरको माग २०७२ को भूकम्पले धरहरा भत्किनुअघि काठमाडौं महानगरपालिकालाई धरहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिइएको थियो। नयाँ धरहरा बनेपछि काठमाडौं महानगरपालिकाले पुन: यो जिम्मा आफूलाई दिन माग गरेको छ तर संघीय सरकार यसमा सहमत देखिएको छैन। ९५ प्रतिशत निर्माण पूरा- धरहराको निर्माणको ९५ प्रतिशत काम पूरा भइसकेको छ। २०७८ वैशाख ११ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए, यद्यपि निर्माण पूर्ण रूपमा नसकिएको थियो। पुन: प्रधानमन्त्री बनेपछि ओलीले सर्वसाधारणलाई धरहरा चढ्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। श्रोत-स्मार्टपाटी।
GNNNEWS- काठमाडौं - नेपालको सडक सुरक्षामा क्रियाशील अभियानकर्ता र नागरिक अगुवाहरूले निरन्तर बढिरहेका सडक दुर्घटनाका घटनालाई दृष्टिगत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। ध्यानाकर्षणको मुख्य विषयहरूमा सडक सुरक्षा ऐनको अनुमोदन, राष्ट्रिय सडक सुरक्षा रणनीतिको अनुमोदन र अधिकार सम्पन्न सडक सुरक्षा परिषदको यथाशिघ्र गठन लगायतका देशको सडक सुरक्षाको दीगो समाधानका र केही तात्कालिक महत्वका बुँदाहरू रहेका छन्। गत असार २८ गते नारायणगढ़-मुग्लिङ्ग सडक खण्डमा गएको पहिरोमा दुईवटा यात्रुवाहक बस हराएका छन्, जसमा करिब ४० जनाभन्दा बढी यात्रुहरूको स्थिति अज्ञात छ। त्रिशुली नदीले बगाएको ठानिएका दुवै बसहरू अझै भेटिएका छैनन्। देशैभरीका विभिन्न नयाँ एवम् पुराना सडक मार्गहरूमा सडकको अवस्था विग्रेका कारण यातायात अवरूद्ध भएका, दुर्घटना भएका वा जोखिमपूर्वक यात्रा गर्न बाध्यता रहेको सन्दर्भमा अभियन्ताहरूले उद्धार र खोजी कार्य तीव्र पार्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्पूर्ण सरकारी संयन्त्रलाई निर्देशन दिन प्रधानमन्त्रीलाई सडक सुरक्षामा क्रियाशील अभियानकर्ताहरूले आग्रह गरेका छन् सडक सुरक्षाको स्थिति र समस्या विगत १० वर्षको अवधिमा मात्रै, प्रहरी तथ्यांकअनुसार, करिब २४,००० जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका र करिब ७२ हजारभन्दा बढी गम्भीर घाइते भएका ज्ञापनपत्रमा उल्लेख छ भने स्वास्थ्य मन्त्रालयको तथ्याङ्क उद्धृत गर्दै एकै वर्षमा करिब एक लाख जना सडक दुर्घटनाबाट घाइते भई उपचारका लागि स्वास्थ्य संस्थामा आउने भयानक अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। नेपालमा फुटकर हताहती गराउने खालका सडक दुर्घटनाका घटना धेरैको ध्यानाकर्षण नै नहुने अवस्थामा छ। तर धेरै मानिसको मृत्यु वा घाइते भएका कारण चर्चित भएको नारायणगढ़-मुग्लिङ्ग सडक खण्डमा यात्रुसहित त्रिशुलीमा खसेर बेपत्ता भएको घटनालाई नेपालको सडक यातायात इतिहासमा कालो दिनको रूपमा सम्झिइरहने स्मरण गराइएको छ । ज्ञापनपत्रमा विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले नेपालमा एकै वर्षमा करिब ८,५०० जनाको सडक दुर्घटनाका कारण ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको भन्दै यसरी हजारौं प्रत्यक्ष प्रभावितका परिवार र आफन्त गरी लाखौं मानिसहरू सडक दुर्घटनाका पीडा लिएर बाँचिरहेको पीडादायी अवस्थातर्फ पनि ध्यानाकर्षण गराइएको छ । विश्व बैंकको अध्ययन अनुसार नेपालमा सडक दुर्घटनाका कारण कुल गार्हस्थ उत्पादन (जी.डि.पी.) को करिब ३ प्रतिशत बराबरको वार्षिक क्षति
पुर्ण गुरुड्ग। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बौद्ध अर्धौं सदनमा श्रद्धेय लामा हर्कजंग घले र प्रदीप गुरुङलाई स्वागत गरेको छ। गत सोमबार १६ सेप्टेम्बर साँझ बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा गुरुहरुले उनीहरुलाई स्वागत गरेको हो। उनीहरु बीसीसी युकेले आउने २ अक्टोबर देखि ६ अक्टोबरसम्म आयोजना गर्न लागेको ञ्यूङ्ने ब्रतका लागि बेलायत आएका हुन्। बौद्ध धर्ममा ञ्यूङ्ने ब्रतको छुट्टै महत्व रहेकोले बीसीसी युकेले यस अघि पनि आयोजना गरेको थियो। सोही अनुरुप यस बर्ष आयोजना गर्न लागिएको बीसीसी युकेले जनाइएको छ। सो अवसरमा ञ्यूङ्ने ब्रतलाई सफलतापूर्वक संचालनबारे कार्यसमिति, गुरु र आमाहरुबीच छलफल भएको थियो। उक्त स्वागत कार्यक्रममा बीसीसी युकेका धर्म गुरु खेन्पो सेनाङ्ग, लोपेन नोर्बु,लोपेन दावा, बीसीसी युकेका प्रमुख सल्लाहकार एवं ञ्यूङ्ने ब्रत संयोजक मेजर खुशीमान गुरुङ,बीसीसी युकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ,पूर्व आमा प्रमुख पुष्पा गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा आमाहरुको बाक्लो उपस्थिति रहेको थियो।
शीतलपाटीन्युज डटकम। लण्डन। समाजका सदस्यहरुको दुखद निधनको कारण साझा नेपाली समाजले आज को लागी तय गरी तयारी गरिएको खेलकुद तथा आपतकालिन सहयोग को लागी च्यारिटि साझ नोभेम्बर ११ मा सारेको छ।आफ्नै समाजका सदस्यहरु दुखित भएको शोकाकुल समयमा मनोरन्जन का कुनै कार्यक्रम नगर्ने साझा नेपाली समाजको निर्णय अनुसार कार्यक्रम सारिएको हो। महासचिव शशांक शर्माका अनुसार यहि नोभेम्बर ११ सोमबारको दिन लेस्टरको जंगल क्लवमा खेलकुद तथा आपतकालिन सहयोग सॅाझ को आयोजना हुनेछ। यसको संयोजन समाजका पुर्व अध्यक्ष एवं ट्रष्टि रण बहादुर केसीले गर्नुहुनेछ। संयोजक केसीले कार्यक्रमलाई सफल बनाउनको लागी बेलायतका सामाजिक अभियन्ताहरु लाई आह्ववान गर्नुभएको भने यो च्यारिटि बाट उठेको रकम खेलकुद र मिडलैन्डको नेपाली समुदायमा प्राथमिकताको आधारमा खर्च गरिने छ। साझा नेपाली समाजका युवा अध्यक्ष दिपक सापकोटाको तर्फबाट कार्यक्रम संयोजक रण बहादुर केसीले निकालेको सुचना- आदर्णिय साझा नेपाली समाजका सहयोगी अतिथिहरु,अभियन्ता लगायत दाजुभाई तथा दिदीबैनीहरु नमस्कार, बिषय- दुखद निधन र अत्येष्ठिको कारण च्यारिटि डिनर सॅाझ को मिति परिवर्तन गरिएको बारेमा उपरोक्त सम्बन्धमा साझा नेपाली समाजले यहि आउदो सोमबार १६ सेप्टेम्बरमा तय गरेको खेलकुद तथा आपतकालीन सहयोग संकलन च्यारिटि डिनर सॅाझको मिति परिवर्तन गरिएको सुचना दिदॅा असहज महसुस गरेको छु।साझा नेपाली समाजलाई निस्वार्थरुपले सहयोग गरिरहनु भएका हजुरहरु सबैलाई कार्यक्रमको मिति नजिकै यो खबर निकाल्न मलाई पक्कै मन थिएन। हामीले दिन रात मेहनत गरेर कार्यक्रमलाई भब्यता को साथ सम्पन्न गर्ने तयारि गरेका थियौ।तर हालै हाम्रो समाज भित्र भएका दुखद निधनले हामीलाई कार्यक्रमको मिति सार्न बाध्य बनायो। साझा नेपाली समाज भाईचाराको लागी गठन गरिएको समाज हो।आफ्नै समाजका सदस्यहरुको दुखद निधन मा हामीले मनोरन्जनपुर्ण कार्यक्रम गर्न हाम्रो नैतिकताले दिदैन।साझा नेपाली समाज मिडलैन्ड स्थित अन्य स्थानिय समाजहरुको अभिभावक समाज पनि भएकोले अभिभावकत्व निभाउने क्रममा बसेको साझा नेपाली समाजको सचिवालयको बैठकले हाम्रै समाजका सदस्यहरुको दुखद निधन भएको १३औं पुन्य तिथी भन्दा पहिला कुनै पनि कार्यक्रम नगर्ने एकमत निर्णय अनुरुप च्यारिटि सॅाझको मिति सारिएको छ। आदर्णिय अतिथिहरु, नया मिति तय गर्ने समबन्धमा एक दुई दिनमा शुरु हुने सोर्ह श्राद,लगतै घटस्थापना र नबरात्री,बिजया दशमी र केही दिन