Thursday March 20, 2025

विचार

बाल्टिमोरमा मालबाहक पानी जहाजको ठक्करबाट पुल ध्वस्त

सुरेश कोईराला, अमेरीका। आज विहान स्थानीय समय अनुसार १.२६ मिनेट जाँदा मालबाहक पानी जहाजको ठक्करबाट बाल्टिमोरमा एक पुल ध्वस्त भएको छ। बाल्टिमोर हार्वरमा पोटास्को नदी माथि रहेको इन्टरस्टेट ६९५ जोड्ने १.६ माइल लामो मुख्य पुल ‘Francis Scott Key Bridge’ को एउटा पिलरलाई श्रीलंकाको कोलम्बोको लागि प्रस्थान गर्न लागेको मालबाहक जहाज ‘Dali’ले ठक्कर दिएको हो। पुलको मु्ख्य हिस्सा नदीमा खसेको छ भने दुर्घटनाका बेला पुलमा नियमित मर्मत कार्य जारी रहेकाले मर्मत कार्यमा संलग्नहरु पानीमा खसेकाछन्। उद्धारकर्ताहरुले दुईजनालाई जिवितै पानीबाट निकालेको सिएनएनले जनाएको छ। मर्मत कर्मचारीहरुका गाडी नदीमा डुबेको जनाइएको छ।

सहारा एकेडेमी पोखराद्वारा थप १७ बालकको खोजी

शीतलपाटीन्युज डटकम। पोखरा। पोखराको सहारा क्लबले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटबल एकेडेमीमा थप १७ जना बालकलाई व्यवस्थापन गर्ने भएको छ । पोखरा १७ दोबिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौथो ब्याचको लागि बाँकी १७ प्रशिक्षार्थी बालकहरुलाई नयाँ भर्ना गर्ने निर्णय अनुसार १७ जना बालकहरुको खोजी गरिएको क्लबले जनाएको छ । एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकहरूको न्यूनतम योग्यता तथा मापदण्ड समेत क्लबले सार्वजनिक गरेको हो । कठिन परिस्थिति तथा विपन्न वर्गको भएकाहरु मध्ये बुवा वा आमा गुमाएको वा दुबै गुमाएको, बुबाआमा अपांगता भएको, प्रशिक्षार्थी बालक २०८० चैत मसान्तमा १० वर्ष पूरा भएर १२ वर्ष ननाघेको, जन्म मिति २०७० बैशाखदेखि चैत्र सम्म जन्म भएको तथा कक्षा ५ वा ६ उत्तीर्ण गरेको हुनुपर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए। शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त भएको, नजिकको नातेदार वा बालक आश्रित संघ संस्थाको आवेदन,बालकको बुवाआमाको वा नजिकको नातेदारकी नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी वा आश्रित संघसंस्थाको दर्ता प्रमाणपत्रको फोटोकपी, स्थानीय निकायको सिफारिसको सक्कल,जन्मदर्ताको प्रमाणपत्र (हस्पिटलको जन्म दर्ता समेत),सम्बन्धित बालकको चलअचल सम्पत्ति भए सोको निस्साको फोटोकपी, बालकको हालसालै खिचेको फोटो २ थान सहित आवेदन फाराम यही चैत मसान्त भित्र बुझाउनु पर्ने क्लबले जनाएको छ । सहारा एकेडेमीमा हाल ७ जिल्लाका १३ जना बालकहरु छन् । photo- Sudershan Ranjit (गण्डक न्युजबाट)

गजल गायकद्वय तिलकसिं पेला र राज सिग्देललाई हिथ्रो एअरपोर्टमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन। ३१ मार्च २०२४ मा बुद्धिस्ट गुम्बा रेडिङ युकेले आयोजना गर्न लागेको च्यारिटी गजल डिनर नाइटमा प्रस्तुति दिन गजल गायकद्वय तिलकसिं पेला र राज सिग्देल  बेलायत आईपुगेका छन।  आइतबार लन्डनस्थित हिथ्रो विमानस्थल आइपुगेका गजल गायकद्वयलाई बुद्धिस्ट गुम्बा रेडिङ युकेका अध्यक्ष ई.खेमबहादुर गुरुङ,महासचिव कमल गुरुङ लगायतले भब्य स्वागत गरेका थिए।  अल्डरसटस्थित एम्पायर हलमा हुने च्यारिटी कार्यक्रममा गायकद्वयको के लत बस्यो मलाई,हेर दिन ढल्यो,लुकाउन खोज्दा पनि,पल पल यस्तै,हरेक दिन सॅाझ फर्केर आउॅछ,मन भित्रको महल तिमीलाई,माया मात्र कस्तो कस्तो, कति निठूरी बनेथ्यो,फेरि अर्को हार भयो,निर्जन किनार लगायतका लोकप्रिय सिर्जना सो कार्यक्रममा प्रस्तुत हुनेछन्।  प्रवेश शुल्क खानासहितको टिकट मूल्य १०० र ४० पाउन्ड तोकिएको गजल साँझमा प्रायोजकलाई भीआईपी टिकट हुने र ४०० पाउन्डभन्दा माथि सहयोग गर्नेलाई २ वटा भीआईपी टिकट दिइने महासचिव कमल गुरुङले बताएका छन। गुम्बा निर्माण तथा मर्मतका लागि सहयोगार्थ च्यारिटी गजल डिनरको आयोजना गरी एकोले पुण्य कामका लागि कार्यक्रमको टिकट काटेर सहयोग गर्न महासचिव गुरुङले अनुरोध गरेका छन।  गुम्बाले यसअघि २०१९ जुलाईमा पहिलो च्यारिटी गरेको र त्यसबेला आनिछोइङ डोर्माले प्रस्तुति दिएकी थिइन्।

गजल गायकद्वय तिलकसिं पेला र राज सिग्देललाई  बेलायत भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन। ३१ मार्च २०२४ मा बुद्धिस्ट गुम्बा रेडिङ युकेले आयोजना गर्न लागेको च्यारिटी गजल डिनर नाइटमा प्रस्तुति दिन गजल गायकद्वय तिलकसिं पेला र राज सिग्देल  बेलायत आईपुगेका छन।  आइतबार लन्डनस्थित हिथ्रो विमानस्थल आइपुगेका गजल गायकद्वयलाई बुद्धिस्ट गुम्बा रेडिङ युकेका अध्यक्ष ई.खेमबहादुर गुरुङ,महासचिव कमल गुरुङ लगायतले भब्य स्वागत गरेका थिए।  अल्डरसटस्थित एम्पायर हलमा हुने च्यारिटी कार्यक्रममा गायकद्वयको के लत बस्यो मलाई,हेर दिन ढल्यो,लुकाउन खोज्दा पनि,पल पल यस्तै,हरेक दिन सॅाझ फर्केर आउॅछ,मन भित्रको महल तिमीलाई,माया मात्र कस्तो कस्तो, कति निठूरी बनेथ्यो,फेरि अर्को हार भयो,निर्जन किनार लगायतका लोकप्रिय सिर्जना सो कार्यक्रममा प्रस्तुत हुनेछन्।  प्रवेश शुल्क खानासहितको टिकट मूल्य १०० र ४० पाउन्ड तोकिएको गजल साँझमा प्रायोजकलाई भीआईपी टिकट हुने र ४०० पाउन्डभन्दा माथि सहयोग गर्नेलाई २ वटा भीआईपी टिकट दिइने महासचिव कमल गुरुङले बताएका छन। गुम्बा निर्माण तथा मर्मतका लागि सहयोगार्थ च्यारिटी गजल डिनरको आयोजना गरी एकोले पुण्य कामका लागि कार्यक्रमको टिकट काटेर सहयोग गर्न महासचिव गुरुङले अनुरोध गरेका छन।  गुम्बाले यसअघि २०१९ जुलाईमा पहिलो च्यारिटी गरेको र त्यसबेला आनिछोइङ डोर्माले प्रस्तुति दिएकी थिइन्। श्रोत- गोर्खा मिडीया।

ब्रिटिश आर्मीमा डाईरेक्ट मेजर पदमा कमिशन प्राप्त पहिलो गोर्खा डा.सुदर्शन गुरुङ

शीतलपाटीन्युज डटकम। लण्डन। रोयल मिलिटेरी एकाडेमी,स्यान्डहर्स्ट क्याम्बर्ली बेलायतको ईतिहासमा गोर्खाहरु विगत दुईसय आठवर्षदेखि सेनाको अन्य रैंकमा भर्ती भएर सेवाकालमा अफिसर तहमा पुगेर सेवा निवृत्त हुने गर्दै आएका छन। पछिल्लो समयमा गोर्खाली मुलका व्यक्तिहरु डाईरेक्ट ब्रिटिश आर्मीका विभिन्न विभागमा डाईक्ट क्याप्टेन तहसम्म कमिशन प्राप्त गरेर अफिसर तहमा सेवा गर्दै आईरहेका छन् । सबैभन्दा पहिले गोर्खा समुदायबाट मेजर तहमा कमिशन प्राप्त गर्ने व्यक्तिको श्रेय डा. सुदर्शन गुरुंगलाई प्राप्त  भएको छ।  बुवा सुमलकुमार गुरुंङ र आमा सारादेवी गुरुंङको कोखबाट पर्वत जिल्ला मोदी गाउपालिका वडा नम्बर ८,चित्रेमा सन् १९८७ सालमा जन्मेका सुदर्शन गुरुंङले सन् २०१० सालमा नेपाल मेडिकल कलेजबाट एमबिबिएस पास गरेर सन् २०१२ मा बेलायत आएर चिकित्सा सेवामा सेवा गर्न थालेका थिए। चिकित्सा सेवामा संलग्नता रहे पश्चात एमआरसीपी (एमडी तह) त्यसपछि एफआरसिपि (ह्यामोटलाजीको कन्सल्ट्यान्ट विशेषज्ञ) तहको अध्ययन पूरा गरेर चिकित्स क्षेत्रमा कार्यदक्षता हासील गर्दै आएका थिए। बेलायतको चिकित्सा क्षेत्रमा नेपाली समुदायबाट सबैभन्दा कम उमेरमा केन्ट स्थित मिडवे अस्पताल,जिलिंगहाममा क्यान्सर विभाग प्रमुख हुने श्रेय पनि डा.सुदर्शनलाई जान्छ।  कलिलै उमेरदेखि आफ्नो अध्ययन र सेवामा दत्तचित्त भई अघि बढिरहेका मेजर डा.सुदर्शन गुरुंङले चिकित्स क्षेत्रमा धेरै कल्याणकारी कामहरु गरिसकेका छन। नेपालको महाभूकम्पको बेला डा. कपिल रिजाल सहित डाक्टरहरुको समुहमा अघिल्लो पंंक्तिमा उभेका डा.गुरुंगले बेलायतमा स्वास्थ्य शिविरहरुको कार्यक्रमहरुमा सक्रिय भूमिका निभाउँदै आएका छन। आफ्नै प्रयासमा केहि आर्थिक रकम संकलन गरेर नेपालको मुसहर बस्तिमा स्वास्थ्य शिविरको आयोजना गरेर गरिब निमुखाहरुको लागि निःशुल्क सेवा र दवाईपानी उपलब्ध गराएका थिए।

ब्रिटिश आर्मीमा डाईरेक्ट मेजर रैंकमा कमिशन प्राप्त पहिलो गोर्खा डा सुदर्शन गुरुङ

रोयल मिलिटेरी एकाडेमी,स्यान्डहर्स्ट क्याम्बर्ली, लण्डन । बेलायतको ईतिहासमा गोर्खाहरु विगत दुईसय आठवर्षदेखि सेनाको अन्य रैंकमा भर्ती भएर सेवाकालमा अफिसर तहमा पुगेर सेवा निवृत्त हुने गर्दै आएका छन। पछिल्लो समयमा गोर्खाली मुलका व्यक्तिहरु डाईरेक्ट ब्रिटिश आर्मीका विभिन्न विभागमा डाईक्ट क्याप्टेन तहसम्म कमिशन प्राप्त गरेर अफिसर तहमा सेवा गर्दै आईरहेका छन् । सबैभन्दा पहिले गोर्खा समुदायबाट मेजर तहमा कमिशन प्राप्त गर्ने व्यक्तिको श्रेय डा. सुदर्शन गुरुंगलाई प्राप्त  भएको छ।  बुवा सुमलकुमार गुरुंङ र आमा सारादेवी गुरुंङको कोखबाट पर्वत जिल्ला मोदी गाउपालिका वडा नम्बर ८,चित्रेमा सन् १९८७ सालमा जन्मेका सुदर्शन गुरुंङले सन् २०१० सालमा नेपाल मेडिकल कलेजबाट एमबिबिएस पास गरेर सन् २०१२ मा बेलायत आएर चिकित्सा सेवामा सेवा गर्न थालेका थिए। चिकित्सा सेवामा संलग्नता रहे पश्चात एमआरसीपी (एमडी तह) त्यसपछि एफआरसिपि (ह्यामोटलाजीको कन्सल्ट्यान्ट विशेषज्ञ) तहको अध्ययन पूरा गरेर चिकित्स क्षेत्रमा कार्यदक्षता हासील गर्दै आएका थिए। बेलायतको चिकित्सा क्षेत्रमा नेपाली समुदायबाट सबैभन्दा कम उमेरमा केन्ट स्थित मिडवे अस्पताल,जिलिंगहाममा क्यान्सर विभाग प्रमुख हुने श्रेय पनि डा.सुदर्शनलाई जान्छ।  कलिलै उमेरदेखि आफ्नो अध्ययन र सेवामा दत्तचित्त भई अघि बढिरहेका मेजर डा.सुदर्शन गुरुंङले चिकित्स क्षेत्रमा धेरै कल्याणकारी कामहरु गरिसकेका छन। नेपालको महाभूकम्पको बेला डा. कपिल रिजाल सहित डाक्टरहरुको समुहमा अघिल्लो पंंक्तिमा उभेका डा.गुरुंगले बेलायतमा स्वास्थ्य शिविरहरुको कार्यक्रमहरुमा सक्रिय भूमिका निभाउँदै आएका छन। आफ्नै प्रयासमा केहि आर्थिक रकम संकलन गरेर नेपालको मुसहर बस्तिमा स्वास्थ्य शिविरको आयोजना गरेर गरिब निमुखाहरुको लागि निःशुल्क सेवा र दवाईपानी उपलब्ध गराएका थिए।

नेपाली राजदूतावास लण्डनको घुम्ती सेवा देखेर स्विनडनका स्थानिय सांसद रोबर्ट बकल्यान्ड प्रभावित

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली राजदूतावास लण्डनको घुम्ती टोलीले स्विनडन लण्डनमा पुगेर राहदानी नवीकरण लगायतका सेवा प्रदान गरेको समाचार प्राप्त भयको छ। आफ्नै ठाउँमा राहदानी नवीकरण गर्ने प्रबन्ध गरेकोमा त्यस इलाकाका सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङ लगायत पदाधिकारीलाई धन्यवाद दिदै असल कार्यको प्रशंसा गरेको कुरा अध्यक्ष गुरुङले बताए।  सुइन्डनस्थित द काउ ब्यांक्वेटिङ हलमा शनिबार राहदानी नवीकरण कार्य भयको थियो। ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले नेपाली समाज विल्टसायरको अनुरोधमा कार्यक्रम आयोजना गरिएको नेपाली राजदूतावासका द्वितीय सचिव रामबाबु नेपालले बताउनु भयको छ। टोलीमा राजदूतावासका द्वितीय सचिव नेपालसँगै कार्यालय सचिव धनबहादुर बोहरा, विक्रम श्रेष्ठ, सहकार्यालय सचिव गोविन्द सुन्दास र चालक राजकुमार गिरी.समेतको टीमले सेवा दिन दिन पुगेको थियो।  सो घुम्ती टोलीबाट स्विनडनमा बसोबास गर्ने ठुलो समुहको सेवाग्राही नेपालीहरुले राहदानी नवीकरण गरेको नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङले बताउनु भयो। उहाका अनुसार ९६ वर्षिया वृद्धाले समेत राहदानी नवीकरण गरेर सेवा लिएकी थिइन्। राहदानी नवीकरणका लागि दूतावास जान दिनै लाग्ने,झन्झटिलो र खर्चिलो समेत हुने,हेल्परको आवस्यकता जरुरी पर्ने गरेको थियो।  यस्तै,सेवा लिएका नेपाली समुदायले पनि समाज र राजदूतावासका कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका थिए। गोर्खाहरूको बाक्लो बस्ती रहेको स्विइन्डनमा यसअघि पनि दूतावासले यस्ता सरकारी सेवा सुविधा दिँदै आएको थियो। यहाँ भर्खरै मात्र सुरु गरेको द काउ ब्यांक्वेटिङ हल सुइन्डन टाउन सेन्टरमा छ । करिब ७०० मानिस अटाउने क्षमता भएको हलमा ज्येष्ठ नागरिक पनि सजिलै पुग्न सक्ने भएकाले कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुङले थप्नु भयो नेपाली समाज विल्टसायरका विभिन्न पदाधिकारी र राजदूतावासका कर्मचारीहरुले गरेको यो सुबिधायुक्त सेवाका लागि स्थानिय नेपालीहरुले प्रसंसा गरेका थिए भने खाजाको प्रबन्ध द काउका सञ्चालकले निःशुल्क रूपमा गरेको सञ्चालक ह्यानसन गौचनले बताए।

नेपाली राजदूतावास लण्डनको घुम्ती सेवा देखेर स्थानिय सांसद रोबर्ट बकल्यान्ड प्रभावित

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली राजदूतावास लण्डनको घुम्ती टोलीले स्विनडन लण्डनमा पुगेर राहदानी नवीकरण लगायतका सेवा प्रदान गरेको समाचार प्राप्त भयको छ। आफ्नै ठाउँमा राहदानी नवीकरण गर्ने प्रबन्ध गरेकोमा त्यस इलाकाका सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङ लगायत पदाधिकारीलाई धन्यवाद दिदै असल कार्यको प्रशंसा गरेको कुरा अध्यक्ष गुरुङले बताए।  सुइन्डनस्थित द काउ ब्यांक्वेटिङ हलमा शनिबार राहदानी नवीकरण कार्य भयको थियो। ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले नेपाली समाज विल्टसायरको अनुरोधमा कार्यक्रम आयोजना गरिएको नेपाली राजदूतावासका द्वितीय सचिव रामबाबु नेपालले बताउनु भयको छ। टोलीमा राजदूतावासका द्वितीय सचिव नेपालसँगै कार्यालय सचिव धनबहादुर बोहरा, विक्रम श्रेष्ठ, सहकार्यालय सचिव गोविन्द सुन्दास र चालक राजकुमार गिरी.समेतको टीमले सेवा दिन दिन पुगेको थियो।  सो घुम्ती टोलीबाट स्विनडनमा बसोबास गर्ने ठुलो समुहको सेवाग्राही नेपालीहरुले राहदानी नवीकरण गरेको नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङले बताउनु भयो। उहाका अनुसार ९६ वर्षिया वृद्धाले समेत राहदानी नवीकरण गरेर सेवा लिएकी थिइन्। राहदानी नवीकरणका लागि दूतावास जान दिनै लाग्ने,झन्झटिलो र खर्चिलो समेत हुने,हेल्परको आवस्यकता जरुरी पर्ने गरेको थियो।  यस्तै,सेवा लिएका नेपाली समुदायले पनि समाज र राजदूतावासका कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका थिए। गोर्खाहरूको बाक्लो बस्ती रहेको स्विइन्डनमा यसअघि पनि दूतावासले यस्ता सरकारी सेवा सुविधा दिँदै आएको थियो। यहाँ भर्खरै मात्र सुरु गरेको द काउ ब्यांक्वेटिङ हल सुइन्डन टाउन सेन्टरमा छ । करिब ७०० मानिस अटाउने क्षमता भएको हलमा ज्येष्ठ नागरिक पनि सजिलै पुग्न सक्ने भएकाले कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुङले थप्नु भयो। नेपाली समाज विल्टसायरका विभिन्न पदाधिकारी र राजदूतावासका कर्मचारीहरुले गरेको यो सुबिधायुक्त सेवाका लागि स्थानिय नेपालीहरुले प्रसंसा गरेका थिए भने खाजाको प्रबन्ध द काउका सञ्चालकले निःशुल्क रूपमा गरेको सञ्चालक ह्यानसन गौचनले बताए।

सेफ घिसिङ “आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” द्वारा सम्मानीत

शीतलपाटीन्युज डटकम। काठमाडौँ। अन्तर्राष्ट्रिय नेपलीज सेफस सोसाइटी यूकेले (International Nepalese Chefs Society UK) यस वर्षको रैथाने खानाको खोजी, अध्ययन र नेपाली खानाको प्रवद्र्धन गर्न  हौसला स्वरुप स्थपाना गरेको “आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” (INCS GlOBAL’S RAITHANE  FOOD AWARD 2023) युवा सेफ प्रेमलाल घिसिङलाई प्रदान गरेको छ।  कूल ५० हजार रुपैया राशिको सो पुरस्कार रैथाने खाना,लोक परिकार अनुसन्धान संकलकसहित १०१  दिनको खोजी यात्राका अभियान र खोजीकर्ता सेफ घिसिङलाई सो संस्थाका मेण्टर सूर्यकिरण श्रेष्ठले सोमबार प्रदान गर्नुभएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पीडित सेफ घिसिङ मेडिकेयर अस्पतालमा उपचाररत हुनुहुन्छ।  संस्थाका अध्यक्ष अर्जुनबहादुर थापाले सेफ घिसिङको उपचारको लागि विभिन्न सेफहरुबाट संकलित २ लाख रुपैया यस अघि प्रदान गरिएको जानकारी दिँदै थप उपचारको लागि सक्दो सहयोग गर्न सबैलाई अपिल समेत गर्नुभएको छ। एक विशुद्ध पेशागत संस्थाका रुपमा बेलायतको कम्पनी हाउसमा सन् २०२० मा अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटी युके गठन भएको थियो।  यसले आफ्नो स्थापनाकालदेखिनै नेपालभित्र र बाहिर रहेका नेपाली सेफहरूको व्यावसायिक क्षमता एवम् स्तर उँचो पार्दै नेपाली खानाको प्रवद्र्धन गर्ने कार्यमा सदैव क्रियाशील रहेको छ। संस्थाको स्थापनासँगै यसको गतिविधि र क्रियाकलापलाई निरन्तरता दिन तनहुँ बन्दिपुर गाउँपालिका बेलभञ्ज्याङका अर्जुनबहादुर थापा (हाल स्वीजरल्याण्ड) यस संस्थाका अध्यक्ष र नेपालको हस्पिटालीटी शैक्षिक क्षेत्रमा प्रतिष्ठित सूर्यकिरण श्रेष्ठ मेण्टर रहनुभएको छ।

२० औं वार्षिकोत्सव मनाउँदै बर्न्टओक नेपाली समाज

GNNNEWS- लन्डन - लण्डनस्थित बर्न्टओक नेपाली समाजले  स्थापनाको २० औं वार्षिकोत्सव भव्य रुपमा मनाउन लागेको  छ।  समाजका अध्यक्ष खमिरजंग गुरुङको अध्यक्षतामा गत आइतबार बसेको बैठकले आगामी  १५ जुन,२०२४ (शनिबार) एजवेयरस्थित सेन्ट अल्फाज चर्च हलमा  २० औं वार्षिकोत्सव मनाउने निर्णय गरेको हो।  समारोहमा विशिष्ट अतिथिहरुलाई पनि आमन्त्रण गरिने जनाइएको छ।  बैठकमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण कार्कीले बैठकले संस्थालाई कम्पनी हाउसमा दर्ता गर्ने सम्बन्धमा भै रहेको प्रगति बारे जानकारी गराएका थिए। त्यस्तै  लन्डन बरो अफ बार्नेटका काउन्सिलर कमल गुरुङले समाजको लागि आफ्नै भवन प्राप्त गर्ने तर्फ भैरहेको प्रयासबारे जानकारी गराएका थिए।    बैठकको संचालन सहायक महासचिव प्रेम कडेलले  गरेका  थिए भने  बैठकको अन्त्यमा अध्यक्ष खमिरजंग गुरुङले बैठकको लागि आतिथ्य प्रदान गर्ने उपाध्यक्ष मुरारी थापा  लगायत सहभागी सबैलाई धन्यवाद दिएका थिए। सन् २००४ मा स्थापना गरिएको समाजले दशैं, तिहार, तीज जस्ता कार्यक्रम मनाउनुका साथै युवा, महिला, बालबालिका लगायत आफ्ना सदस्यहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।  

“आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” सेफ घिसिङलाई 

शीतलपाटीन्युज डटकम। काठमाडौँ। अन्तर्राष्ट्रिय नेपलीज सेफस सोसाइटी यूकेले (International Nepalese Chefs Society UK) यस वर्षको रैथाने खानाको खोजी, अध्ययन र नेपाली खानाको प्रवद्र्धन गर्न  हौसला स्वरुप स्थपाना गरेको “आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” (INCS GlOBAL’S RAITHANE  FOOD AWARD 2023) युवा सेफ प्रेमलाल घिसिङलाई प्रदान गरेको छ।  कूल ५० हजार रुपैया राशिको सो पुरस्कार रैथाने खाना,लोक परिकार अनुसन्धान संकलकसहित १०१  दिनको खोजी यात्राका अभियान र खोजीकर्ता सेफ घिसिङलाई सो संस्थाका मेण्टर सूर्यकिरण श्रेष्ठले सोमबार प्रदान गर्नुभएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पीडित सेफ घिसिङ मेडिकेयर अस्पतालमा उपचाररत हुनुहुन्छ।  संस्थाका अध्यक्ष अर्जुनबहादुर थापाले सेफ घिसिङको उपचारको लागि विभिन्न सेफहरुबाट संकलित २ लाख रुपैया यस अघि प्रदान गरिएको जानकारी दिँदै थप उपचारको लागि सक्दो सहयोग गर्न सबैलाई अपिल समेत गर्नुभएको छ। एक विशुद्ध पेशागत संस्थाका रुपमा बेलायतको कम्पनी हाउसमा सन् २०२० मा अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटी युके गठन भएको थियो।  यसले आफ्नो स्थापनाकालदेखिनै नेपालभित्र र बाहिर रहेका नेपाली सेफहरूको व्यावसायिक क्षमता एवम् स्तर उँचो पार्दै नेपाली खानाको प्रवद्र्धन गर्ने कार्यमा सदैव क्रियाशील रहेको छ। संस्थाको स्थापनासँगै यसको गतिविधि र क्रियाकलापलाई निरन्तरता दिन तनहुँ बन्दिपुर गाउँपालिका बेलभञ्ज्याङका अर्जुनबहादुर थापा (हाल स्वीजरल्याण्ड) यस संस्थाका अध्यक्ष र नेपालको हस्पिटालीटी शैक्षिक क्षेत्रमा प्रतिष्ठित सूर्यकिरण श्रेष्ठ मेण्टर रहनुभएको छ।

एनआरएनए अभियन्ता मोहन कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड 

शीतलपाटीन्युज डटकम। स्कटल्याण्ड। समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ। स्कटल्याण्डको प्रतिष्ठित ओसीएनिक अवार्डसद्वारा आयोजना गरिएको द स्कटिस रेस्टुरेन्ट अवार्ड २०२४ मा मेक्सिकन टेक्समेक्स बार एण्ड ग्रिललाई सोमबार बेस्ट रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो। “मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त”  सन्  २०१७ मा स्थापना गरिएको उक्त मेक्सिकन रेस्टुरेन्टमा सबै परिकारहरु ताजा मेड टु अडर बनाइने र कुनै फ्रोजन सामग्री प्रयोग नगरि गुणस्तरीय सेवा प्रदान गरिएको र ग्राहकको सन्तुष्टिको कारणले  नै उक्त  अवार्ड  प्राप्त गरेको सञ्चालक समाजसेवी कार्कीले बताउनु भयो। साथै यो अवार्ड प्राप्त गर्नमा ब्यवसायमा संलग्न सहकर्मी साथीहरुको मेहनत हो, कार्कीको भनाई छ। एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेका निवर्तमान उपाध्यक्ष समेत रहनु भएका कार्कीले फोर्थ भ्याली कम्युनिटीमा आफ्नो रेस्टुरेन्ट लोकप्रिय रहेको बताउनुभयो। कार्कीको यस बाहेक फलक्रिकमा सुसी रेस्टुरेन्ट तथा प्रोपर्टी बिजनेस पनि रहेको छ। कार्कीको यो चौथौ रेस्टुरेन्ट हो भने निकट भविष्यमा पब बिजनेसमा लगानी गर्दै रहेको बताउनु भयको छ। स्कटल्याण्डको पहिलो नेपाली पब सञ्चालन गर्ने समेत तयारीमा समेत उहाँ रहनु भएको छ।   फास्टफुड बिजनेसमा २२ वर्षदेखि कार्यरत कार्कीले यस अघि मध्यपूर्वमा तथा अमेरिकाको मियामीमा  उत्कृष्ट म्यानेजरको रुपमा समेत अवार्ड प्राप्त गर्नु भएको थियो।

घुम्ती सेवा दिएकोमा सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्षलाई दिए धन्यवाद

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली राजदूतावास लण्डनको घुम्ती टोलीले स्विनडन लण्डनमा पुगेर राहदानी नवीकरण लगायतका सेवा प्रदान गरेको समाचार प्राप्त भयको छ। आफ्नै ठाउँमा राहदानी नवीकरण गर्ने प्रबन्ध गरेकोमा त्यस इलाकाका सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्ष लगायत पदाधिकारीलाई धन्यवाद दिदै असल कार्यको प्रशंसा गरेको कुरा अध्यक्ष गुरुङले बताए ।  सुइन्डनस्थित द काउ ब्यांक्वेटिङ हलमा शनिबार राहदानी नवीकरण भयको थियो। ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले नेपाली समाज विल्टसायरको अनुरोधमा कार्यक्रम आयोजना गरिएको नेपाली राजदूतावासका द्वितीय सचिव रामबाबु नेपालले बताउनु भयको छ। टोलीमा राजदूतावासका द्वितीय सचिव नेपालसँगै कार्यालय सचिव धनबहादुर बोहरा, विक्रम श्रेष्ठ, सहकार्यालय सचिव गोविन्द सुन्दास र चालक राजकुमार गिरी.समेतको टीमले सेवा दिन दिन पुगेको थियो।  सो घुम्ती टोलीबाट स्विनडनमा बसोबास गर्ने करिब २०० भन्दा बढी सेवाग्राही नेपालीहरुले राहदानी नवीकरण गरेको नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङले बताउनु भयो। उहाका अनुसार ९६ वर्षिया वृद्धाले समेत राहदानी नवीकरण गरेर सेवा लिएकी थिइन्। राहदानी नवीकरणका लागि दूतावास जान दिनै लाग्ने,झन्झटिलो र खर्चिलो समेत हुने,हेल्परको आवस्यकता जरुरी पर्ने गरेको थियो।  यस्तै,सेवा लिएका नेपाली समुदायले पनि समाज र राजदूतावासका कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका थिए। गोर्खाहरूको बाक्लो बस्ती रहेको स्विइन्डनमा यसअघि पनि दूतावासले यस्ता सरकारी सेवा सुविधा दिँदै आएको थियो। यहाँ भर्खरै मात्र सुरु गरेको द काउ ब्यांक्वेटिङ हल सुइन्डन टाउन सेन्टरमा छ । करिब ७०० मानिस अटाउने क्षमता भएको हलमा ज्येष्ठ नागरिक पनि सजिलै पुग्न सक्ने भएकाले कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुङले थप्नु भयो नेपाली समाज विल्टसायरका विभिन्न पदाधिकारी र राजदूतावासका कर्मचारीहरुले गरेको यो सुबिधायुक्त सेवाका लागि स्थानिय नेपालीहरुले प्रसंसा गरेका थिए भने खाजाको प्रबन्ध द काउका सञ्चालकले निःशुल्क रूपमा गरेको सञ्चालक ह्यानसन गौचनले बताए।

स्थानिय सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्ष लगायतलाई धन्यबाद

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली राजदूतावास लण्डनको घुम्ती टोलीले स्विनडन लण्डनमा पुगेर राहदानी नवीकरण लगायतका सेवा प्रदान गरेको समाचार प्राप्त भयको छ। आफ्नै ठाउँमा राहदानी नवीकरण गर्ने प्रबन्ध गरेकोमा त्यस इलाकाका सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्ष लगायत पदाधिकारीलाई धन्यवाद दिदै असल कार्यको प्रशंसा गरेको कुरा अध्यक्ष गुरुङले बताए ।  सुइन्डनस्थित द काउ ब्यांक्वेटिङ हलमा शनिबार राहदानी नवीकरण भयको थियो। ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले नेपाली समाज विल्टसायरको अनुरोधमा कार्यक्रम आयोजना गरिएको नेपाली राजदूतावासका द्वितीय सचिव रामबाबु नेपालले बताउनु भयको छ। टोलीमा राजदूतावासका द्वितीय सचिव नेपालसँगै कार्यालय सचिव धनबहादुर बोहरा, विक्रम श्रेष्ठ, सहकार्यालय सचिव गोविन्द सुन्दास र चालक राजकुमार गिरी.समेतको टीमले सेवा दिन दिन पुगेको थियो।  सो घुम्ती टोलीबाट स्विनडनमा बसोबास गर्ने करिब २०० भन्दा बढी सेवाग्राही नेपालीहरुले राहदानी नवीकरण गरेको नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङले बताउनु भयो। उहाका अनुसार ९६ वर्षिया वृद्धाले समेत राहदानी नवीकरण गरेर सेवा लिएकी थिइन्। राहदानी नवीकरणका लागि दूतावास जान दिनै लाग्ने,झन्झटिलो र खर्चिलो समेत हुने,हेल्परको आवस्यकता जरुरी पर्ने गरेको थियो।  यस्तै,सेवा लिएका नेपाली समुदायले पनि समाज र राजदूतावासका कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका थिए। गोर्खाहरूको बाक्लो बस्ती रहेको स्विइन्डनमा यसअघि पनि दूतावासले यस्ता सरकारी सेवा सुविधा दिँदै आएको थियो। यहाँ भर्खरै मात्र सुरु गरेको द काउ ब्यांक्वेटिङ हल सुइन्डन टाउन सेन्टरमा छ । करिब ७०० मानिस अटाउने क्षमता भएको हलमा ज्येष्ठ नागरिक पनि सजिलै पुग्न सक्ने भएकाले कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुङले थप्नु भयो। नेपाली समाज विल्टसायरका विभिन्न पदाधिकारी र राजदूतावासका कर्मचारीहरुले गरेको यो सुबिधायुक्त सेवाका लागि स्थानिय नेपालीहरुले प्रसंसा गरेका थिए भने खाजाको प्रबन्ध द काउका सञ्चालकले निःशुल्क रूपमा गरेको सञ्चालक ह्यानसन गौचनले बताए।

पिटरवोरोमा ब्याडमिन्टन प्रतियोगिता  सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। पिटरवोरो नेपाली समाज युकेको आयोजनामा यही २०२४ मार्च १७ मा  आइतबारका  वेलायतमा बस्ने नेपाली बीच व्याडमिन्टन प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ।  दम्पती/मिश्रित (Couple/Mixed) र  पुरुष जोडी (Men's Double) गरि दुई फरक समुहमा भएको उक्त प्रतिस्पर्धामा पिटरबरो,नटिङ्घम,लेस्टर,बर्मिङ्घम र लण्डनबाट दम्पती/मिश्रित तर्फ १० टोलिहरु र पुरुष जोडी तर्फ १४ टोलिहरु गरि कुल २४ टोलिले सहभागी भयर १० वटा सामाजिक संस्थाको प्रतिनिधित्व गरेका थियो।  चार समुहमा विभाजन गरि पहिलो चरणमा २१ अंकको एक खेल र दोश्रो चरण देखि अन्तिमसम्म १५ अंकका ३ खेल खेल्ने गरी ब्यवस्थापन गरिएको प्रतिस्पर्धा तोकिएको समयमा नै समाप्त गरिएको थियो। समय ब्यवस्थापनलाई चुस्त र प्रभावकारी गराउनका लागि दुबै (दम्पती/मिश्रित  र पुरुष जोडी) समुहका स्थानीय टोलिहरु बिचको पहिलो चरणका केही खेलहरु १० मार्च २०२४ मा गराइएको थियो।  दम्पती/मिश्रित समुह तर्फको फाइनल प्रतिस्पर्धामा पिटरबरोका दल बहादुर थापा र लक्ष्मी थापाको दम्पतीले पिटरबरोकै मेघा पौडेल र रिया बिष्टको मिश्रित जोडिलाई पराजित गर्दै बिजेता बनेका थिए। त्यसैगरि बर्मिङ्घमका दाजू-बैनि बिनोद थापा र बिनिता थापाको मिश्रित टोलिलाई पछि पार्दै पिटरबरोका डा. राजु सापकोटा र बबिता सापकोटाको दम्पतीले तेस्रो स्थान सुरक्षीत गरेका थिए।  पुरुष जोडी तर्फ तेस्रो स्थानको लागि पिटबरो नेपाली समाजका दुई टोलिबिच भएको खेल निकै प्रतिस्पर्धात्मक भयो। डा.राजु सापकोटा र शंकर थापाको जोडिले डा.पुष्प दत्त उप्रेती र अर्जुन भण्डारीको जोडी विरुद्ध पहिलो खेलमा १५-०७ अग्रता लिए पनि उप्रेती र भण्डारीको जोडिले दोस्रो र तेस्रो खेलमा १५-०९ र  १५-०९ को अन्तरले जितेर तेस्रो स्थान प्राप्त गरेका थिए। त्यसैगरी, फाइनलमा लण्डनका सुराजन कार्की र प्रतिक राईले पिटरबरोका दल बहादुर थापा र मनिराज जोल्मि विरुद्ध १५-०८ र १५-०९ को लागातर दुई जीतसंगै प्रथम स्थान प्राप्त गरेका थिए। उक्त खेलमा ई. घनश्याम पौडेल र प्रविन भट्टले मध्यस्थता (रेफ्री) गर्नुभएको थियो। बिजेता टोलिहरुलाई पिटबरो नेपाली समाजका अध्यक्ष श्री केशव खतिवडा,ट्रस्टी संयोजक महेश अधिकारी र गोर्खा नेप्लिज कम्युनिटि पिटरबरोका अध्यक्ष मनिराज जोल्मिले पदक,प्रमाणपत्र र नेपालको झण्डा अंकित 'एअर फ्रेसनर' प्रदान गर्नुभएको थियो।  आयोजकका अनुसार यो ब्याडमिन्टन प्रतिस्पर्धा मिड्ल्याण्ड्सको नेपाली समुदायबिच पहिलो

२५ मार्चमा हुने मिडलैन्ड भजनकृतन महोत्सवको तयारी पुरा !

शीतलपाटीन्युज डटकम। लण्डन। मिडलैन्डमा आयोजना हुनलागेको मिडलैन्ड भजनकृतन महोत्सवको तयारी तिव्रगतिमा भैरहेकोछ। बेलायतवासी नेपालीहरु विचको एकता,भाईचारा र सामाजीक सहयोगलाई बलियो बनाउने उद्धेष्यले आयोजना गर्नलागिएको मिडलैन्ड भजनकिर्तन महोत्सवमा वेलायत र युरोप भरबाट भक्तजनहरु सहभागी हुनेछन। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार बेलायत र युरोपमा गरी करिब पॅाचसयको हाराहारीमा बिभीन्न संघसंस्था र सामाजीक अभियन्ताहरुलाई निमन्त्रणा गरिएकोछ। धेरै संघसंस्थाहरुले महोत्सवमा सहभागीहुने जानकारी गराईसक्नु भएकोछ।महोत्सवकै लागी बेलायतकै बिभीन्न समाज र धार्मिक गुठीहरुबाट १० भजनमन्डलीहरु सहभागीहुनेछन। आयोजकले महोत्सवमा सहभागी हुने प्रत्यक भजन मन्डलीलाई आधॅा घन्टाको समय भजन प्रस्तुत गर्न दिनेछन। महासचिव शर्माका अनुसार नेपाली कला र सस्कृतिको संरक्षण र दोर्सो पुस्तामा हस्तान्तरण गर्ने काममा यो महोत्सवले निकै ठुलो योगदान गर्नेछ। महोत्सव बिहान ११ बजेबाट नटिङगहममा रहेको राधाकृष्ण मन्दिरमा सुरुहुनेछ भने मन्दिरमै सॅाझको आरतीगरि समापन गरिनेछ। महोत्सवमा बिभीन्नकारणले उपस्थित हुननसक्नेहरुले पनी आफ्नै घरमा बसेर धार्मिक कार्यक्रमको आनन्द लिनसकुन भन्ने उद्धेष्यले लन्डन नेपाल न्युज डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ। महोत्सवमा लाग्ने खर्चको आर्थिक संकलन मिडलैन्ड स्थित सबै समाजहरु लगायत समुह बनाई गरिएकोछ। बिभीन्न प्रयोजनमा स्पोन्सर गर्नहरुले दिल ठुलो गरी सहयोद गरिराख्नु भएकोछ। महोत्सवमा उठेको बचत रकम बेलायत र नेपालमा आपतकालीन सहयोगमा प्रयोग गरिनेछ।

दिन,दुःखी,असहाय र जोखिममा रहेका मानवहरुको उद्धार गर्ने मानव सेवा आश्रम नेपाललाई सहयोग गरौ

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालमा संचालित सबै भन्दा ठुलो परोपकारी संस्था मानवसेवा आश्रमको भवन निर्माण परियोजनाको सहयोगार्थ बेलायतमा च्यारीटी कार्यक्रमको एउटा प्रेषमीट सम्पन्न भयको छ।  लोकप्रिय गायिका आनी छोइङको कन्सर्ट हुने गरी सो मानव सेवा आश्रम बेलायतले सो प्रेषमीट गरेको हो। मानव सेवा आश्रम बेलायतका अध्यक्ष सुनिल बाबु खड्काको अध्यक्षता भयको सो प्रेषमीटमा आगामी ५ मई २०२४ मा गायिका आनीको सांगीतिक कन्सर्ट “इनर मेलोडी फर इनर पिस” गर्न लागेको बताईयो। आइतबार लन्डन नर्थ हेरो स्थित सारस रेष्टुरेन्टमा आयोजित सो पत्रकार सम्मेलनमार्फत संस्थाले अन्तर्राष्ट्रिय कन्सर्ट भइरहने १५ सय दर्शक क्षमताको क्याम्बर्ली फेमीलीग्रीनस्थित लेकसाइड कन्ट्री क्लबमा कार्यक्रम हुने तय भएको र कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड र अनलाइनबाट ५२ पाउण्ड लाग्ने बताइएको छ। सकेसम्म न्यूनतम खर्चमा कार्यक्रम गरि त्यसबाट एक लाख पाउण्ड भन्दा बढी वचत गर्ने आयोजकको लक्ष्य रहेको छ। कार्यक्रममा अध्यक्ष खड्काले कन्सर्ट नितान्त मानविय दीन,दुःखी,गरिव असहायहरुको सेवाका लागि र जोखिममा रहेका मानवहरुको उद्धारका लागि गर्न लागिएको पनि प्रष्ट पारेका थिए।कार्यक्रम सम्पन्न गर्न आनीसंगै उनको ७ जना  वाद्यवादकहरुको टिम पनि नेपालबाट आउने भयको जनाईएको छ। मानव सेवा आश्रम यूकेका सचिव यादव श्रेष्ठले प्रेषमीटमा बोल्दै पवित्र उद्देश्यका लागि गर्न लागिएको कन्सर्टको व्यापक प्रचार प्रसार गरि दिन पत्रकारहरुलाई अनुरोध गरेका थिए। संस्थाका सल्लाहकार शिवजी श्रेष्ठले कार्यक्रम प्रचार प्रसारका लागि मिडियाको अहंम भूमिका हुने जनाउंदै सहयोगको अपिल गरेका थिए। सल्लाहाकार श्रेष्ठले सहभागी सबैलाई धन्यवाद समेत दिएका थिए।सो अवसरमा इभेन्ट कोअर्डिनेटर नमस्कार इभेन्ट्सका अश्विन श्रेष्ठ,प्राविधिक सहयोग साउण्ड इन्जिनियर डिजे भिम लिम्बुले आफ्नो भुमिकाको बारेमा बताएका थिए। कार्यक्रमको मुख्य प्रायोजक रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सी प्रा. लि. का निर्देशक वसन्त नेपालले व्यवसायिक लाभ भन्दा पनि पवित्र उद्देश्यका लागि कार्यक्रम गरिएकाले आफ्नो कम्पनीले मुख्य प्रायोजन गरेको बताएका थिए। मानव सेवा आश्रम बेलायतकी सदस्य मन्जु भण्डारीले सञ्चालन गरेको सो पत्रकार सम्मेलनमा सहसंयोजक समाजसेवी राजु आचार्य,जीवनबहादुर शाही,रमेश श्रेष्ठ,क्याट यूके अध्यक्ष कृष्ण तिवारी र पूर्व अध्यक्ष रितेश राज पाण्डे,आशिष श्रेष्ठ,गायक सन्दिप विश्वकर्मा, सरस्वती केशी लगायत कान्तिपुरका संबाददाता एवम एफएनजे युके पुर्व अध्यक्ष नविन पोखरेल,अन्नपुर्ण पोष्टका संवाददाता एवम एफएनजे

एनआरएनए यूके अध्यक्ष गाहामगरले परराष्ट्रमन्त्रीलाई भेटेर मागे वंशजको नेपाली नागरिकता

शीतलपाटीन्युज डटकम। लन्डन । हाल नेपालमा रहेका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार भेटेर वंशजको नेपाली नागरिकता निरन्तरताका लागि ज्ञापन पत्र बुझाएका छन्। झण्डै ६ महिनापछि गाहामगर उही विषयको ज्ञापनपत्र लिएर मन्त्रीसमक्ष पुगेका हुन्।  परराष्ट्रमन्त्री श्रेष्ठसंगको भेटमा गाहामगरले बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरुबीच यही मार्च २७ मा लन्डनमा हुन लागेको त्रिपक्षीय वार्तामा नेपाल सरकारका तर्फबाट मन्त्रिस्तरिय सहभागिताका लागिपनि अनुरोध गरेका छन्।  बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतसमक्ष गोर्खा माग सम्बन्धमा जति सशक्त रुपमा अडान राख्नु पर्ने हो त्यो नहुंदा भूतपूर्व गोर्खा दाजुभाईहरुमा निकै नैराश्यता छाएको दावी गर्दै गाहामगरले आफ्नो अनुरोधलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका छन्। ज्ञापनमार्फत गैरआवासीय नेपाली संघ यूकेले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुलाई सधैंकालागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न गैरआवासीय नेपाली संघ यूकेले माग गरेको छ। नेपालको संविधान २०७२ को दफा १४ मा नेपाली नागरिक सरह सामाजिक,आर्थिक तथा सांस्कृतिक अधिकार पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न थालिएको स्मरण गराइरहनु परेन, ज्ञापनपत्रमा भनिएको छ, तर नेपाल नागरिकता ऐन, २०६३ मा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकता व्यवस्था गरेपनि यो व्यवस्थाले पहिले नै प्राप्त नेपाली नागरिकताको निरन्तरता गरेको छैन। ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने मुल मर्मलाई सम्बोधन गरेको छैन। गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन संघले माग गरेको छ। ब्रिटिश गोर्खाहरु सन् १९४७ मा नेपालले गरेको सन्धि अनुसार नै बेलायत,सिंगापुर र हङकङमा सेवा गर्न गएको तथ्य स्मरण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै ज्ञापनमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को उपदफा १ ले गोर्खा सैनिक तथा उनीहरुको परिवारको वंशजको नागरिकता खोसेकाले त्यसलाई कायम गर्न माग गरिएको छ। तसर्थ गोर्खा सैनिक तथा उनीहरुको परिवार तथा विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, ०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय

स्व.बलराम पौडेललाई  सम्झिए मीडल्याण्डबासी नेपालीहरूले

शीतलपाटीन्युज डटकम। नेपाली कांग्रेसका  महासमिति सदस्य एवं बाग्मती प्रदेशका पूर्व मंत्री बलराम पौडेलको यही माघ १७ गते चितवनमा सवारी दुर्घटना परी भएको अकल्पनीय दुखत निधनको ४५ औ पुण्यतिथिमा हिजो मार्च १५ तारीखमा मिडल्याण्डको ग्रान्थममा एक श्रद्धांजली सभा गरी उहाँको सम्झना गरिएको छ। नेपाली कांग्रेस चितवनका पूराना स्वच्छ छविका नेता पौडेलको ४५ दिनको पुन्यतिथिमा बुबाको सम्झनामा  बेलायतको मिडल्याण्ड ग्रान्थममा बस्ने उहाँका छोराहरु राजेन्द्र पौडेल र उपेंद्र पौडेले राखेको पृति प्रसाद कार्यक्रममा मिडल्याण्ड क्षेत्रका समाजिक व्यक्तित्वहरूको उपस्थित रहेको थियो। आजभन्दा ठिक एकवर्ष आगाडि बेलायत भ्रमण आउनु भएका समाजसेवी स्व. बलराम पौडेल स्वच्छ विचार र नेपाललाई असाध्यै माया गर्ने सच्चा रास्ट्रभक्त नेता भएको भन्दै सबैले उहाँको आत्मको चीरशान्तको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका थिए। समाजसेवी केशब भण्डारीले संचालन गरेको सम्क्षिप्त शोकसभा कार्यक्रममा मिडल्याण्ड क्षेत्रका समाजिक अभियन्ताहरू दयानिधि सापकोटा,महेश अधिकारी,रण बहादुर केसी,दीपक सापकोटा,प्रेम आले मगर,राम पंथी,पवन शर्मा,नारायण आचार्य, कमल भण्डारी,किशोर लामिछाने लगायतले स्वं. बुबा बलराम पौडेल प्रति श्रद्धांशुमन प्रकट गरेका थिए।  पुर्वमन्त्री स्व बलराम पौडेल उपस्थित सबै शुभचिंतक लगायत परिवारमा  घटेको यस अकल्पनीय क्षतिमा सहानुभूति एवं समवेदना दिनुहुने बेलायत एवं नेपालका सम्पूर्ण महानुभाव प्रति स्व.बलराम पौडेल ज्यूकी धर्मपत्नी कृष्णकुमारी पौडेलको तर्फबाट छोराहरू राजेन्द्र पौडेल र उपेंद्र पौडेलले धन्यवाद र आभार व्यक्त गरेका छन्।

प्रधानमन्त्रीद्वारा बेलायतका प्राध्यापक सुवेदीको बायोग्राफी लोकार्पण

नविन पोखरेल, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९५० को नेपाल भारत सन्धि पुनरावलोकनका लागि अन्तरराष्ट्रिय कानूनका विज्ञ प्रा सूर्य सुवेदीले पठाएको मस्यौदा आफूसंग अझै सुरक्षित रहेको बताएका छन्। शनिबार बिहान काठमाडौंमा आयोजित "प्रा. सूर्य सुवेदी: महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म" नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्। आफू पहिलोपटक प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारत भ्रमणमा जानु अघि दुई देशबीचको सन् १९५० को सन्धि पुनरावलोकन गर्नका लागि धेरै पक्षबाट सुझाव आएको र ती मध्ये प्रा सुवेदीले पठाएको सुझावको प्रति आफूसंग अझै सुरक्षित रहेको बताए।‘मेरो भ्रमण पछि सन्धि पुनरावलोकनको कुरा संयुक्त विज्ञप्तिमा पनि उल्लेख भएको छ, तर कतिपय कारणले उक्त विषय अगाडि बढ्न सकेको छैन’-उनले भने।  "विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हुनुहुन्छ। प्रा सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ। उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो। पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले  लागू पनि गर्यौँ। तपाईंको विज्ञतालाई हामी निरन्तर कदर गर्ने छौं,"उनले भने।  प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुसालले प्रा सुवेदीको संघर्ष र उपलब्धिको कथाले युवा पुस्तालाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिन्। लक्ष प्राप्तिको लागि सुवेदीले गरेको मेहनत सबैको लागि उदाहरणीय भएको उनले बताइन्।   विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो नेपाली प्रा सुवेदी जस्ता व्यक्तित्वको ज्ञान, सीप र अनुभव नेपालले प्रयोग गर्न ढिलो गर्नु नहुने भुसालको भनाइ थियो। पूर्व मन्त्री तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले सुवेदीले प्राज्ञिक क्षेत्रबाट संसारमै नेपाललाई चिनाइरहेको बताए। "हामीले निष्ठापूर्वक देशको लागि केही गर्छौं कि गर्दैनौ, मुख्य कुरा त्यो हो," उनले भने- ‘शान्ति क्षेत्रको प्रस्तावको हामीले विरोध गर्‍यौं,तर अहिलेको भूराजनीतिक स्थिति हेर्दै जाँदा शान्ति क्षेत्रको प्रस्ताव गलत थियो भन्ने मलाई लाग्दैन। हामीले निर्वाचन पद्धतिलाई बदल्नु पर्छ र अगाडि बढ्नु पर्छ।’प्रा सुवेदीले आफूसंग भएका अन्तरराष्ट्रिय कानून सम्बन्धी दुर्लभ ग्रन्थहरु नेपाल ल क्याम्पसलाई प्रदान गरेको भन्दै त्यसको प्रशंसा पनि गरे।  लोकार्पण समारोहलाई

यसपाली को world Cup कसले जित्ला?