Monday February 10, 2025

विचार

Chef Binod Baral Honored with Lifetime Achievement Award at Asian Curry Awards 2024

sitalpatinews.com London, UK – Chef Binod Baral, a culinary luminary with over 25 years of experience in the curry industry, has been awarded the prestigious Lifetime Achievement Award at the 2024 Asian Curry Awards. Known for his pioneering approach to curry cuisine, Chef Baral’s journey has left an indelible mark on the global food scene, particularly in promoting curry as a celebrated and sophisticated cuisine. Chef Binod Baral, affectionately called the "Momo King" due to his signature dumplings, has an impressive list of accomplishments that made him a standout candidate for the award. He is not only a Gold Medalist in 2024 and Ambassador for the Taste of Global Gastronomy but also a passionate advocate for the art of curry cuisine and traditional Nepali dishes. His work spans creating menus for 81 airlines worldwide, including British Airways, Emirates, Etihad, Turkish Airlines, and Qatar Airways, where his flavorful, innovative curry dishes transformed in-flight dining. Chef Baral’s influence reaches far beyond airline catering. As the Head of Department (Asian Cuisine) at Do & Co International, he played a critical role in introducing refined Asian flavors into global hospitality. His work also extended to high-profile events like FIFA 2022 Qatar, Formula 1, Champions League Finals, and the Euro Cup, solidifying his reputation among the elite circles of gastronomy. A Commitment to Passing the Torch After receiving the award, Chef Baral addressed the audience with heartfelt words, dedicating his achievement to curry chefs worldwide. “This honor is for all curry chefs around the world. I am just a representative of their incredible work, dedication, and skill. Curry is not just a dish but a bridge of cultures, a journey through history, and a celebration of heritage,” he said. Chef Baral also expressed his commitment to fostering the next generation of culinary professionals. “Let us encourage, teach, train, and mentor young

एआइजी बज्राचार्यद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा उपच्यका ट्राफिक कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको समाचार छ ।  ट्राफिक कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा मातहत ट्राफिक प्रहरी परिसर, बृत र प्रभाग प्रमुखहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरस पालना गर्नु पर्ने निर्देशन दिनु भयो।ट्राफिक प्रहरीले  गर्नुपर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा पनि उहाले प्रष्ट पार्नु भएको थियो।  सेवाग्राहीसंग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्नुका साथै सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनु भएको थियो। (सुरक्षा सरोकार।)

नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन ।

शीतलपाटीन्युज डटकम। कार्डिफ,वेल्स यूके। नेपाली समाज वेल्स,यूकेले नेपाली पाठशाला समुदघाटन सहित संचालनमा ल्याएको छ। १६ नोभेम्बर २०२४, शनिवारका दिन वेल्सको राजधानी कार्डिफमा भब्य समारोहका साथ नेपाली पाठशाला शुरुवात गरिएको छ। विभिन्न परिबेशले आफ्नो मातृभूमि छोडी बिदेशिनु परे पनि आफ्नो कला, संस्कृति र भाषालाई जगेर्ना गर्दै पुस्तौ पुस्ता सम्म नेपाली संस्कृति पुस्तान्तरण गर्ने अभिप्रायका साथ संचालनमा ल्याईएको नेपाली पाठशालामा साना बाबु नानीलाई नेपाली बोल्न, लेख्न, नांच, गान एवं रहन सहन सम्बन्धि ज्ञ्यानहरु सिकाउने प्रमुख लक्ष्य रहेको छ।    संस्थाकी सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सबैलाई सहभागिताको लागि धन्यवाद दिदै शुरु गर्नुभएको समुदघाटन कार्यक्रममा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गर्नु भएको थियो। नेपाली पाठशाला कार्यक्रमका संयोजक सह-सचिब डा बिकाश रानाभाटले नेपाली पाठशाला किन भन्ने बारे जानकारी गराउंदै यसको महत्व बारे प्रकाश पार्नु भएको थियो। नेपाली पाठशाला कार्यक्रम संयोजन समितिका प्रतिनिधि डा.थानेस्वोर पाण्डेले सरस्वति पुजाका साथ सबैलाई स्वागत एवं उतरोत्तर प्रगतिको कामना गर्नुभयो। त्यस्तै गरि कार्यक्रम संयोजन समितिका अर्का प्रतिनिधि श्री राम दत्त मिश्रले साना बाबु नानीहरुको परिचय सहित कक्षा शुभारम्भ गर्नुभयो।  पाठशाला संचालनका लागि पाठ्य सामग्रीहरु तयारी तथा ब्यबस्थापनमा संस्थाका पुर्ब सचिब डा अमर धोज मल्ल र उपाध्यक्ष श्री पदम पुन, कोषाध्यक्ष श्री सन्जिब मैनालीका साथ पाठशाला संयोजन समितिले बिशेष भूमिका रहेको छ। कार्यक्रममा उपाध्यक्ष पुनले कक्षामा सामेल बालबालिकाहरुलाई पाठ्य सामग्रीहरु निशुल्क हस्तान्तरण गर्नुभयो।   संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले नेपाली पाठशाला समुदघाटन सम्म आईपुग्दा धेरै तयारी गर्नु परेको र यस तयारीमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै नेपाली पाठशाला सफलताका साथ सु सम्पन्न गर्न अझै धेरै खुट्किलाहरु पार गर्नुपर्ने भएकोले सम्पूर्ण सदस्य तथा शुभ चिन्तकहरुलाई आ-आफ्नो क्षमता अनुसार सर सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध गर्नुभयो।  समुदघाटन कार्यक्रममा संस्थाका सल्लाहकार तथा पुर्ब अध्यक्षहरु,कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, संस्थाका सदस्य तथा शुभ चिन्तकहरु सहित बिभिन्न उमेरका बालबालिका र उहाँहरुको अभिभावकहरुको भब्य सहभागिता रहेको कार्यक्रममा केक काटेर खुशियालीको साटासाटका साथ समुदघाटन कार्यक्रम समापन गरिएको थियो।  कक्षाहरु प्रत्यक शनिवार बिहान ११ बजे देखि

प्रचण्डले चाइना कार्ड भन्दा नेपालको शिर निहुरियो-आर के त्रिपाठी

आर के त्रिपाठी लेख्छन् - प्रचण्डले The Hindu मा ओलीले चिन भ्रमणमा China कार्ड खेल्न सक्छन् भन्नु कुटनैतिक मर्यादा विपरित र खेदजनक छl कहिले India Card त कहिले China Card भन्नुले नेपाल र नेपाली जनता अझै पनि सार्वभौम र स्वतन्त्र नभएको भनि ठान्नु हो। आफूले विदेशी हस्तक्षेप स्विकार गर्नु हो।आन्तरिक असन्तुष्टिलाई देखाएर छिमेकी सँगको सम्बन्ध बिगार्न हुँदैनlचीन र भारत दुवै मुलुकसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ।केही समस्या उत्पन्न भएका होलान तर संबन्ध सुधार गर्ने प्रयत्न गर्नु पर्दछ।तर त्यसैलाई लिएर मित्रता,सहयोग र सद्भाव खलबल्याउनु हुँदैन। देशको विदेश निती स्थिर र सन्तुलित हुनु पर्दछ।हामीले सत्ता स्वार्थ लाई हेरेर कहिले यसको नजिक र कहिले उसको नजिक हुने गरि  व्यवहार र संधी,संझौता गर्नु हुँदैन।भारत,चिन अमेरिका र यूरोप युनियन भ्रमण अगाडी देशभित्र बृहत छलफल,तयारी गरि M0U गर्ने विषयमा भ्रमण पूर्व तयारी गर्नु पर्दछ। पूर्व-प्रधानमन्त्री प्रचण्डले The Hindu पत्रिकामा दिएको आन्तरवार्ता नियाल्दा ओलीले चिन भ्रमणमा China कार्ड खेल्न सक्छन् भन्नु कुटनैतिक मर्यादा विपरित र खेदजनक छ।आन्तरिक विवाद आफ्नो ठाउँमा छ तर छिमेकसँगको सम्बन्धलाई असर गर्ने गरी अभिव्यक्ति दिनु हुँदैन।प्रधानमन्त्रीको औपचारिक भ्रमण जुनै देशबाट सुरु गरे पनि हुन्छ तर अन्य छिमेकी देश चिड्याउने गरि सन्धी,संझौता गर्नु हुँदैन। China ले BRI मा पुःन संसोधित MOU गर्न  चाहेको बुझेको छु।यसमा नेपालले तयारी विना आम राजनैतिक,संसदिय समझधारी नगरी BRI मा Agreement गर्नु  हुँदैन।दुवै छिमेकी मुलुक समान महत्त्वको भएकाले मित्रवत् सम्बन्ध विस्तार गर्नु पर्दछ।छिमेकी मध्ये एक संग नजिकको सम्बन्ध राख्दा आफूलाई राम्रो मान्छन् वा आफूलाई विश्वास गर्छन् वा आफ्नो सरकार जोगाई दिनेछन् भन्ने गलत भ्रमबाट नेताहरू मुक्त हुनुपर्दछ।नेपालको हितमा प्रयोग गर्न सक्नुपर्छ। भारतसँग ऐतिहासिक,सांस्कृतिक,भावनात्मक सम्बन्ध बढी गाढा छ।चीनबाट आर्थिक सम्भावना बढी छन्।दुबै  मुलुकसंग पञ्चशिलको आधारमा सन्तुलित व्यवहार गर्न सक्नु पर्दछ।पूर्व प्रधानमन्त्री प्रचण्डले आन्तरिक रूपमा असहमति जे सुकै भए पनि त्यसरी बाहिर गएर कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिनु शोभनीय भएन। आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई विदेश सँगको सम्बन्धमा गाँसेर कुरा गर्नु हुँदैन।यस्ता अभिव्यक्तिले कूटनैतिक सम्बन्धमा फरक पार्छ।हाम्रा दुवै छिमेकी र अन्य मित्रराष्ट्रहरूले पनि हामीलाई हेर्ने दृष्टिकोणमा विश्वासको संकट पैदा गर्छ। सरकारले दुवै

घरमा हुने चोरीका अपराध रोकथाम गर्न ३ शीर्ष सुझावहरू

शीतलपाटीन्युज डटकम। १.आफ्नो घर भित्र छिर्न थप कठिन बनाउन सुरक्षाका धेरै तहहरू थप्नुहोस्। यस मध्य CCTV वा भिडियो  डोरबेलहरू समावेश गर्ने हुन सक्छ -जसको उपयोग कुनै अपराधको स्थितिमा प्रमाणको लागि प्रयोग गर्न सकिन्छ। २.घरमा कोही भए जस्तो देखिएमा त्यस्तो घरलाई चोरहरुले लक्षित गर्ने सम्भावना कम हुन्छ,घर भित्र टाइमर लाइट स्थापना गर्नाले कोही भित्र भएको जस्तो देखाउन मद्दत गर्न सक्छ। त्यस्तै गरी,साँझदेखि बिहान सम्म सेन्सर लाइट घरको अगाडी पछाडी जडान गरेमा सम्भावित चोरहरूलाई रोक्न मद्दत गर्न सक्छ। ३. उच्च मूल्यका तथा सधैं लगाई रहने गहना हरु झ्याल बाट देखिने गरि नराख्नु होस् बरु तिनीहरूलाई www.immobilise.com मा दर्ता गर्न नबिर्सनुहोस्। थप रोकथामका उपायहरूको लागि तलका वेबसाइटहरूमा जानुहोस्: • ताला, झ्याल, ढोका र ग्यारेज सुरक्षा को लागि: www.locksmiths.co.uk मा जानुहोस। • बर्गलर अलार्म: निश्चित गर्नुहोस् कि तपाईंले www.ssaib.org.uk र www.nsi.org.uk बाट अनुमति प्राप्त स्थापनाकर्ता प्रयोग गर्नुहोस्। • शेड को सुरक्षा - उपकरण तथा सीढीहरू पहुँच देखि टाढा राख्नुहोस्। परीक्षण र स्वीकृत प्राप्त लकहरू को लागि www.soldecure.com मा जानुहोस्   Aldershot Neighbourhood Team-   (स्थानिय नेपाली ब्रिटीस बेलायतको प्रहरी सेवाका दुर्गा थापाको सुझाब)

साझा नेपाली समाज युकेको च्यारीटीमा आठ हजार संकलन

शीतलपाटीन्युज डटकम। लण्डन। साझा नेपाली समाज युकेको च्यारिटीमा अॅाठ हजार पाउण्ड संकलन,पुरै बेलायतवासी अभियन्ता मेरा छिमेकी भएको अनुभव गरेको कुरा कार्यक्रम संयोजक रण बहादुर केसीले बताएका छन्। साझा नेपाली समाज युकेले खेलकुद तथा आकस्मिक सहयोग कल्याणकारी  कोषका लागि मिडल्याण्डमा एक च्यारिटी सॉंझको आयोजना गरी करिव अॅाठ हज़ार पाउण्ड संकलन गरेको छ। मिडल्याण्डको लेस्टरमा यही नोभेम्वर ११ तारिखमा आयोजित उक्त भव्य कार्यक्रममा मिडल्याण्ड क्षेत्रका स्थानीय समाजिक संघसंस्थाका प्रतिनिधि एवं समाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। साझा नेपाली समाजका अध्यक्ष दीपक सापकोटाको सभापतित्व एवं महासचिव शशांक शर्माले संचालन गरेको उक्त कार्यक्रममा सिर्जन्शील लेस्टर समाजका अध्यक्ष पुण्डरी अर्याले उपस्थित सबैलाई स्वागत गरेका थिए। साझा नेपाली समाज युकेको यस खेलकुद तथा आकस्मिक सहयोग कल्याणकारी  कोष च्यारिटी कार्यक्रमका संयोजक साझा नेपाली समाजका पूर्व अध्यक्ष एवं वर्तमान ट्रस्टी रण बहादुर खाति क्षेत्रीले सबै सहयोगदाताहरूलाई हार्दिक धन्यवाद दिएका थिए। धन्यबाद मन्तब्यमा क्षेत्रीले बेलायत भरिबाट कार्यक्रमको लागी आर्थिक एवं नैतिक सहयोग प्राप्त गरेकोले बेलायत भरिका नेपाली अभियन्ताहरु आफ्नै दःख सुःखका छिमेकी जस्तो भएको भावपुर्ण र मनछुने धन्यबाद ज्ञापन गरे। कार्यक्रम संयोजक खातिले च्यारिटीलाई सफल बनाउन सहयोग गर्ने बेलायतका विभिन्न समाजिक अभियन्ताहरू र मिडल्याण्डबासी सम्पूर्ण नेपाली संघसंस्था एवं साझा नेपाली समाजलाई माया गर्ने समाजिक अभियन्ताहरूलाई  हार्दिक आभार  व्यक्त गरे।  नेपाली राष्ट्रीय कलाकार गायककार रविन लामिछाने र रेजिना परियार एवं नृत्य कलाकार रूविना अधिकारीले कार्यक्रमलाई मनोरंजन प्रदान गरेका थिए । कार्यक्रममा सहयोगदाता एवं कलाकारहरूलाई सम्मान गरिएको थियो।  साझा नेपाली समाज युकेको यस विशुद्ध खेलकुद तथा आकस्मिक सहयोग कल्याणकारी  कोष च्यारिटीलाई  आर्थिक सहयोग गर्ने सबै परोपकारी दाताहरूलाई प्रतिवध्दाता अनुसार सहयोग खातामा संकलन भएपछि साझा नेपाली समाजको तर्फबाट सम्मान स्वरूप कदरपत्र घर पठाईने जानकारी महासचिव शशांक शर्माले गराएका छन्।

गैरआवासीय नेपाली र गोर्खालाई वंशजको नागरिकताबाट वञ्चित नगराउन मागसहित एनआरएनए यूकेको ज्ञापन

  लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि राजनीतिक नेतृत्वसमक्ष दवाव बढाएका छन्। अध्यक्ष गाहामगरले अहिले बेलायत आएका नेताहरुलाई ज्ञापनपत्र बुझाउंदै उक्त विषयलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका छन्। यसै सिलसिलामा गाहामगरले संघीय सांसद लालप्रसाद (एलपी) साँवा लिम्बुलाई ज्ञापनपत्र बुझाएका छन्। रेडिङस्थित द फर्गटन ब्रिटिश गोर्खा कार्यालयमा मंगलबार एक कार्यक्रमबीच गाहामगरले एमालेका तर्फबाट निर्वाचित प्रभावशाली सांसद साँवालाई ज्ञापन बुझाएका हुन्। ज्ञापनमा गैरआवासीय नेपाली संघ यूकेले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको मागको सम्बोधन गर्न, वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ (पहिलो संशोधन २०७९) को दफा १०,उपदफा १ मा उल्लेख भएको विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने भन्ने प्रावधान संशोधन गर्न जोड दिइएको छ। गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन गैरआवासीय नेपाली संघ यूकेको माग छ । नेपाल नागरिकता ऐन, २०६३ मा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेपनि यो व्यवस्थाले पहिले नै प्राप्त नेपाली नागरिकताको निरन्तरता नहुने एनआरएनए यूकेको धारणा छ। साथै ज्ञापनमा गोर्खाहरु त्रिपक्षीय सन्धि अन्तर्गत भर्ती भएर आएकाले गोर्खा तथा निजका सन्ततिहरुको नेपाली नागरिकता कायमै रहने व्यवस्था गर्न पनि जोडदार माग छ । ज्ञापनमा भनिएको छ, गोर्खाहरु सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार नेपाल र बेलायत सरकारको बन्दोबस्तमा भर्ती भएकाले उनीहरु र तिनका सन्ततिहरुको समेत नागरिकता खोसिएको छ। नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन २०७९ ) को दफा १० को उपदफा १ ले गोर्खा सैनिक तथा उनीहरुको परिवारको वंशजको नागरिकता खोसेको छ। तसर्थ गोर्खा सैनिक तथा उनीहरुको परिवार तथा विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न, गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकताको निरन्तरता हुने गरि कानून संशोधन गर्न एनआरएनए यूके नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।' प्रत्युत्तरमा सांसद लिम्बुले एनआरएनए यूकेको जायज मागलाई संसदमा

ट्रम्पका पछिल्लो दुई महत्वकांक्षी नियुक्तिले विश्वमा पर्ने प्रभाव र भविष्यमा के हुन सक्ला? : आर के त्रिपाठी

आर के त्रिपाठी लेख्छन्- ट्रम्पले आज अलान मस्कलाई राष्ट्रिय र अन्तराष्ट्रिय खर्च कटौति गर्ने विभागको प्रमुख पदमा नियुक्त गरे।यो विभाग अमेरिकी सरकारको सबैभन्दा महत्व राख्ने विभागमा पर्छ। हो,अलान मस्क अमेरिकी चुनाबको बेला ट्रम्पको प्रमुख क्यामपेनर थिए। चुनाब खर्च ५०० मिलियन डलर दिए।अरु व्यापारी जम्मा गरे।विलियन डलर भन्दा बढि Trump लाई चुनाब खर्च जुटाई दिए।Trump को चुनाबि Campaign को लागी १० वटा जहाज ५  महिनाको लागी चार्टर गरिदिए।विश्व राजनिती हेर्दा जसले चुनाब जिताउन सहयोग गरे,जसले लामो समय देखि अमेरिकी राष्ट्रपतिमा पुःन Trump को विकल्प छैन भने, उनै अलान मस्कले प्रमुख पदमा नियुक्ति पाउनु स्वभाविक छ।जायजै छ।संसारभर यस्तै हुन्छ। तर शंका के गर्न सकिन्छ? भने अलन मस्कले संयुक्त राष्ट्र संघ,युक्रेन,इजरायल,NATO र अन्य विश्व विकाशको लागी दिईरहेको खर्च Deep Analysis नै काटी दिए भने यहाँनिर समस्या उत्पन्न हुन्छ।यसले विश्व राजनिती लाई ठूलै प्रभाब पार्नेछ। अब अलिकति अलान मस्क को कुरा गरौं। केहि महिना अगाडी बेलायतमा Far Rightist को आप्रवासि खेद,आप्रवासी लाई बस्न नदेउ भन्ने रंगभेदी आन्दोलन Far Rightist हरुले चलाए।केहि मानिस मरे।बेलायतको रोड र भवन जले।आप्रवाशीको पसल,सटर जलाईयो।त्यो बेला अलान मस्कले के भने भने बेलायतमा Far Rightist ले गरेको आप्रवाशी खेद भन्ने आन्दोलन ठिक छ।मेरो समर्थन छ भने।बेलायतको Road अझै जल्नु पर्दछ भने। अमेरिकमा पनि भविष्यमा त्यहि हुनेछ भने/ अलान मस्कको यो Statement को सर्वत्र विरोध भयो।भलै  बेलायत सरकारले SMART ROLE लिएकोले Far Rightist हरुको  आप्रवाशी खेद आन्दोलन तुहियो वा निस्तेज भयो।यो कार्य गरेकोमा बेलायतको प्रधानमन्त्री Kier Starmer लाई धन्यवाद दिन चाहन्छु ।  मलाई लाग्दछ,अलान मस्कको यो गतिविधी हेर्दा Trump को कार्यकाल सकिय पछि अलान मस्क Republican पार्टीबाट अमेरिकमा राष्ट्रपति उठ्नेछन्।Trump को यो नियुक्ति त्यसैको तयारी हो जस्तो लाग्छ। अब अलान मस्कले संयुक्त राष्ट्र संघ,NATO, लाई कि मैले भनेको मान् ,नत्र खर्च कटौति गरि दिनेछु भनि धन्क्याउने छन्।शक्ति आर्जन गर्दै लानेछन्।यो कार्यले उता अमेरिकाको Europe Union राज्य संग विस्तारै संबन्ध विग्रदै जानेछ।यस्तो अवस्थामा Russia को EU राज्यमा Encrochment,Advancement बढ्नेछ।यस अवस्थामा Russia  Ukrane युद्ध Russia - Europe Union युद्धमा विस्तारै परिणत हुन

सहारा यूकेले २१ डिसेम्बरमा साधारणसभा र क्रिसमस डे मनाउदै

शीतलपाटीन्युज डटकम। लन्डन। खेलकुद, शिक्षा, स्वास्थ्य , समाजजसेवा समर्पित सहारा यूकेको नियमित बैठक अल्डरसटको ठमेल रेस्टुरेन्टमा सम्पन्न भएको छ। १० नोभेम्बर २०२४ मा भएको बैठकमा संस्थाले गरेका गतिविधि र भावी योजनाबारे छलफल तथा समीक्षा गरेको थियो। बैठकले २१ डिसेम्बरमा  स्यान्डहर्स्टमा वार्षिक साधारणसभा र क्रिस्मस पार्टी गर्ने तयारी पनि गरेको बताएको छ ।  संस्थाका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा बसेको बैठक कार्यवाहक महासचिव मनोज गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै सञ्चालन गरेका थिए ।  सुरुमा १ मिनेट मौन धारण गरिएको सो सभामा उपाध्यक्ष शारदा गुरुङले स्वागत मन्तव्य राख्नु भयको थियो। सो अवसरमा बेजिड्गस्टकका ब्यवसायी बल थापा र गोर्खा किचन अलडरसटका प्रोपाईटर भिम गुरुड्गलाई नया सदस्यमा संस्थामा औपचारिक रूपमा स्वागत गरिएको थियो। त्यस्तै,नेपासबाट आएका अतिथी गायक राजन गुरुङलाई पनि स्वागत गरिएको थियो। सो सभामा अध्यक्ष गुरुङले यस वर्षको संस्थाको हालसम्मको गतिविधिबारे अपडेट गराएका थिए। आर्थिक बिबरण कोषाध्यक्ष कुमार थापाले प्रस्तुत गरेका थिए। सो अवसरमा कोषाध्यक्ष थापाले साहारा युकेका शुभचिन्तक तथा क्यान यूकेका डाइरेक्टर युनिभर्सिटी प्रोफेसर डा. बलराम ढकालले  संस्थालाई  हालसम्म ४०० पाउन्ड र ५ वटा फुटबल सहयोग प्राप्त भएको बताइयो। सो अवसरमा ढकालले साहाराको सामाजीक काममा अझै पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। ठमेल रेष्टुरेन्ट अल्डरसटमा ३० जना साहारा युकेका सल्लाहाकारहरु, पुर्व अध्यक्षहरु,कार्यसमिती सदस्यहरूको उपस्थिति रहेको सो बैठकमा अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै बैठक समापन गरेका थिए।

नेपाल फुड्सका उत्पादनहरु जापानमा पनि उपलब्ध

GNNNEWS- टोकियो। लन्डनस्थित कम्पनी नेपाल फुड्सले आफ्ना उत्पादनहरु अब जापानमा समेत उपलब्ध गराउन शुरु गरेको छ। नेपाली उत्पादनहरु वाइवाइ चाउचाउ,नेपाली बियर, जुस,निम्की,अचार,कफी,चिया,दालमोठ  लगायत दर्जनौं नेपाली सामान जापानको बजारमा उपलब्ध हुन थालेको हो। सोमबार जापानको राजधानी टोकियोमा आयोजित एक समारोहबीच जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले ति उत्पादनहरु सार्वजनिक गरे। मन्तव्यका क्रममा राजदूत सुवेदीले आफू बेलायतमै राजदूत हुंदा नेपाल फुड्सका उत्पादनहरु विशिष्ट पाहुनाहरुलाई उपहार दिने गरेको स्मरण गर्दै अब जापानमा समेत नेपाली मौलिक उत्पादनले बजार पाओस् भन्ने शुभकामना दिए। राजदूत डा. सुवेदीले नेपाली उत्पादन जापानको बजारमा निर्यात गर्न सके नेपाल र नेपालीका लागि आर्थिक टेवा पुग्ने समेत बताए। पूर्ण ट्रेडिङ कम्पनी जापानले नेपाल फुड्सका खाद्य तथा नेपाली बियरलाई जापानमा वितरण गर्नेछ। नेपाल फुडसका सिइओ विकास नेपालले जापानको बजार ब्यवस्थापन र आपूर्तिमा विशेष ध्यान दिंदै जापानी बजारमा नेपाली मौलिक उत्पादन उपलब्ध गराइने जनाए। पूर्ण ट्रेडिङ कम्पनीका सिइओ टिका श्रेष्ठले आफ्नो कम्पनीले जापानको कामतामा लामो समय अगाडिबाट नेपाली उत्पादन विक्री वितरण गर्दै आएको जनाउंदै अब नेपाली बियर र नेपाल फुड्सका उत्पादन थपिएको उल्लेख गरे। कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नवीन निउरे, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजेश थकाली,नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामा,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी लगायत जापानमा रहेका नेपाली व्यवसायी एवं अभियन्ताहरुको उपस्थिति थियो।

शेष घलेको अध्यक्षतामा एनआरएन उच्चस्तरीय समितीको बैठक बस्दै।

GNNNEWS- काठमाण्डौ। गैर आवासीय नेपाली संघ एनआरएनएको उच्चस्तरीय समितिको बैठक आह्वान भएको छ। उच्चस्तरीय समितिका संयोजक रहेका डा.शेष घलेले मंसिर ४ गते अर्थात नोभेम्बर १९ तारिखका दिन काठमाडौंमा बैठक आह्वान गरेका हुन्। बैठक एनआरएनएको सचिवालय बालुवाटारमा अपरान्ह ३ बजेदेखि बस्नेगरी विज्ञप्तिमा उल्लेख गरिएको छ। सर्वोच्च अदालतको फैसला अनुसार बैठक बोलाइएको उनले मंगलबार निकालेको प्रेस विज्ञप्तिमा जनाइएको छ। दशौं अधिवेशन हुँदा प्रतिनिधि छनोट लगायतका विवादहरु बढ्दै जाँदा एनआरएनए दुई समूहमा विभाजित भएको थियो। त्यतिबेला घले समूहबाट विनोद कुँवर अध्यक्ष भएका थिए भने संस्थापन पक्ष दावी गर्नेहरुले ३ जना अध्यक्ष बनाएर कार्यकाल ६–६ महिना विभाजन गरेका थिए। कुँवर समूहका सिइओ राजेश राणाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा चैत २१ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले त्यतिबेला भएको १० औं अधिवेशनलाई अबैध भन्दै पहिला नै विवाद समाधान गर्नका लागि गठन गरिएको घले नेतृत्वको उच्चस्तरीय समितिलाई ब्युँत्याएको थियो। सर्वोच्चको फैसला पछि एकताको अधिवेशन गर्ने जिम्मेवारी पाए पनि पूर्ण पाठ ढिलो गरी सार्वजनिक हुँदा कार्यान्वयनको चरणमा गएको थियो। यसबीचमा अहिले बालुवाटार कब्जा गरेको डा. बद्री केसी समूहले अर्को रिट दिएर आफूहरुले बैधानिकता पाएको दावी गरे पछि बैठक नै बस्ने सकेको थिएन। तर,सर्वोच्चको फैसला कार्यान्वयनका लागि परराष्ट्रमन्त्रालयले पहलकदमी लिए पछि एकताको अधिवेशन गराउने उच्चस्तरीय समितिको बैठक बस्न लागेको हो। सर्वोच्चको फैसला अनुसार घले नेतृत्वको समितिलाई पहिलो बैठक बसेको ६ महिनाभित्र एकताको अधिवेशन गराउने जिम्मेवारी रहेको छ।

सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ

नेपाल प्रहरी, काठमाण्डौ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ।  बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता,संगठन प्रतिको निष्ठा,बहुआयामिक प्रतिभा,लगनशीलता,नैतिकता र इमानदारिताको उच्च प्रशंसा गर्नुभयो। संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धीमूलक सत्प्रयासको अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई मायाको चिनो प्रदान गर्नुभयो।   कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आफ्नो सेवा अवधिमा गरेका विभिन्न कार्यहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो।  विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक राम दत्त जोशी कात्तिक १७ गते तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा कात्तिक १५ गते र विसं २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला कात्तिक १० गते सेवानिवृत्त हुनु भएको हो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

डान्सर अस्मिताको बिदाई कार्यक्रम धुमधाम सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। गत ८ नोभेम्बर २०२४ शुक्रबार  सांझ चर्चित नेपाली मोडल तथा डान्सर अस्मिता रानाको बिदाइ कार्यक्रम ठमेल दोहोरी साँझ, अल्डरसट युकेको हलमा भएको थियो । रानाको बिदाइ तथा भेटघाट कार्यक्रममा सय जना बढीको  बाक्लो उपस्थिति रहेको थियो। अस्मिता करिब पाँच महिना अगाडि सांस्कृतिक कार्यक्रमको सिलसिलामा युके अाई पुगेकी थिइन् । युके बसाई अवधिभर नेपालीहरु बिच उनले   करिब ६ दर्जन बढी कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिई  फर्किन लागेकी हुन् ।  भेटघाट तथा बिदाइ कार्यक्रममा  राङभाङ समाज युकेको अध्यक्ष शारदा गुरुङले  नेपाली भाषा संस्कृतिको महत्वबारे बोल्दै अस्मिताको कलाको प्रशंसा सहित धन्यवाद ज्ञापन गरेका थिए। त्यस्तै स्याङ्जा समाजको संरक्षक डेभिड गुरुङले पनि कार्यक्रममा बोल्दै शुभकामना सहित धन्यवाद ज्ञापन गरेका थिए। साथै कोल्मा बाहकोट समाज यूकेका अध्यक्ष चन्द्र बहादुर गुरूड्गका साथै साहारा यूकेका अध्यक्ष कृष्ण गुरूड्गले पनि शुभकामना दिनु भएको सो कार्यक्रममा स्याङ्जा समाजका संरक्षकहरु डेभिड गुरुङ्ग र रिटायर्ड मेजर कुमार गुरुड्गले कार्यक्रममा बोल्दै शुभकामना सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रम व्यवस्थापन कोल्मा बहाकोट समाज युकेले गरेको थियो भने कार्यक्रम सञ्चालन सोही समाजको महासचिव मदन राना र मधुसूदन थापाले गरेको थिए। कार्यक्रममा गायिका भबी थापा र गायक मधुसूदन थापा र सन्तोष पुन आफ्नो गीत मार्फत मनोरञ्जन प्रस्तुत गरेका थिए भने अस्मिता रानाले पनि आफ्नो सुन्दर नृत्य प्रस्तुत गरि मनोरञ्जन दिएकी थिइन् ।  साँझ ७ बजेदेखि सुरु भई झन्डै पाँच घण्टासम्म चलेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु  लगायत् एक सय बढी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।  कार्यक्रमको अन्त्यमा  अस्मिता राना भावुक हुंदै  सम्पूर्ण युकेवासीले दिएको साथ,‌ सहयोग, मांया र हौसलाको लागि  साथै  कार्यक्रम सफल पारिदिनु हुने सबैलाई  धन्यबाद ज्ञापन गरेकी थिईन्। गैर आवासीय नेपालीहरूले कला संस्कृतिको विकास तथा विश्वव्यापीकरणमा पुर्‍याएको योगदानको चर्चा गर्दै आफुले सक्ने कला क्षत्रमा सहयोग गर्ने प्रतिबद्दता जनाएकी छिन्।

ज्यान मार्ने उद्योगको कसुरमा प्रदेश सांसद दीपक मनाङे दोषी ठहर भै पक्राउ

शीतलपाटीन्युज डटकम। काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन्। काठमाडौंको सानोभर्‍याङबाट मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार पक्राउ गरेको हो। ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाण्डौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ। केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो।

चर्चित डान्सर अस्मिताको बिदाई कार्यक्रम धुमधामले सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। गत ८ नोभेम्बर २०२४ शुक्रबार  सांझ चर्चित नेपाली मोडल तथा डान्सर अस्मिता रानाको बिदाइ कार्यक्रम ठमेल दोहोरी साँझ,अल्डरसट युकेको हलमा भएको थियो । रानाको बिदाइ तथा भेटघाट कार्यक्रममा सय जना बढीको बाक्लो उपस्थिति रहेको थियो। अस्मिता करिब पाँच महिना अगाडि सांस्कृतिक कार्यक्रमको सिलसिलामा युके आई पुगेकी थिइन्। युके बसाई अवधिभर नेपालीहरु बिच उनले   करिब ६ दर्जन बढी कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिई  फर्किन लागेकी हुन् ।  भेटघाट तथा बिदाइ कार्यक्रममा राङभाङ समाज युकेको अध्यक्ष शारदा गुरुङले नेपाली भाषा संस्कृतिको महत्वबारे बोल्दै अस्मिताको कलाको प्रशंसा सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो। साथै कोल्मा बाहकोट समाज यूकेका अध्यक्ष चन्द्र बहादुर गुरूड्गका साथै साहारा यूकेका अध्यक्ष कृष्ण गुरूड्गले पनि शुभकामना दिनु भएको सो कार्यक्रममा स्याङ्जा समाजका संरक्षक डेभिड गुरुङ्ग र रिटायर्ड मेजजर कुमार गुरुड्गले कार्यक्रममा बोल्दै शुभकामना सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रम व्यवस्थापन कोल्मा बहाकोट समाज युकेले गरेको थियो भने कार्यक्रम सञ्चालन सोही समाजको महासचिव मदन राना र मधुसूदन थापाले गरेको थिए। कार्यक्रममा गायिका भबी थापा,गायक मधुसूदन थापा र सन्तोष पुन आफ्नो गीत मार्फत मनोरञ्जन दिएका थिए भने अस्मिता रानाले पनि आफ्नो सुन्दर नृत्य प्रस्तुत गरि मनोरञ्जन दिएकी थिइन् ।  साँझ ७ बजेदेखि सुरु भई झन्डै पाँच घण्टासम्म चलेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु  लगायत् एक सय बढी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।  कार्यक्रमको अन्त्यमा  अस्मिता राना भावुक हुंदै  सम्पूर्ण युकेवासीले दिएको साथ,‌सहयोग,मांया र हौसलाको लागि  साथै  कार्यक्रम सफल पारिदिनु हुने सबैलाई  धन्यबाद ज्ञापन गरेकी थिईन्। गैर आवासीय नेपालीहरूले कला संस्कृतिको विकास तथा विश्वव्यापीकरणमा पुर्‍याएको योगदानको चर्चा गर्दै आफुले सक्ने कला क्षत्रमा सहयोग गर्ने प्रतिबद्दता जनाएकी छिन्।

लोभि बाइडेन,झुटा ट्रम्प र मूर्ख अमेरिकी जनताको कारण विश्व लोकतन्त्र कमजोर हुने संकेत-नेपालले के सिक्ने?-आर के त्रिपाठी

आर के त्रिपाठी लेख्छन् - लोभि बाइडेन,झुटा ट्रम्प र मूर्ख अमेरिकी जनताको कारण विश्व लोकतन्त्र कमजोर हुने संकेत -नेपालले के सिक्ने? आर्थिक प्रगती मात्र शाषकिय सफलताको मापनको आधार बन्दो रहेनछ।बेलायतमा ऋषी सुनक पनि राम्रो मै गनिन्थे।Covid ले थलिएको अर्थतन्त्र उनले नै उकासेका थिए।Covid को बेलामा गरेको उनको अर्थ Dealing,तौर तरिका लाई प्रसंसा गर्दै अमेरिका र अन्य यूरोप राष्ट्रहरुले त्यही ऋषी सुनकको तरिका Follow गरे।तर आम चुनाबमा उनको नेतृत्वमा Conservative पार्टिले नराम्रो हार बेहोर्नु पऱ्यो। अमेरिकामा बाइडेन राम्रो गर्दै थिए।अमेरिकाको आर्थिक प्रगती राम्रै थियो तर विश्व सुप्रिमो कायम राख्नु पर्ने बाध्यता,यूरोपको लगायत संसारको प्रजातन्त्र र सिमा सुरक्षा गरि दिनु पर्ने बाध्यता,विश्व विकाशलाई अनुदान,सहयोग गर्नु पर्ने अमेरिकाको बाध्यता,Ukrane Russia युद्धलाई धेरै सहयोग र इजरायल युद्धलाई सहयोग गर्नु पर्ने बाध्यताले अमेरिका आर्थिक रूपमा भित्र भित्रै थलिएको थियो।त्यो मारलाई Trump ले राम्रो प्रयोग गरे।अन्य विश्वमा दिने अनुदान सहयोग घटाउनेछु,इजरायल र युक्रेन लाई दिने युद्ध सहयोग कटौती गर्छु भने।यूरोपको सिमा सुरक्षा गर्न NATO लाई दिने सहयोग काटि दिनेछु भनि भाषण गरे।संयुक्त राष्ट्र संघलाई दिने सहयोग,अनुदान काट्छु भने।यो सब सहयोग काटेर अमेरिकाको जनताको आर्थिक स्तर उकास्छु भन्दै भोट मागे।अमेरिकाको जनतालाइ मूर्ख बनाए। Trump ले झुटो भोट लिए।नेताहरु जनता मूर्ख बनाउन खपीस छन्।जतिसुकै शिक्षित भए पनि जनतालाई  झुटो बोलेर जति खेर पनि मुर्ख बनाउन सकिन्छ भन्ने प्रमाणित Trump ले गराई दिए।ट्रम्प जिते।बधाई। जनता मूर्ख हुँदा असल नेता र नेतृत्व पराजित हुँदो रहेछ।ट्रम्प र अमेरिकी जनताले चणक्य नितीलाई असफल पारिदिए।इतिहाँसमा बेलावखत यस्तो हुदो रहेछ।विश्व राजनिति हेर्दा २७०० बर्ष अघि चणक्यले बोलेको निती संझना आयो।असल मान्छे अघि नबढ्दा वा पार्टीले चुनाबी मैदानमा नल्याउँदा जनता मुर्ख हुन्छन् र पार्टीको उमेदवार परास्त गर्दछन्।जनता बेला बखत मुर्ख हुन्छन्।त्यो बेला बेइमानहरु वा खराब नेतृत्व वा नेताहरु शाषनमा आउँछन्। कमला ह्यारिश किन हारिन?पछि पूर्ण विश्लेषण गरौंला।२१०० औं शताब्दीमा पनि रङ्गको गन्ध देखियो।बस के मात्र भनौं भने २१००औं शताब्दीमा पनि यत्रो विकशित देश, शैक्षिक र बिबेकी अमेरिकी जनता पनि बहुलाउँदा रहेछन्।यसको दिर्घ कालीन असर विश्व राजनितीमा पर्नेछ। नेपालमा पनि अघिल्लो चुनाबमा स्वतन्त्र

सिन्धुलीगढीमा शिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठान ढोर जस्पुरको स्मारिका ‘वंशु गुरुङ’ विमोचित

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। २५७औँ सिन्धुलीगढी विजयोत्सव समारोहमा सिन्धुलीगढी युद्धका एक नायक सिकारी सरदार वंशु (वंश) गुरुङको सम्मानमा प्रकाशित स्मारिका वंशु गुरुङ विमोचन भएको छ। वंशुको पुख्र्यौली थलो शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुर तनहुँमा स्थापित सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले प्रकाशन गरेको स्मारिका कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले संयुक्त रूपमा विमोचन गरेका हुन्। कमलामाई नगरपालिकाले सिन्धुली गढी विजयोत्सवको अवसरमा कात्तिक २४ गते सिन्धुलीगढीमा आयोजित समारोहमा सो स्मारिका विमोचन गरिएको थियो। स्मारिका बिमोचन गर्दै नगर प्रमुख पोखरेलले सिन्धुलीगढीमा गोर्खाली सेनाले कम्पनी सरकारको सेनालाई पराजित नगरेको भए हामीले नेपाली भनेर गर्व गर्न पाउने अवस्था बन्थ्यो वा बन्दैनथ्यो केही भन्न नसकिने भन्दै सिन्धुलीगढीका सेना नायकहरूलाई राज्यले उचित सम्मान दिनुपर्ने बताए। उनले सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.लालजङ गुरुङसहित सदस्यहरु करिब एक दशकबाट सिन्धुलीगढी विजयोत्सव कार्यक्रममा सहभागिता जनाउँदै आएकोसमेत स्मरण गरे। सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङले प्रतिष्ठानलाई आयोजक कमलामाई नगरपालिकाबाट वर्सेनि कार्यक्रममा औपचारिक निम्तो आउने गरेकोमा गर्व व्यक्त गर्दै तनहुँको ढोर जस्पुरमा सिकारी सरदार वंशु गुरुङको शालिक स्थापना गरिएको जानकारी दिए। उनले प्रतिष्ठान दोस्रो स्मारिका प्रकाशन गर्न सफल भएको भन्दै अब आफूहरूको माग सिकारी सरदार वंशु गुरुङसहित सिन्धुलीगढी युद्धका सेना नायकहरूलाई राष्ट्रिय विभूति घोषणा रहेको बताए। साभार- गुरुड्ग न्युज।

इन्टरपोलको ९२ औं महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

शीतलपाटीन्युज डटकम। काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार स्वदेश फर्किनु भएको छ।  इन्टरपोल महासचिवालयको आयोजनामा कात्तिक १९ देखि २२ गतेसम्म संचालित उक्त महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता हुनुभएको हो। प्रहरी महानिरीक्षक कुँवरसँगै उक्त महासभामा सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत स्वदेश फिर्ता हुनु भएको छ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभयो। महासभामा National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया,अमेरिका, कतार र यूएईका प्रतिनिधीहरूसँगको द्विपक्षीय भेटघाटका क्रममा समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल भएको थियो। महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठन (WHO) बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची (IWOL) तथा निजी संस्थाहरू बीचको सहकार्य, digital evidence मा कानूनी पहुँच, इन्टरपोलको विद्यान संशोधनको लागि विभिन्न देशहरूबाट पेश गरिएका प्रतिवेदनहरू, Annual financial report and financial statements 2023, Programme of activities and draft budget for 2025 and indications for 2026 and 2027, इन्टरपोलको भवन विस्तार तथा पुन:निर्माण कार्यक्रम जस्ता विषयहरूमा छलफल भई महत्वपूर्ण प्रस्तावहरू पारित समेत भएको थियो।   महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत भएको थियो। उक्त निर्वाचनमा इन्टरपोलको १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी भई नेपालले समेत आवश्यक मतदान गरेको थियो। यस महासभाबाट इन्टरपोलको नयाँ महासचिवको रूपमा मित्रराष्ट्र ब्राजिलका Valdecy Urquiza मनोनयन हुनुभएको भनि घोषणा समेत भएको थियो। महासभाले इन्टरपोलको ९३औं महासभा सन् २०२५ मा मित्रराष्ट्र मोरक्कोको माराकेचमा, ९४औं महासभा सन् २०२६ मा मित्रराष्ट्र हङकङ, चीनमा र ९५औं महासभा सन् २०२७ मा मित्रराष्ट्र कतारको दोहामा आयोजना गर्ने निर्णय गरेको छ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेतृत्वको प्रतिनिधि मण्डल उक्त महासभामा सहभागी हुन कात्तिक १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। (साभार-नेपाल प्रहरी।)

राजनीति र ब्यापारः सम्बन्ध, सहकार्य तथा सम्भाबित असर

सुरज श्रेष्ठ,लण्डन। डेमक्रटिक मुलुक हुन्,कम्युनिस्ट व़ा राजतान्त्रिक बिश्व़भर नै राजनैतिक नेताहरु र ठूला ब्यापारी बर्गबीच नङ्ग र मासुको झै सम्बन्ध हुन्छ। यो सम्बन्ध हिजो पनि थियो,आज पनि छ र भोलिपनि रहिरहनेछ। सामान्यतः राजनैतिक नेताहरुमा पोजिसनल सामर्थ्य हुन्छ र राजनीति गर्न व़ा बिलासित जिवन बिताउन पैसाको आबश्यकता! ठूला ब्यापारीहरुसँग पैसाको सामर्थ्य हुन्छ र समाजमा आफ्नो ईन्फ्लुएन्स बढाउन तथा ब्यापार प्रबर्धन गर्न राजनैतिक पार्टी/नेत्रृत्व़सँग साठगाठ गर्ने उत्कठ चाहना। सकारात्मक रुपमा राजनैतिक नेताहरु र ठूला ब्यापारी बर्गबीचको सम्बन्ध हुनु कुनै पनि देशको लागि राम्रो हो। राजनैतिक नेताहरुले पब्लिक सेक्टर र पलिसी मेकिङगमा प्रतिनिधित्व़ गरेका हुन्छन् भने ब्यापारी बर्गले प्राईभेट सेक्टरको। कुनै पनि देशको सम्ब्रृद्दी र बिकासको लागि यी दुई सेक्टरबिचको सहकार्य अति जरुरी छ। खासगरी, देशमा रोजगारी सृजना गर्ने तथा ईकनमिक गतिबिधिलाई चलायमान गराउने प्राईभेट सेक्टरले नै हो। (कुनै पनि देशको अर्थतन्त्र भने साना र मझौला ब्यापारले धानिरहेको हुन्छ यद्यपि ठूला ब्यापारिक बर्गहरुतिर राज्य र जनध्यान गैरहेको हुन्छ) अनि देशमा सुसाशन ल्याउन, राज्य-संस्थाहरुलाई सबल र निस्पक्ष बनाउन, ईकनमिक तथा ईन्डस्ट्रिअल पलिसी निर्माण गर्न राजनैतिक नेता/पार्टीहरुले नै भूमिका खेल्ने हो। यसो भनिरहदा बेलायत र अमेरिका जस्तो बिकसित मुलुक हुन् व़ा नेपालजस्तो बिकासशील, यी दुई शक्तिहरु — पोजिसन र पैसा — बिचको सम्बन्ध त्यतिबेला घातक हुन्छ जतिबेला यो सम्बन्ध र सहकार्य निजि स्व़ार्थको लागि मात्र हुन्छ। अन्ततः त्यसले देशलाई नै घात गर्ने हो! देशमा भ्रस्टाचार र कुशासनको मुलजडो नै यहि सम्बन्ध र सहकार्य बनिदिन्छ। अमेरिकालाई नै हेरौं न; भर्खरैको अमेरिकी रास्ट्रपति निर्बाचनमा बिश्व़का सबैभन्दा धनी ब्यक्ति ईलन मोस्कले प्रेसिडन्ट-ईलेक्ट डोनल्ड ट्रम्पलाई यो चुनाब जित्न सहयोग पुर्याए! मस्कको यो सहयोग,मलाई लाग्छ, शकेबल पलिटिकल्ली मोटिभेटेड मात्र होईन। यस सन्दर्भमा, बेलायत अमेरिका तथा नेपाल जस्ता देशहरुका राजनैतिक नेता/पार्टी र ठूला ब्यापारी बर्गबीचको सम्बन्धन र सहकार्य अभ्यासमा केहि फरकपन भने छ। उदाहरणको लागि, बेलायतमा यससम्बन्धी भएको नियम र कानुन राजनैतिक नेता/पार्टी र ठूला ब्यापारीहरु दुबै पक्षले अबलम्बन गर्नैपर्छ। बेलायतका राजनैतिक नेताहरु र ठूला ब्यापारीहरुमा पनि नेपालमाझै मानवजन्यः नीजि लोभ र लालच भई नै हाल्छ, तर यि

लण्डनमा बेलायत र नेपालका सांसद लगायत २०० को समुहले दिवंगत सैनिकहरुप्रति श्रद्धान्जली अर्पण

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतस्थित नेपाली समुदायले पहिलो र दोश्रो विश्वयुद्धमा सहादत प्राप्त गरेका सैनिकहरुप्रति श्रद्धान्जली अर्पण गरेका छन् । शनिबार नेपालीको राजधानी मानिने र नेपालीहरु उल्लेख्य बसोवास रहेको अल्डरसटमा ‘रिमेम्बरेन्स डे परेड’ आयोजना गरि श्रद्धान्जली अर्पण गरीयो। ग्रेटर रसमोर नेपलिज कम्युनिटी र गोर्खा मेमोरियल प्रोजेक्ट टिमको सक्रियतामा भएको उक्त परेडमा स्थानीय बेलायती सांसद अलेक्स बेकर,नेपालका संघीय सांसद एलपी सांवा लिम्बु,रसमोर मेयर मारा माकुनुरा, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर,ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष मन गुरुङ,शिव मन्दिर अल्डरसटका अध्यक्ष विक्रम भट्टराई लगायत गोर्खा सैनिक र स्थानीय नेपाली अगुवाहरु २०० जनाको सहभागीता थियो॥ परेडको आयोजना गर्दै सो समुहले प्रिन्सेस गार्डेनस्थित पहिलो भिसी कुलवीर थापाको सालिकमा रिथ पुष्पगुच्छा अर्पण गर्दै समस्त दिवगंत सैनिकहरुप्रति श्रद्धान्जली अर्पण गरेका थिए। सालिकमा रिथ चढाउनु अघि शिव मन्दिरका मूल पण्डित र बीसीसी यूकेका बौद्ध गुरुद्वारा स्वस्ती मन्त्र उच्चारण गरिएको थियो। बेलायतसहित कमनवेल्थ मुलुकमा ११ नोभेम्बरलाई ‘रिमेम्बरेन्स डे’ का रुपमा मनाउने प्रचलन छ । यसलाई ‘पप्पी डे’ पनि भनिन्छ। सो ११ गते गरिने कार्यक्रमलाई नेपाली समाजले ९ नोभेम्बर मै मनाएको हो। प्रथम विश्वयुद्ध अन्त्यपछि सन् १९१८ नोभेम्बर ११ का दिन ११ बजे रिमेम्बरेन्स सन्डे मनाउन थालिएको हो। यो प्रत्येक वर्ष नोभेम्बरको दोस्रो आइतबार पर्छ।

यसपाली को world Cup कसले जित्ला?