समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

कैलाली ४ मा कडा प्रतिस्पर्धाका बिच बलायरको फेरि अग्रता कायम

  शीतलपाटीन्युज डटकम | ६ मंसिर २०७९, मंगलवार २२:०२

राष्ट्रिय चासोका साथ हेरिएको कैलाली ४ प्रतिनिधिसभा सदस्य चयनमा नेपाली काङ्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा पुर्व मन्त्री बीर बहादुर बलायरले मतगणनामा अग्रता बढाईरहनुभएको छ ।

नेपालका दुई मुख्य पार्टी नेपाली कांग्रेस र नेकपा एमालेका उदीयमान द्वोय राष्ट्रिय नेता तथा पुर्वमन्त्रीहरुको राजनितिक प्रतिस्पर्धालाई उच्च उत्सुकताका साथ हेरिएको छ ।

नेपाली काङ्रेस सुदूरपश्चिम प्रदेश सभापति बीर बहादुर बलायर अहिलेसम्म कुल १२९४३ मतका साथ नेकपा एमाले प्रदेश ईन्चार्ज लेखराज भट्ट कुल १२५७३ मत सहित कडा तथा रोचक प्रतिस्पर्धामा ३७० मतका साथ काङ्रेस नेता बलायर अगाडि आईरहनुभएको छ ।

हिजोदेखि सुरुवाती मतगणनामा अग्रता लिदै आज दिउसो तिर केहि सय मत पछाडि रहनु भएका बलायर अहिले आएर फेरि अग्रपन्क्तिमा रही उल्लेखनीय मत पाईरहनुभएको छ ।

यससङै बलायर कैलाली क्षेत्र न ४ का जनता जनार्दनहरुको पहिलो रोजाईमा पर्ने सम्भावना प्रबल बन्दै गएको छ ।

उक्त कैलाली ( ४ क्षेत्रमा मतदाता को कुल संख्या १,१०,४५३ रहेकोमा करिब ५८ प्रतिशत ६४१५८ खसेको थियो।

                                                                                                                                                                                   -केशव मलाशी ( कैलाली )

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ