समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

‘गणेशमान सिंहको सङ्घर्ष’ पुस्तक सार्वजनिक

  शीतलपाटीन्युज डटकम | २४ कार्तिक २०७९, बिहीबार २०:४१

काठमाडौँ– नेपालका वरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा, २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको जीवनीमा आधारित पुस्तक ‘गणेशमान सिंहको सङ्घर्ष’ उनकै निवास स्थान चाक्सबारी क्षेत्रपाटीमा उनको १०८औँ जन्म जयन्ती अवसर पारेर सार्वजनिक गरिएको छ । उनकी कान्छी सुपुत्री डा मीता सिंहले लेखेको दुई सय ३१ पृष्ठको सो पुस्तक आज एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।

पुस्तकमाथि प्रकाश पार्दै संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्व प्रतिनिधि प्रा जयराज आचार्यले गणेशमान एक निष्ठावान् लौह पुरुष मात्र नभई एक बौद्धिक व्यक्तित्व तथा परिपक्व राजनीतिज्ञ पनि भएका बताए । कांग्रेसका लोकप्रिय नेता बिपी कोइरालाको देहावसानपछि पनि पार्टीलाई सक्षम नेतृत्व प्रदान गर्दै गणेशमान सिंहले विसं २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनमार्फत प्रजातन्त्र पुनः स्थापनाका निम्ति पुर्याउनुभएको महत्त्वपूर्ण योगदानको उनले चर्चा गरे ।

रुसका लागि नेपालका पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले सर्वोच्च नेता सिंह बाहिरबाट कठोर देखिए पनि भित्रबाट अत्यन्त कोमल तथा सहृदयी भएको बताए । नेता सिंहले प्रजातन्त्रवादी र वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने कार्य नगर्नु भएको भए निरंकुश पञ्चायतको अन्त्य गरी बहुदलीय प्रजातन्त्र प्रणालीको स्थापना असम्भव रहेको उनको भनाइ थियो ।

समाजसेवी दुर्गा घिमिरेले डा सिंहद्वारा लिखित सो पुस्तकमा गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि आर्थिक क्रान्ति र समानताको मुद्दा उठाउनुभएको भन्दै पुस्तक अहिलेका युवा वर्गको निम्ति पठनीय तथा प्रेरणादायी हुने विचार व्यक्त गरे ।

पुस्तकका लेखक डा सिंहले बुबा गणेशमान सिंहले गर्नुभएको त्याग, तपस्या र सङ्घर्षबारे आजको युवा पुस्तालाई जानकारी मिलोस् र त्यसबाट देश तथा समाजको निम्ति केही गर्ने प्रेरणा प्राप्त होस् भनी पुस्तक नेपालीमा अनुवाद गरिएको बताए । उक्त पुस्तक गत वर्ष प्रकाशित डा सिंहद्वारा रचित ‘‘द स्ट्रगल अफ गणेशमान सिंह’’ को नेपाली अनुवाद हो । पुस्तकको अनुवाद अम्बिका गिरीले गरेकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ