समाचार
|बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न|लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा स्थापना|नागरिकताको फरक मागले प्रक्रिया जटिल बन्यो : मनिष झा|बेलायतमा ११७ औं महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो|नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न इयुसंग पहल भैरहेको छ: मंत्री पौडेल|लन्डनमा “नर्थहोल्ट १०K रन” भव्य रूपमा सम्पन्न

बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल

  शीतलपाटीन्युज डटकम | १ मंसिर २०८३, सोमबार ०७:३६

GNNNEWS-
लन्डन – युवा नेपाली उद्यमी दम्पती यज्ञ र पुनम गर्बुजा पुनले बर्न्ट ओक ब्रोडवेमा पहिलो नेपाली किराना पसल, पोखरा बजार, सञ्चालनमा ल्याएका छन्।

लन्डन बरो अफ बार्नेटमा बर्न्ट ओकबाट निर्वाचित काउन्सिलर कमल गुरुङले नयाँ पसल खुल्नु स्थानीय नेपाली समुदायका लागि अत्यन्तै खुसीको कुरा भएको बताए। “बर्न्ट ओकको जीवन्त र बहुसांस्कृतिक बजार क्षेत्रमा थपिएको यो एउटा महत्वपूर्ण उपलब्धि हो,” उनले भने।

“स्थानीय स्तरमा नेपाली व्यवसायको विकास र विस्तार हुँदै गएको देख्दा निकै उत्साह र गर्व महसुस भएको छ। यसले हाम्रो समुदायका लागि नयाँ अवसर र सेवाहरू सिर्जना गर्नुका साथै नेपाली संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्न पनि महत्वपूर्ण योगदान पुर्‍याउनेछ। यस नयाँ व्यवसायको सफलताका लागि यज्ञ,पुनम र उहाँहरूको सम्पूर्ण टोलीलाई हार्दिक शुभकामना,”काउन्सिलर कमल गुरुङले भने।

यज्ञ र पुनम दुवै पर्वत जिल्लामा जन्मिएका हुन्। भूतपूर्व गोर्खा परिवारका यज्ञ सन् २००७ मा बेलायत आएका हुन् भने पुनम सन् २०१२ मा। एजवेयर,बर्न्ट ओक,कोलिन्डेल लगायतका स्थानमा बसोबास गर्ने नेपाली समुदायलाई पायक पर्ने गरी 255-257 Burnt Oak Broadway मा उक्त पसलको सुरुवात गरिएको पुनमले बताइन्।

स्थानीय समुदायलाई दैनिक जीवनमा आवश्यक खाद्यान्न,ताजा फलफूल तथा मासु पसलमा उपलब्ध रहेको उनले जनाए।

पसलमा चाउचाउ,अचार,चिउरा लगायत नेपालबाट आयात गरिएका सामानहरु पनि उपलब्ध छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ