समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

एनआरएनए यूकेद्वारा युविन तामाङका बुबाआमालाई संकलित सहयोग रकम हस्तान्तरण शीतलपाटीन्युज डटकम।

  शीतलपाटीन्युज डटकम | ३ मंसिर २०८२, बुधबार ०६:२१

डा कुल प्रसाद कडेल

प्रवक्ता,एनआरएन युके।

लन्डन – बेलायतमा कार दुर्घटनामा ज्यान गुमाएका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङका परिवारलाई एनआरएनए यूकेले संकलित सहयोग रकम औपचारिक रुपमा हस्तान्तरण गरेको छ।

संघको कार्यालयमा सम्पन्न कार्यक्रममा जम्मा भएको £2,666.25 रकम युविनका बुबाआमा विकास तामाङ र शर्मिला मगर तामाङलाई बुझाइएको हो। शव नेपाल पठाउने र अन्तिम संस्कारका खर्चमा सहयोग पुर्‍याउन समुदायले एकजुट भएर यो रकम संकलन गरेको थियो।

कार्यक्रममा एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल र महासचिव जुरेन्द्र खजुम उपस्थित थिए। उनीहरुले बेलायतमा रहेका नेपालीहरुद्वारा देखाइएको साथ र एकताप्रति आभार व्यक्त गरे। उनीहरुको भनाइ थियो, “सबैको सानो-ठूलो सहयोगले परिवारलाई ठोस राहत पुगेको छ। यो समुदायको मानवीय भावनाको स्पष्ट उदाहरण हो।”

रकम ग्रहण गर्दै युविनका बुबाआमाले समुदाय र एनआरएनए यूकेको तर्फबाट प्राप्त साथ र माया प्रति गहिरो कृतज्ञता व्यक्त गरे। “कठिन घडीमा साथ दिएको सबैलाई हार्दिक धन्यवाद,” उनीहरुले भने।

एनआरएनए यूकेले घटनासंग सम्बन्धित कानूनी प्रक्रिया निष्पक्ष रुपमा अघि बढोस् भन्ने अपेक्षा व्यक्त गर्दै युविन तामाङको आत्माको शान्तिको कामना गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ