समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

एनआरएनए १२औँ महाधिवेशनका लागि सदस्यता लिने म्याद जनवरी १६ सम्म थप

  शीतलपाटीन्युज डटकम | २२ पुष २०८२, मंगलवार २१:५२

गैरआवासीय नेपाली संघ (एनआरएनए) को फेब्रुअरी २३–२५ गते काठमाडौँमा आयोजना हुने १२औँ महाधिवेशनमा सहभागी हुन चाहनेहरूका लागि सदस्यता लिने म्याद आगामी जनवरी १६ सम्म थप गरिएको छ।

एनआरएनएका स्टेरिङ कमिटीको आइतबार बसेको बैठकले यसअघि जनवरी ९ सम्म तोकिएको म्यादलाई बढाएर नयाँ समयसीमा निर्धारण गरेको हो। महाधिवेशनमा प्रतिनिधि बन्न तथा निर्वाचन प्रक्रियामा भाग लिन एमआरएस (Membership Registration System) प्रणालीमार्फत सदस्यता लिन अनिवार्य गरिएको छ।

यसअघि एनआरएनएका अध्यक्ष डा. बद्री केसी र महेश कुमार श्रेष्ठबीच फेब्रुअरी महिनामै बृहत् एकता महाधिवेशन आयोजना गर्ने सहमति भइसकेको छ। संगठनभित्र लामो समयदेखि देखिँदै आएको विवाद अन्त्य गर्दै एकता कायम गर्ने उद्देश्यले गंगाधर गौतमको संयोजकत्वमा समन्वय समिति समेत गठन गरिएको छ।

स्टेरिङ कमिटी बैठकमा सबै सदस्यहरूबाट प्राप्त प्रतिबद्धता पत्रहरूमाथि छलफल तथा समीक्षा गरिएको छ। बैठकले हाल HLC (High Level Committee) प्रणालीअन्तर्गत रहेको सदस्यता विवरणलाई उचित प्रक्रिया अपनाई MRS प्रणालीमा स्थानान्तरण गरी व्यवस्थित गर्ने निर्णय गरेको छ।

त्यसैगरी, कानुनविद्, अग्रज व्यक्तित्वहरू तथा निर्वाचनमा सहभागी सबै पक्षसँग परामर्श गरी आगामी ११ तारिखसम्म निर्वाचन प्रक्रिया सम्बन्धी छलफल गर्ने र प्राप्त सुझावलाई औपचारिक एजेन्डाका रूपमा प्रस्तुत गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले सदस्यता शुल्क संकलनका लागि सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई ताकेता गर्ने, १२औँ महाधिवेशनको स्थान छनोटसम्बन्धी प्रक्रिया सचिवालयमार्फत अघि बढाई अर्को बैठकमा छलफलका लागि प्रस्तुत गर्ने निर्णय गरेको छ।

यसैगरी, १२औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न समिति गठन गर्ने तथा ती समितिमा समावेश हुने पदाधिकारीहरूको नाम आगामी साता छलफलका लागि प्रस्तुत गर्ने निर्णय पनि गरिएको छ।

१२औँ महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ