समाचार
|नेपालको हिमालदेखि न्यूयोर्कको महासभासम्म|पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ|सांसद विदुषी राणा बेलायतमा,नेपाललाई सघाउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान|नेपालका विपद् पीडितका लागि बेलायतबाट २,२४३ पाउन्ड राहत सहयोग हस्तान्तरण|नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन २७ सेप्टेम्बर आइतबार अल्डरसटमा हुने|पहाडी जिल्ला डोल्पा विमानस्थलमा सीता एयरको जहाज दुर्घटना|पोखरा आएको फ्लाइ दुबईको जहाजको ककपिटमा नेपाली पाईलट सर्बजीत यादब|पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान आज सम्पन्न|पाल्पाली ताराप्रसाद पोखरेललाई विद्यावारिधि|इंगल्याण्डमा घरधनी र भाडाका घर दर्ता अनिवार्य गरिँदै: नियम उल्लंघन गरे ४० हजार पाउण्डसम्म जरिवाना

डा. हेमराज शर्मा ‘एनआरएनए एकता’ को सन्देश लिएर हङकङ पुगे (फोटो फिचर)

  शीतलपाटीन्युज डटकम | २४ पुष २०८२, बिहीबार १५:००

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र हालै भएको एकताको सन्देश लिएर विश्वव्यापी भ्रमणमा निस्किएका संघका उपाध्यक्ष डा. हेमराज शर्मा हङकङ पुगेका छन्।

बिहीबार हङकङ आगमनका क्रममा उनलाई स्वागत गर्न एनआरएनए हङकङका पदाधिकारी तथा अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। विमानस्थलमा उनलाई संघका एनआरएनए हङकङका पूर्वसंरक्षक संरक्षक तथा आईसिसी कोषाध्यक्ष प्रकाश पुन, एनआरएनए हङकङका उपाध्यक्षद्वय सन्तोष गुरुङ र कविता गुरुङ, महासचिव इन्द्र पुन, सचिव विश्वनाथ घिसिङ, प्रवक्ता मनोज सूर्यवंशी, कोषाध्यक्ष अर्जुन गौचन, सह–कोषाध्यक्ष डु गुरुङ, युवा संयोजक मनोज गौतम तथा राजकुमार सापकोटाले स्वागत गरेका थिए।

डा. शर्माले आजै गैरआवासीय नेपाली संघ हङकङले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

यसअघि जापान र दक्षिण कोरियाको भ्रमण सम्पन्न गरेका डा. शर्माले दुवै देशको भ्रमण फलदायी रहेको बताएका छन्।

गैरआवासीय नेपाली संघको आगामी १२औँ महाधिवेशनलाई बृहत्तर एकताको महाधिवेशनका रूपमा सफल बनाउन राष्ट्रिय समितिहरूलाई एकजुट बनाउने उद्देश्यसहित डा. शर्माले एसियाली क्षेत्रको भ्रमण सुरु गरेका हुन्। एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरी २३, २४ र २५ मा काठमाडौंमा हुँदैछ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ