समाचार
|नेपालको हिमालदेखि न्यूयोर्कको महासभासम्म|पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ|सांसद विदुषी राणा बेलायतमा,नेपाललाई सघाउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान|नेपालका विपद् पीडितका लागि बेलायतबाट २,२४३ पाउन्ड राहत सहयोग हस्तान्तरण|नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन २७ सेप्टेम्बर आइतबार अल्डरसटमा हुने|पहाडी जिल्ला डोल्पा विमानस्थलमा सीता एयरको जहाज दुर्घटना|पोखरा आएको फ्लाइ दुबईको जहाजको ककपिटमा नेपाली पाईलट सर्बजीत यादब|पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान आज सम्पन्न|पाल्पाली ताराप्रसाद पोखरेललाई विद्यावारिधि|इंगल्याण्डमा घरधनी र भाडाका घर दर्ता अनिवार्य गरिँदै: नियम उल्लंघन गरे ४० हजार पाउण्डसम्म जरिवाना

एनआरएन स्कटल्यान्डद्वारा आयोजित पहिलो स्वास्थ्य शिविर एडिनबरा,स्कटल्यान्डम़ा सफलतापूर्वक सम्पन्न

  शीतलपाटीन्युज डटकम | ६ माघ २०८२, मंगलवार ०६:२१

शीतलपाटीन्युज डटकम।

एनआरएन स्कटल्यान्डको आयोजनामा १८ जनवरी ०२६ मा एडिनबरा स्थित हिमालयन सेन्टरमा सम्पन्न भएको पहिलो स्वास्थ्य शिविर अत्यन्त सफल,प्रभावकारी र प्रेरणादायी रूपमा सम्पन्न भयो।“स्वस्थ रहौँ,खुसी रहौँ,सुखी रहौँ” भन्ने मूल नाराका साथ एनआरनए स्कटल्याण्डका अध्यक्ष श्री शेर के.सी.ज्युको संयोजकत्वमा आयोजना गरिएको यस शिविरले नेपाली समुदायमा स्वास्थ्य प्रति थप चेतना अभिवृद्धि गर्नुका साथै आपसी सहकार्य र सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । शिविरमा विभिन्न क्षेत्रका अनुभवी तथा दक्ष स्वास्थ्य विशेषज्ञहरू द्वारा सेवा उपलब्ध गराइएको थियो।

Health & Wellbeing सेवा डा.अश्कन द्वारा प्रदान गरिएको थियो भने पोषण तथा आहार (Nutrition & Diet) सम्बन्धी महत्वपूर्ण जानकारी डा.कार्मेलिया ले सरल र व्यवहारिक रूपमा प्रस्तुत गर्नुभयो।

Oral Health सम्बन्धी सेवा तथा परामर्श ओरल हाइजिनिस्ट नर्सहरू सम्झना कार्की र रीता गौतम द्वारा प्रदान गरिएको थियो,जसले दाँत तथा मुख सम्बन्धिको स्वास्थ्य प्रति समुदायमा सकारात्मक सन्देश एवं जनचेतना प्रवाह गर्‍यो।Pediatric सेवा,बालबालिकाको स्वस्थ सम्बन्धि को सेवामा डा Nasrin O’Kane र उहाको टिम खटिनु भएको थोयो/योगा शिक्षक प्रेम बस्नेतले योगाले कसरी स्वास्थ्य रहन सकिन्छ र जिबन परिबर्तन हुन सक्छ भन्ने जानकारी दिदै,योगा सिकाउनु भएको थियो । नेपाली विशेषज्ञ चिकिस्सक डा.अनुप बिष्ट(MD) ANAESTHESIA AND CRETRICAL CARE सम्बन्धि परामर्स सेवा प्रदान गर्नु भएको थियो। उहाँहरूको निःस्वार्थ सेवा लिने नेपाली लगायत स्थानिय अन्य समुदायका १२० सेवा ग्राहीहरुले प्रत्यक्ष सेवा प्रात्त गर्नु भएको थियो।
उक्त स्वस्थ सेवालाई ब्यबस्थित र प्रभाबकारी बनाउन एनआरएनए स्कटल्यान्डका स्वयम् सेबकहरुले विशेष भुमिका निर्बाह गर्नु भएको थियो। विशेषज्ञहरुले सेवा उपलब्ध गराउदा प्रयोग गरिएको अंग्रजी भाषालाई नेपाली भाषामा उल्थगरि सहभागीहरुलाई बुझ्न सजिलो बनाउनुहुने स्वंसेवी सर्मिली लामाले गर्नु भएको थियो।

शिविरमा सेवा मुलक विभिन्न स्वास्थ्य स्टलहरू मार्फत सेवा उपलब्ध गराइएको थिए,जस्तै :
• रक्तचाप र तौल (Blood Pressure and weight ) परीक्षण
• रक्तमा चिनीको मात्रा (Blood Sugar Test)
• मुख स्वास्थ्य जाँच (Oral Health )
• मानसिक स्वास्थ्य तथा (Wellbeing Support)
• बालबालिकाको स्वस्थ (Pediatric)
• योगा सेबा

स्वस्थ सिबिरलाई थप प्रभाबकारी बनाउनमा लामो समयसम्म स्कटल्याण्डमा स्वास्थ्य सेवामा कार्य अनुभव हासिल गरेका नर्सहरू र लामो समयसम्म नेपालमा स्वास्थ्य सेवामा कार्य अनुभव हासिल गरेका हाल वेस्ट अफ स्कटल्यान्ड युनिभर्सिटी, ग्लास्गोमा अध्ययनरत नेपाली नर्सहरूको सक्रिय सहभागिता रहेको थियो। Nursing Association Scotland की अध्यक्ष सरोजा अर्यालको टिमले कार्यक्रमलाई थप सेबा उपलब्ध गराउनु भएको थियो। उहाँहरूको समर्पण र सेवाभावले सम्पूर्ण कार्यक्रमलाई मजबुत आधार प्रदान गर्‍यो।

शिविरमा उपस्थित सेवाग्राहीहरूका अनुसार,यस्ता कार्यक्रमहरूले स्वास्थ्य जाँचलाई सहज बनाउनुका साथै जानकारी,आत्मविश्वास र सकारात्मक ऊर्जा प्रदान गर्ने भएकाले अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका थिए।


एनआरएन स्कटल्यान्डले पहिलो पटक आयोजना गरेको र भब्य उपस्थिति रहेको यस स्वास्थ्य शिविरले भविष्यमा पनि यस्ता समुदाय–केन्द्रित,जनहितकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने र क्रमश स्कटल्याण्डका विभिन्न ठाउमा आयोजना गर्ने प्रतिबद्धता रहेको सस्थाका उपाध्यक्ष श्री सागर भण्डारीले गर्नु भयो ।

कार्यक्रमको अन्त्यमा यस कार्यक्रममा आफ्नो अमुल्य समय र ज्ञान दिनुहुने डा.नर्स एबम स्वयम सेबकहरु लाइ NRN Scotland का अध्यक्ष श्री शेर के सी,सस्थाका प्रमुख संरक्षक श्री कासिराम भण्डारी,प्रमुख सल्लाहकार डा राम कुमार अधिकारी,सल्लाकार डा केशब भट्टराईद्वारा कदर तथा प्रसंसा पत्र प्रदान गर्नु भएको थियो।

सस्थाका अध्यक्ष श्री शेर के सी र सचिब माधब भण्डारीले यस कार्यक्रमलाइ सफल बनाउन निस्वर्थ खट्नु हुने सम्पुर्ण सहभागीहरुलाइ सस्थाको तर्फबाट धन्यबाद प्रदान गर्नु भएको थियो। यस कार्यक्रमको लागी निशुल्क हल उपलब्धमा गराउनुहुने हिमालयन सेन्टर एडिन्बर्घका अध्यक्ष श्री मनीष खत्री र उहाको टिमलाई सस्थाको तर्फबाट धन्न्यबाद दिनु भयो ।कार्यक्रममा सहभागीहरुलाई खानाको व्यवस्था BAY LEAF का संचालक तथा संथाका उपाध्यक्ष श्री सागर भण्डारीले निशुल्क उपलब्ध गराउनु भएकोमा सस्थाको तर्फबाट हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो। मिठो,स्वादिस्ठ खाना बनाउन निशुल्क स्वंसेवा प्रदान गर्नुहुने संथाका कार्यकारी सदस्य श्री बलराम कंडेललाई र सहभागीहरुलाई चिया कफी उपलब्ध गराउनुहुने सस्थाकी स -कोषाध्यक्ष श्रीमती लक्ष्मी न्यौपानेलाई सस्थाको तर्फबाट धन्यवाद दिनु भयो।

कार्यक्रममा निम्न बिशेसज्ञ र प्राबिधिकहरु आफ्नो आफ्नो छेत्रको सेवा उपलब्ध गराउन खटिनु भएको थियो। Dr Ashkan Ziaie,Dr Carmelia Carew,Gohar Beint( Optometrist), Nasrin O’Kane (Paediatric ) नर्सहरू जास्मिन रोका,कमला कन्डेल,गंगा भण्डारी,प्याट्रिसिया कंडेल ( फर्मेसिस ),सिम्रन थापा,अनुजा चौधरी,अप्सरा अधिकारी,स्मृति सेढाईं,चन्द्र कला भट्ट,दीना बुढा,प्रियंका बडाल,रुपेश नाथ,इसाबेल रोसोविच,गंगा भण्डारी,रुपेश नाथ,अभिष्णा चापागाईं,स्वं सेविहरुसिरिया रुटस्टिन,अफ्शिन जाइनी,एमिली लुडेक,आराजु साम्जना,अभिषा चापागाईं र सुदीपा केसी।

एनआरएन स्कटल्यान्ड आगामी दिनहरु पनि नेपाली समुदायको हितमा निरन्तर अघि बढिरहनेछ। यस सामाजिक कार्यमा स्कटल्यान्ड बाट उमेद्वार बनि निर्वाचित भएका NRN UK का पधाधिकारीहरुको भने सहयोग र सहभागिता नदेखिएको प्रतिकृया स्थानिय सहभागीहरुको रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ