समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सको अध्यक्षमा बिराज भट्ट निर्विरोध

  शीतलपाटीन्युज डटकम | ११ माघ २०८२, आईतवार २०:३५

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतस्थित नेपाली व्यवसायीहरूको साझा संस्था ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सको अध्यक्षमा बिराज भट्ट सर्वसम्मत चयन भएका छन्। शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावासमा सम्पन्न संस्थाको वार्षिक साधारणसभाले भट्टलाई नयाँ अध्यक्षमा चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कमल पौडेल र इन्द्र गिरी तथा सचिवमा राजेन्द्र श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन्।
त्यसैगरी,सदस्यहरूमा कृष्ण भट्ट,सन्तोष मण्डल,अन्जनी फुंयाल,प्रभु न्यौपाने,नाडिया विलियम्स,प्रकाश ढुंगाना, अनिल न्यौपाने,मोसाद अन्जिज,वीपी खनाल,वसन्त नेपाल,विकास नेपाल,क्याम्पबेल मिचेल र दीपक श्रेष्ठ चयन भएका छन्।

बेलायतका सफल पर्यटन व्यवसायी भट्टले अध्यक्षको जिम्मेवारी सम्हाल्दै बेलायतबाट नेपालमा लगानी भित्र्याउन पहल गर्ने,ट्राभल तथा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने,दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने तथा विभिन्न ट्रेड डेलिगेशनमार्फत व्यापार र लगानीका सम्भाव्यता पहिचान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ