समाचार
|विपद् प्रभावित समुदायको सहयोगका लागि NAIMA द्वारा रु. ५० लाख प्रदान|नेपाल मुक्तक प्रतिष्ठान यूकेको अध्यक्षमा प्रतिमा केसी ‘प्रवासी’ सर्वसम्मत चयन|“ नेपालका बाढीपीडित दिवंगतप्रति कोभेन्ट्री नेपाली समाज र विश्व नेपाली साहित्य महासंघको भावपूर्ण श्रद्धाञ्जलि”|बेलायतमा साहित्य गोष्ठी,तीन पुस्तक विमोचन तथा अधिवेशन सम्पन्न|डा.रीता गुरुङको विशेष उपस्थितिमा घान्द्रुक काम्चे कोने खलक युकेको वार्षिक भेटघाट सम्पन्न|बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतको अल्डरसटमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन|गोर्खा नेपाली कम्युनिटि डार्बि,बेलायतले प्रधानमन्त्री राहत कोषमा १५ लाख रुपैयाँ सहयोग ।|बाढीपहिरो पीडितप्रति ऐक्यबद्धता जनाउन लन्डनमा ‘च्यारिटी सोलिड्यारिटी वाक’|चार भञ्ज्याङ तमु समाज यूकेद्वारा भोटेकोशि बाढीपीडित राहतका लागि नेपाल सरकारलाई १५ लाख रुपैयाँ सहयोग।|भीषण बाढीबाट जीवन गुमाएकाहरुको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा

यूकेमा अध्ययनरत विद्यार्थीका वास्तविक समस्या बुझ्न र दीर्घकालीन समाधानका लागि दुताबासको एकदिने कार्यक्रम

  शीतलपाटीन्युज डटकम | १७ माघ २०८२, शनिबार ०८:४२

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायती विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै जांदा समस्या समेत बढेका छन्। जनसङ्ख्या थोरै भए पनि नेपाल बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौँ ठूलो देश बनेको छ । पछिल्ला पाँच वर्षमा ६० हजारभन्दा बढी विद्यार्थीले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’(एनओसी) लिएका छन् भने सन् २०२५ मा मात्रै करिब २० हजार विद्यार्थीले एनओसी लिएका छन्।

Screenshot

लन्डनस्थित नेपाली दूतावासले बिहीबार गरेको‘बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीका सरोकार’विषयक एकदिने सम्मेलनमा कयौं समस्या उजागर गरिए ।

Screenshot

नेपाली राजदूतावासले ब्रिटेन नेपाल सोसाइटी (बीएनएस) को सहकार्यमा पहिलो पटक एकदिने सम्मेलन गरेको हो। उक्त सम्मेलनमा बेलायती विश्वविद्यालय र कलेजमा अध्ययनरत विद्यार्थी,गृह मन्त्रालय,शिक्षा विभाग,ब्रिटेन–नेपाल चेम्बर अफ कमर्स,एनआरएनए यूके,पूर्वविद्यार्थीहरु,प्राध्यापक,शैक्षिक परामर्शदाता एवं सञ्चारकर्मी गरी ६० बढी प्रतिनिधि सहभागी थिए।

Screenshot

काठमाडौँस्थित शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र बेलायती दूतावासका अधिकारीहरू पनि भर्चुअल रूपमा जोडिएका थिए ।

कार्यक्रमको उद्देश्य बेलायतका विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत नेपाली विद्यार्थीले भोगिरहेका चुनौतीहरू पहिचान, पहिचान गरीएको चुनौती समाधानका सम्भावित उपायको खोजी तथा आगामी दिनमा गर्न पर्ने सम्भावनालाई समाधान गर्न सकिने कार्ययोजना तयार गर्नु रहेको दूतावासको भनाइ छ।

Screenshot

यस्ता अन्तरक्रियाले यूकेमा अध्ययनरत विद्यार्थीका वास्तविक समस्या बुझ्न र दीर्घकालीन समाधानतर्फ अघि बढ्न सहयोग पुग्ने विश्वास आयोजकको छ।

Screenshot

यसै सन्दर्भमा नेपाली राजदुताबासले भए गरेका प्रगति बारे एउटा प्रेष बिज्ञप्ति-

Screenshot
Screenshot
Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ