समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

यूकेमा अध्ययनरत विद्यार्थीका वास्तविक समस्या बुझ्न र दीर्घकालीन समाधानका लागि दुताबासको एकदिने कार्यक्रम

  शीतलपाटीन्युज डटकम | १७ माघ २०८२, शनिबार ०८:४२

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायती विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै जांदा समस्या समेत बढेका छन्। जनसङ्ख्या थोरै भए पनि नेपाल बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौँ ठूलो देश बनेको छ । पछिल्ला पाँच वर्षमा ६० हजारभन्दा बढी विद्यार्थीले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’(एनओसी) लिएका छन् भने सन् २०२५ मा मात्रै करिब २० हजार विद्यार्थीले एनओसी लिएका छन्।

Screenshot

लन्डनस्थित नेपाली दूतावासले बिहीबार गरेको‘बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीका सरोकार’विषयक एकदिने सम्मेलनमा कयौं समस्या उजागर गरिए ।

Screenshot

नेपाली राजदूतावासले ब्रिटेन नेपाल सोसाइटी (बीएनएस) को सहकार्यमा पहिलो पटक एकदिने सम्मेलन गरेको हो। उक्त सम्मेलनमा बेलायती विश्वविद्यालय र कलेजमा अध्ययनरत विद्यार्थी,गृह मन्त्रालय,शिक्षा विभाग,ब्रिटेन–नेपाल चेम्बर अफ कमर्स,एनआरएनए यूके,पूर्वविद्यार्थीहरु,प्राध्यापक,शैक्षिक परामर्शदाता एवं सञ्चारकर्मी गरी ६० बढी प्रतिनिधि सहभागी थिए।

Screenshot

काठमाडौँस्थित शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र बेलायती दूतावासका अधिकारीहरू पनि भर्चुअल रूपमा जोडिएका थिए ।

कार्यक्रमको उद्देश्य बेलायतका विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत नेपाली विद्यार्थीले भोगिरहेका चुनौतीहरू पहिचान, पहिचान गरीएको चुनौती समाधानका सम्भावित उपायको खोजी तथा आगामी दिनमा गर्न पर्ने सम्भावनालाई समाधान गर्न सकिने कार्ययोजना तयार गर्नु रहेको दूतावासको भनाइ छ।

Screenshot

यस्ता अन्तरक्रियाले यूकेमा अध्ययनरत विद्यार्थीका वास्तविक समस्या बुझ्न र दीर्घकालीन समाधानतर्फ अघि बढ्न सहयोग पुग्ने विश्वास आयोजकको छ।

Screenshot

यसै सन्दर्भमा नेपाली राजदुताबासले भए गरेका प्रगति बारे एउटा प्रेष बिज्ञप्ति-

Screenshot
Screenshot
Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ