समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

२५औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताामा १२ टोली सहभागी हुने

  शीतलपाटीन्युज डटकम | १८ माघ २०८२, आईतवार १८:४४

शीतलपाटीन्युज डटकम।
१८ माघ,पोखरा। सहारा क्लब पोखराको आयोजनामा माघ २७ देखि फागुन ९ गतेसम्म हुने २५औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताामा १२ टोली सहभागी हुने भएका छन् ।

प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब,नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब,मछिन्द्र फुटबल क्लब,चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब,प्लानिङ ब्वाइज युनाइटेड,सहारा क्लब पोखरा तथा भारतको थन्डरबोल्ट नर्थ युनाइटेड,हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब,उज्बेकिस्तानको आभा फुटबल क्लब र भारतको अर्को एक क्लब सहभागी हुने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

‘खेलकुदको विकासमा सहकार्य गरौं,पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगितामा यसपटक पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ।

विजेता टोलीले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसअघि २४औं संस्करणमा विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाएका थिए।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद,अखिल नेपाल फुटबल संघ,प्रदेश खेलकुद परिषद गण्डकी,एन्फा कास्की लगायतका निकायको सहयोग छ।

पोखरा पर्यटन वर्ष २०२५–२६ लाई प्रवर्द्धन गर्ने उद्देश्यले यसपटक अस्थायी फ्लडलाइट जडान गरी संध्याकालीन खेलहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।
(सरोकार दैनिकबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ