समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

साहारा युकेद्वारा श्री हैबुड्ग महादेवस्थान मा बि मेलम्चीलाई ३ लाखको अक्षयकोष चेक हस्तान्तरण

  शीतलपाटीन्युज डटकम | २५ माघ २०८२, आईतवार ०६:५१

शीतलपाटीन्युज डटकम।
हैबुड्ग,बडा नम्बर ३ मेलम्ची,सिन्धुपाल्चोक। शिक्षा, स्वास्थ्य,खेलकुद र बिभीन्न सामाजीक काममा मानविय सेवा गर्दै आएको साहारा युकेले हिजो २४ माघ २०८२ मा श्री हैबुड्ग महादेवस्थान मा बि मेलम्ची,सिन्धुपालचोकलाई ३ लाखको अक्षयकोष चेक हस्तान्तरण गरेको समाचार छ।

साहारा युकेका अध्यक्ष सारदा गुरुड्ग,पुर्व अध्यक्षज्युहरु मीन गुरुड्ग,रि ले कुसाड्ग गुरुड्ग,पुर्व एफसी चेयरमेन हरि श्रेष्ठ एवम साहारा युकेका सदस्यज्युहरु पुर्व डिएसपी बाचस्पति रेग्मी, मेजर सुर्य गुरुड्ग समेतको एक टोलीले स्कुल प्राड्गणमा उपस्थिती भै सो सो चेक हस्तान्तरण गरेको हो।

बिध्यालय ब्यवस्थापन समितीका सभापति स्याम लामाको अध्यक्षतामा भएको उक्त अक्षयकोष चेक हस्तान्तरण कार्यक्रममा मेलम्ची गाबिस बडा नं ३ का वडाध्यक्ष प्रमुख अतिथी कुमार बन्जारा,स्कुलका प्रधानाध्यापक राज कुमार लामीछाने एवम बिध्यालय ब्यवस्थापन समितीका सदस्सहरु सिर्जना तामाड्ग, पेम्बा लामा समेतको उपस्थिती थियो।

शिक्षिका लक्ष्मी रोकायाले संचालन गर्नु भएको सो कार्यक्रम श्री हैबुड्ग महादेवस्थान माध्यमिक बिध्यालय सिन्धुपाल्चोक पुगी महाभुकम्प २०७४ मा भएको क्षतिमा बिध्यालयमा ५ कोठे भवन निर्माण गरी हस्तान्तरण गरेको संझना गर्दै ३ लाख अक्षयकोषका नगद र चेक हस्तान्तरण गरीएको थियो।

साहारा युकेका अध्यक्ष सारदा गुरुड्गले भुकम्पको मारमा परेको स्कुललाई भवन बनाएर सहयोग गर्न पाउदा र अक्षयकोषले भबिष्यमा बिध्यालय र बिध्यार्थीलाई सेवा पुग्ने भावना ब्यक्त गर्नु भएको थियो। साथै बिध्यालय संचालक समितीका अध्यक्ष स्याम लामाले बिकट ठाउमा आएर पनि सहयोग पुर्याएकोमा साहारा युके र अध्यक्ष लगायत सबै पदाधिकारीहरुलाई धन्यबाद दिनु भएको थियो।

उक्त अवसरमा हैवुङ महादेवस्थान माध्यमिक विद्यालयले सहारा युकेका अध्यक्ष शारदा गुरुङ,पूर्व अध्यक्षद्वय मिनबहादुर गुरुङ र ले.रि.कुशाङ गुरुङलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान समेत गरेको समाचार छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ