समाचार
|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण|आइतबार अल्डरशटमा ”छ माया छपक्कै २” को विशेष प्रिमियर|७१औँ प्रहरी दिवसमा डीआईजी भुपेन्द्र खत्रीलाई पुलिस ब्याटन र एसपी अंगुर जिसीलाई पूर्ण शान्ति पुरष्कार|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी

२५ औ आहा रारा पोखरा गोल्डकप शुरु, पहिलो खेलमा सहारा क्लब बिजयी

  शीतलपाटीन्युज डटकम | २८ माघ २०८२, बुधबार ०२:१८

शीतलपाटीन्युज डटकम।
पोखरा। २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता नेपाल प्रहरीको बैण्डको राष्ट्रियगान समेतको प्रस्तुतिमा मंगलबार पोखरा रंगशालामा सुरु भएको छ। प्रमुख अतिथी पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उदघाटन गर्नु भयको थियो। पोखरामा पहिलो पटक फ्लडलाइटमा आयोजना गरिएको सो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा विजयी भएको छ।


उदघाटन खेलमा पाहुना टोली गोर्खा इन्टरनेशनल हङकङलाई सहारा क्लवले १–० गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश हो । सहाराको यो जितमा प्रसन्न श्रेष्ठले खेलको अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए। सो गोलसँगै प्रसन्न श्रेष्ठ ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए। अब सहारा क्लबले शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।


२५ औ आहा रारा पोखरा गोल्डकप प्रतियोगिताको उद्घाटन समारोहको शुरूमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी प्रिती राईलाई वर्ष उत्कृष्ट खेलाडी सम्मानबाट सम्मान गरिएको थियो। सो सम्मान पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पुरस्कारका प्रायोजक समाजसेवी खेमबहादुर गुरुङले संयुक्त रूपमा प्रदान गरेका थिए। उनलाई ३५ हजार नगद,सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।

सो सम्मान कार्यक्रमका अवसरमा सम्बोधन गर्दै मेयर आचार्यले पोखरालाई खेलकुदको हबका रूपमा विकास गर्न र पर्यटकिय शहर बनाउन महानगर लागि रहेको बताए। मेयरले भगिनी सम्बन्ध रहेका विभिन्न देशका शहरहरूसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गर्दै खेललाई प्रमोट गर्न पोखरा महानगरले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।

कार्यक्रममा हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्डकपले रजत जयन्ती मनाउनु सबैका लागि गर्वको विषय भएको बताउदै गोल्डकप तथा एकेडेमी सञ्चालनमा आफ्नो निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।


उक्त अवसरमा २५सौ आहा रारा पोखरा गोल्डकप आयोजक सहारा क्लबले विभिन्न रूपमा सहयोग पुर्‍याउने २५ जना व्यक्ति तथा संघ–संस्थालाई विशेष सम्मानसमेत गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ