समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

गोरखाको गणेश आधारभूत विद्यालयमा साहारा युकेको ३ लाखको अर्को अक्षयकोष

  शीतलपाटीन्युज डटकम | ४ फाल्गुन २०८२, सोमबार ०७:१६

शीतलपाटीन्युज डटकम।
पोखरा। २०७२ सालको विनाशकारी भूकम्पले विद्यालयको भवन पूर्ण रूपमा भत्किएपछि सहारा युकेकै आर्थिक सहयोगमा विद्यालयको पक्की भवन पुनर्निर्माण गरिएको थियो। सहयोग गर्न सधै अगाडी रहेको परोपकारी संस्था सहारा क्लब युकेले गोरखाको गणेश आधारभूत विद्यालयमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी सहयोगको अर्को कोशेढुड्गा पार गरेको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने अवस्थाका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कोष खडा गरिएको साहारा युकेका अध्यक्ष सारदा गुरुड्गले बताउनु भएको छ।

आइतबार पोखरामा विशेष र्काक्रम आयोजना गरी साहारा युके अध्यक्ष गुरुङले विद्यालयका प्रधानाध्यापक विमला धमलालाई ३ लाख रुपैयाँ हस्तान्तरण गर्नु भएको छ।

रकम हस्तान्तरण गर्दै साहारा युकेका पूर्व अध्यक्ष मीनबहादुर गुरुङका अनुसार कोषबाट प्राप्त हुने ब्याज रकम विद्यार्थीको शैक्षिक सामग्री तथा विद्यालय पोसाक खरिदमा खर्च गरिनेछ। ‘रकम ठूलो नहोला,तर यसबाट आउने ब्याजले बर्सेनि गरिब विद्यार्थीले कापीकलम पाउँदा उनीहरूमा पढ्ने हौसला मिल्नेछ,’उहाले भन्नु भएको छ।अक्षयकोषमा जम्मा भएको रकमको ब्याजबाट जेहेनदार तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरि सहयोग गरीने छ।

विद्यालयसँगको सम्बन्धलाई निरन्तरता दिँदै थप सहयोगस्वरुप अक्षयकोष स्थापना गरिएको क्लब अध्यक्ष शारदा गुरुङले प्रस्ट पारे। ‘भूकम्पपछि भवन बनायौँ, अब विद्यार्थीको भविष्य राम्रो बनाउन यो सानो सहयोग कोसेढुङ्गा सावित हुने विश्वास लिएका छौँ,’ उनी भन्छन्, ‘हाम्रो सम्बन्धलाई दीर्घकालसम्म टिकाइराख्न अक्षयकोषको अवधारणा ल्याएका हौं ।’

कार्यक्रममा समाजसेवी तथा शिक्षासेवी खुनप्रसाद रेग्मीले सहारा युके र सहारा क्लब पोखराको सहयोगले विद्यालय पुनर्निर्माण सम्भव भएको भन्दै धन्यवाद दिए । ‘भूकम्पले भवन ढालेपछि हामी अलमलमा थियौं । स्कुल फेरि बन्छ र विद्यार्थीले पढ्न पाउँछन् भन्ने लागेकै थिएन,सहारा युकेले विद्यालय बनाई दियो। हाम्रा बालबच्चाप्रति क्लबको गुण अविष्मरणीय छ।

कार्यक्रममा सहारा युकेका संस्थापक महेश गुरुङ,सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापा,विद्यालयका पूर्व प्रधानाध्यापक गुनबहादुर थापा,श्रीमती संतोषी गुरुड्ग, हारा युके उपाध्यक्ष पीताम्बर गुरुङ,आदर्श समाज संबाददाता, प्रकास ढकाल, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी लगायतको उपस्थिति थियो। उनीहरु सबैजनाले विद्यालयले यो कोषको सदुपयोग गरी विद्यार्थीको भविष्य उज्ज्वल बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

शिक्षा,स्वास्थ्य,खेलकुद र आर्थिक सहयोग गर्न अग्रपंक्तिमा रहेको सामाजीक संस्था सहारा युकले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको सरस्वती आधारभूत स्कुल सिदिड्गमा मनिलालमार्ग हुदै पुगी गरिब तथा जेहेनदार विद्यार्थीका लागि ३ लाखको अक्षयकोष स्थापना गरेको छ। त्यस्तै गरी सिन्धुपालचोकको मेलम्ची पालिका बडा नं ३ स्थित श्री हैबुड्ग महादेवस्थान माध्यमिक बिध्यालय मेलम्चीलाई ३ लाखको अक्षयकोष चेक हस्तान्तरण गरेर ठुलो सामाजीक काम गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ