समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

शिव मन्दिर अल्डरसटमा महाशिवरात्री पर्व धुमधामका साथ मनाईयो

  शीतलपाटीन्युज डटकम | ६ फाल्गुन २०८२, बुधबार ०६:३९

शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। शिव मन्दिर अल्डरसटमा फेब्रुअरी १५ को दिनमा महाशिवरात्रिपर्व सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। सदाझैँ यसवर्षपनि शिव मन्दिरमा पूजा-आराधना र भजनकीर्तनको साथमा चारवटै प्रहरको शिवपूजा र आराधनाको साथमा १५ तारिख बिहान ७ बजे देखि भोलिपल्ट ७ बजे सम्म चौबीसै घण्टा मन्दिरमा पूजा आराधना भजन भएको थियो। यस वर्ष २००० भक्तजनहरुले दर्शन गर्नुभएको अनुमान गरिएको छ।


शिवरात्रिको पूर्वसन्ध्यामा शिव मन्दिरका कार्यसमितिका साथीहरु र सम्पूर्ण भोलेन्टियर टिमको सहयोगमा मन्दिरमा शिवरात्रिकै लागि भौतिक संरचनामा सुधार गर्दै शिवरात्रिलाई भव्य बनाउन मन्दिरका अध्यक्ष हरिभट्टराईको संयोजकत्वमा विशेष पहल भएको थियो।

मन्दिरको दर्शनको लागि अल्डरसट,फानबोरो,क्याम्बर्ली, गिलफोड,ब्र्याकनेल,लण्डन,आस्फोड लगायत युकेको धेरै शहरहरुबाट भक्तजनहरुको सहभागिता रहेको थियो । मन्दिर व्यवस्थापन समितिले भक्तजनहरुको सहजताको लागि दिनभरि नै प्रसाद वितरण गरेको थियो भने करिब १००० भक्तजनले प्रसाद ग्रहण गर्नुभएको प्रसाद व्यवस्थापनमा खटिनुभएको पाकशाला संयोजक विमला भट्टराईले बताउनुभयो। दिनभरिको मन्त्रको गुन्जन, संगीतमय भजन कीर्तन र निरन्तरको प्रसाद वितरणले मन्दिरको वातावरणलाई भक्तिमय र आनन्दित बनाएको हरेक भक्तहरुले बताउनुभयो। विगतका वर्षहरुभन्दा यसवर्ष धेरै भीड भएको र भक्तजनको सदाशयता र सहयोगले विशेष रमाइलो भएको उपाध्यक्ष तथा शिवरात्रि कार्यक्रम संचालक सुष्मा गुरुंगले जानकारी गराउनुभयो।


मन्दिरमा बिहान ८ बजे बेलुका ५ बजे राति १२ बजे र बिहान ४ बजे अभिषेकको साथमा विशेष अर्चना र आरती भएको र दिनभरिनै गुरुहरुद्वारा रुद्राभिषेक भएको र भक्तहरुको इच्छा अनुसार पूजा भएको मन्दिरका आचार्य गुरु मधुसूदन सत्यालले बताउनुभयो। शिवतत्वको चर्चाको साथमा भएको रुद्राभिषेकमा भक्तजनहरुको विशेष उपस्थिति रहेको थियो।

समाजमा यस्ता धार्मिक र सांस्कृतिक कार्यक्रमले समाजमा धार्मिक जागरण र आध्यात्मिक उन्नयन हुने विश्वास शिव मन्दिर परिवारले गरेको छ। कार्यक्रममा विशेषगरी अध्यक्ष हरि भट्टराई,उपाध्यक्ष सुष्मा गुरुंग, महासचिव निरज शर्मा,सहसचिव निरज तिवारी र कोषाध्यक्ष किशोर गुरुंगको साथमा कल्चरल सेक्रेटरी द्वय रुपेश काफ्ले तथा प्रणव थोटम युबराज खत्री,सुनील तिमिलसेना,अनिता गुरूंग,भजन संयोजक बिष्णु थापा,पुर्व अध्यक्ष रोहित गुरूंग,निबर्तमान अध्यक्ष बिक्रम भट्टराराई तथा सम्पूर्ण पदाधिकारीहरु,ट्रष्टीहरु र प्याट्रोन काउन्सिलका सदस्यहरुसंगै विविध संघ-संस्थाहरु हरुको विशेष प्रतिनिधिहरुको सहयोग र आपसी सामन्जस्यताले कार्यक्रमलाई साँचो अर्थमा सफल गराएको सबैलाई प्रत्याभूति गराएको छ भने आगामी दिनमा यस्ता कार्यक्रमले समाजमा धर्मसंस्कार संस्कृतिको जगेर्ना गर्ने र आध्यात्मिक जागरण पनि गराउने कुरामा शिव मन्दिर परिवार विश्वस्त रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ