समाचार
|नेपालको हिमालदेखि न्यूयोर्कको महासभासम्म|पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ|सांसद विदुषी राणा बेलायतमा,नेपाललाई सघाउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान|नेपालका विपद् पीडितका लागि बेलायतबाट २,२४३ पाउन्ड राहत सहयोग हस्तान्तरण|नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन २७ सेप्टेम्बर आइतबार अल्डरसटमा हुने|पहाडी जिल्ला डोल्पा विमानस्थलमा सीता एयरको जहाज दुर्घटना|पोखरा आएको फ्लाइ दुबईको जहाजको ककपिटमा नेपाली पाईलट सर्बजीत यादब|पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान आज सम्पन्न|पाल्पाली ताराप्रसाद पोखरेललाई विद्यावारिधि|इंगल्याण्डमा घरधनी र भाडाका घर दर्ता अनिवार्य गरिँदै: नियम उल्लंघन गरे ४० हजार पाउण्डसम्म जरिवाना

एनआरएनए युरोप उपसंयोजक पदका लागि तिलक भट्टराईको उम्मेदवारी घोषणा

  शीतलपाटीन्युज डटकम | १७ फाल्गुन २०८२, आईतवार १६:०९

शीतलपाटीन्युज डटकम।
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत युरोप क्षेत्रीय उपसंयोजक पदका लागि बेलायत निवासी तिलक भट्टराईले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि प्रवासमा रहेर नेपाली समुदायको हितमा सक्रिय भूमिका निर्वाह गर्दै आएका भट्टराईले आगामी कार्यकालका लागि आफ्नो स्पष्ट कार्ययोजना सहित उम्मेदवारी सार्वजनिक गरेका हुन्।

चितवनको भरतपुर निवासी भट्टराई विगत दुई दशकदेखि बेलायतमा बसोबास गर्दै आएका छन्। प्रवास जीवनको सुरुवातदेखि नै उनी विभिन्न सामाजिक,सांस्कृतिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। विशेषगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेमा उनले कार्यसमिति सदस्य तथा सचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्। आफ्नो कार्यकालमा संगठन सुदृढीकरण,सदस्यता विस्तार,समुदायबीच सहकार्य अभिवृद्धि तथा विभिन्न सामाजिक अभियानहरू सञ्चालनमा उनले महत्वपूर्ण योगदान दिएका थिए।

भट्टराईले एनआरएनए युके बाहेक बेलायतस्थित अन्य विभिन्न नेपाली सामाजिक संघ–संस्थाहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। प्रवासी नेपालीहरूको हकहित संरक्षण, आपतकालीन सहयोग समन्वय,युवा पुस्ताको सहभागिता वृद्धि तथा नेपालसँगको भावनात्मक र संस्थागत सम्बन्ध सुदृढ बनाउन उनले निरन्तर पहल गर्दै आएका छन्।

पेशागत रूपमा सफल प्रोपर्टी व्यवसायी रहेका भट्टराईले आफ्नो व्यवस्थापन अनुभव र नेतृत्व क्षमतालाई संस्थागत विकासमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै उनले युरोपभर रहेका नेपाली समुदायबीच एकता,पारदर्शिता,उत्तरदायित्व र समावेशितामा आधारित नेतृत्वको आवश्यकता औंल्याए। उनले एनआरएनएलाई अझ प्रभावकारी,सदस्य–मैत्री र परिणाममुखी संगठनका रूपमा अगाडि बढाउने आफ्नो लक्ष्य रहेको बताए।

“युरोप क्षेत्रका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूसँग सहकार्य गर्दै साझा मुद्दामा सशक्त आवाज उठाउनेछु,”भट्टराईले भने,“प्रवासमा रहेका नेपालीहरूको अधिकार,सम्मान र मातृभूमि प्रतिको दायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने मेरो अठोट छ।”

एनआरएनए युरोप उपसंयोजक पदका उम्मेदवार भट्टराईले आफ्नो लामो सामाजिक अनुभव,संगठनात्मक दक्षता र समुदायप्रतिको समर्पणका आधारमा सम्पूर्ण प्रवासी नेपालीहरूको साथ र समर्थनको अपेक्षा गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ