समाचार
|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण|आइतबार अल्डरशटमा ”छ माया छपक्कै २” को विशेष प्रिमियर|७१औँ प्रहरी दिवसमा डीआईजी भुपेन्द्र खत्रीलाई पुलिस ब्याटन र एसपी अंगुर जिसीलाई पूर्ण शान्ति पुरष्कार

एनआरएनए युरोप उपसंयोजक पदका लागि तिलक भट्टराईको उम्मेदवारी घोषणा

  शीतलपाटीन्युज डटकम | १७ फाल्गुन २०८२, आईतवार १६:०९

शीतलपाटीन्युज डटकम।
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत युरोप क्षेत्रीय उपसंयोजक पदका लागि बेलायत निवासी तिलक भट्टराईले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि प्रवासमा रहेर नेपाली समुदायको हितमा सक्रिय भूमिका निर्वाह गर्दै आएका भट्टराईले आगामी कार्यकालका लागि आफ्नो स्पष्ट कार्ययोजना सहित उम्मेदवारी सार्वजनिक गरेका हुन्।

चितवनको भरतपुर निवासी भट्टराई विगत दुई दशकदेखि बेलायतमा बसोबास गर्दै आएका छन्। प्रवास जीवनको सुरुवातदेखि नै उनी विभिन्न सामाजिक,सांस्कृतिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। विशेषगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेमा उनले कार्यसमिति सदस्य तथा सचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्। आफ्नो कार्यकालमा संगठन सुदृढीकरण,सदस्यता विस्तार,समुदायबीच सहकार्य अभिवृद्धि तथा विभिन्न सामाजिक अभियानहरू सञ्चालनमा उनले महत्वपूर्ण योगदान दिएका थिए।

भट्टराईले एनआरएनए युके बाहेक बेलायतस्थित अन्य विभिन्न नेपाली सामाजिक संघ–संस्थाहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। प्रवासी नेपालीहरूको हकहित संरक्षण, आपतकालीन सहयोग समन्वय,युवा पुस्ताको सहभागिता वृद्धि तथा नेपालसँगको भावनात्मक र संस्थागत सम्बन्ध सुदृढ बनाउन उनले निरन्तर पहल गर्दै आएका छन्।

पेशागत रूपमा सफल प्रोपर्टी व्यवसायी रहेका भट्टराईले आफ्नो व्यवस्थापन अनुभव र नेतृत्व क्षमतालाई संस्थागत विकासमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै उनले युरोपभर रहेका नेपाली समुदायबीच एकता,पारदर्शिता,उत्तरदायित्व र समावेशितामा आधारित नेतृत्वको आवश्यकता औंल्याए। उनले एनआरएनएलाई अझ प्रभावकारी,सदस्य–मैत्री र परिणाममुखी संगठनका रूपमा अगाडि बढाउने आफ्नो लक्ष्य रहेको बताए।

“युरोप क्षेत्रका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूसँग सहकार्य गर्दै साझा मुद्दामा सशक्त आवाज उठाउनेछु,”भट्टराईले भने,“प्रवासमा रहेका नेपालीहरूको अधिकार,सम्मान र मातृभूमि प्रतिको दायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने मेरो अठोट छ।”

एनआरएनए युरोप उपसंयोजक पदका उम्मेदवार भट्टराईले आफ्नो लामो सामाजिक अनुभव,संगठनात्मक दक्षता र समुदायप्रतिको समर्पणका आधारमा सम्पूर्ण प्रवासी नेपालीहरूको साथ र समर्थनको अपेक्षा गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ