समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

बिसिसी यूके आमा प्रमुखमा अध्यक्ष शादरा गुरुङ निर्वाचित

  शीतलपाटीन्युज डटकम | १८ फाल्गुन २०८२, सोमबार १७:५०

शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर यूके (बिसिसी यूके) आमा समूहको २०२६ मार्च १ मा भएको अधिवेशनबाट शारदा गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचीत हुनु भएको छ।

यस्तैगरी उपाध्यक्षमा तुलसी घले र दुर्गालक्ष्मी गुरुङ,सचिव पबित्रा गुरुङ,सह-सचिवमा सुन्दरी तामाङ,कोषाध्यक्ष उषा गुरुङ, सह-कोषाध्यक्षमा टुक कुमारी गुरुङ निर्विरोध निर्वाचित भएका छन्।

यस्तैगरी प्रोपर्टी मेम्बरमा प्रेमा गुरुङ,सहायक प्रोपर्टी मेम्बरमा पूर्णकुमारी गुरुङ,मिडिया मेम्बरमा धनु डिङडुङ,फुड मेम्बरमा मिना गुरुङ निर्वाचित भएका छन्। बिसिसी यूके आमा समूह ४१ जना सदस्य निर्वाचित भएका छन्।

बिसिसी यूकेको अध्यक्ष आङदावा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रम महासचिव मेजर कुमार गरुङ एमभिओले सञ्चालन गरेका थिए।

अधिवेशनको कार्यक्रमपछि भएको निर्वाचन प्रक्रियाको सञ्चालन बिसिसी यूकेका प्रमुख सल्लाहकार तथा निर्वाचन समितिका संयोजक मेजर खुसीमान गुरुङले गरेका थिए। निर्वाचन समितिमा सदस्यहरु संस्थापक अध्यक्ष ज्ञानुमाया गुरुङ र पूर्व अध्यक्ष उर्मिला गुरुङ थिए ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ