समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

एनआरएनए निर्वाचनः मतदाता नामावली प्रकाशित,४ हजारभन्दा बढी प्रतिनिधि समावेश

  शीतलपाटीन्युज डटकम | १९ फाल्गुन २०८२, मंगलवार १७:०९

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनका लागि मतदाता नामावली प्रकाशित गरिएको छ।

निर्वाचन समितिका सदस्य चिरञ्जीवी ढकालका अनुसार सोमबार बसेको निर्वाचन समितिको बैठकले पहिलो चरणको मतदाता नामावली सार्वजनिक गरेको हो। समितिले यसअघि प्रकाशित निर्वाचन तालिकामा सामान्य हेरफेरसमेत गरेको जनाएको छ।

यसअघि अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले सोमबार बिहान निर्वाचन समितिलाई मतदाता नामावली हस्तान्तरण गरेका थिए।

संघको स्टेरिङ कमिटीले अध्यक्षद्वयलाई विभिन्न एनसीसी (राष्ट्रिय समन्वय समिति) मा देखिएका विवाद अन्त्य गर्दै प्रतिनिधिसम्बन्धी समस्या समाधान गर्न अधिकार प्रदान गरेको थियो। विभिन्न चरणमा भएको छलफलपछि अध्यक्ष महेश कुमार श्रेष्ठले मतदाता नामावली निर्वाचन समितिमा पठाएका हुन्।

निर्वाचन समितिका अनुसार पहिलो चरणमा ४ हजारभन्दा बढी प्रतिनिधिको नामावली प्रकाशन गरिएको छ।

बैठक निर्वाचन आयुक्त तथा पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा बसेको थियो।

एनआरएनएको १२औँ महाधिवेशन १४ देखि १६ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ