समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघको महिला उपाध्यक्षमा टिका गुरुङ निर्विरोध निर्वाचित

  शीतलपाटीन्युज डटकम | २८ फाल्गुन २०८२, बिहीबार १४:३४

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। गैरआवासीय नेपाली संघको महिला उपाध्यक्षमा टिका गुरुङ निर्विरोध निर्वाचित भएकी छन्। एनआरएनएको १२औँ महाधिवेशन यही मार्च १४-१६ मा काठमाडौँको होटल सोल्टीमा हुँदैछ।

प्रधानमन्त्री सुशीला कार्कीले समुद्‌घाटन गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय एकता महाधिवेशनमा बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको थियो। महिला उपाध्यक्ष उम्मेदवार गुरुङको एक्लो उम्मेदवारी परेको हो। गुरुङले यसअघि एनआरएनएको महिला सचिवको जिम्मेवारी पूरा गरिसकेकी छन्। १०औँ र ११ औँ महाधिवेशनबाट दुई कार्यकाल गुरुङले महिला सचिवको जिम्मेवारी पूरा गरेकी हुन्।

१२औँ महाधिवेशनमा भने एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छिन्। हाल काठमाडौँमै रहेकी गुरुङले निर्वाचनमा उमेदवार भयर निर्बिरोध भयपछि आफ्नो धारणा राख्दै ‘यसअघि महिला सचिव रहँदा मैले महिलाको हक, अधिकार र सशक्तीकरणका लागि गरेको योगदानको कदर भएको महसुस गरेको छु। यो कदरले मलाई थप जिम्मेवारीबोध गराएको छ।’

जिम्मेवारी थपिएसँगै अब अझ खटिएर महिला हक-हित र सशक्तीकरणका लागि काम गर्ने उनले बताइन्। वैदेशिक रोजगारीमा भएका महिला,उनीहरूको सुरक्षित रोजगार,रोजगारीबाट फर्केर आएपछि रिटर्नी सिपको सदुपयोग जस्ता कार्यमा लागिपर्ने गुरुङ बताउँछिन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ