समाचार
|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न|लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा स्थापना|नागरिकताको फरक मागले प्रक्रिया जटिल बन्यो : मनिष झा|बेलायतमा ११७ औं महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो|नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न इयुसंग पहल भैरहेको छ: मंत्री पौडेल|लन्डनमा “नर्थहोल्ट १०K रन” भव्य रूपमा सम्पन्न|एनआरएन नागरिकता सम्बन्धी कानून तीन महिना भित्रै बन्ने : सांसद झा|नेपाली साहित्य विकास परिषद् युकेको १५औँ कार्यकारिणी समिति चयन|नेकपा एमालेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हुदै, अध्यक्षमा प्रभु थापा निश्चित|बेलायतको फ्रिम्लीमा नेपालीद्वारा सञ्चालित ड्राइ क्लिनिङ तथा लन्ड्री व्यवसाय,नेपाली समुदायलाई विशेष छुट

अध्ययनका लागि क्व्होलासोँथर पुगेर फर्केको तमु प्ये ल्हु संघ यूकेको टोलीलाई पोखरामा भब्य स्वागत

  शीतलपाटीन्युज डटकम | १२ बैशाख २०८३, शनिबार ०८:१७

शीतलपाटीन्युज डटकम।
पोखरा। क्होला सोँप्रे ट्हो (क्व्होलासोँथर) पुगेर फर्केको तमु प्ये ल्हु संघ, यूकेको टोलीलाई तमु प्ये ल्हु संघ केन्द्रीय समितिको भब्य स्वागत गरेको छ। आइतबार तमु प्ये ल्हु संघको केन्द्रीय कार्यालयबाट अध्ययन अवलोकनका लागि क्व्होलासोंथर गएको टोली शुक्रबार ६ दिनपछि पोखरा फर्केको हो। शुक्रबार साँझ तमु प्ये ल्हु संघको केन्द्रीय समितिले एक कार्यक्रम आयोजना गरी यूकेको टोलीलाई भब्य स्वागत गरेको हो। कार्यक्रममा केन्द्रीय आमा समिति,गोर्खा जिल्ला समिति लगायत इकाई र जिल्ला समितिहरुले माला,क्रेगी र फूलको गुच्छा दिएर स्वागत गरेका थिए।


उक्त स्वीगत कार्यक्रमको सञ्चालन तमु प्ये ल्हु संघ,केन्द्रीय समिति नेपालका महासचिव हिमाल गुरुङले सञ्चालन गरेका थिए भने
सम्मानपछिको कार्यक्रम सञ्चालन तमु प्ये ल्हु संघ,यूकेका सचिव भेगलाल गुरुङले सञ्चालन गरेका थिए। उक्त अवसरमा टोलीलाई स्मारिका प्रदान पनि गरिएको थियो।

स्वागत कार्यक्रममा नाम्चु च्यिउली युन्ला क्वोईंबो,सार्दिखोला क्वोईंबो,स्याउली बजार क्वोईंबो,पैयूँ खोला संस्कृति समाज भवन, रोल्पा क्वोईंबो,बस्यानी पुलुन डाँडा क्वोईंबो,रजहर क्वोईंबो,लक्ष्मी बजार क्वोईंबो,सिमी कु,रिमी ङी,सिम्ले देउराली क्वोईंबो,बारपाक क्वोईंबो,बुट्टाबारी क्वोईंबो,युम्पो क्वोईंबो र पिद्राहानी क्वोईंबोलाई २ लाख ७ हजार रुपैयाँ सहयोग गरिएको थियो।

कार्यक्रममा डा.पोलबहादुर गुरुङले स्लाइड सो मार्फत भ्रमणका बारेमा केके गर्नुपर्छ,केके हुदैंछ भन्ने बारेमा जानकारी गराएका थिए।


अब के हुनुपर्ने भन्ने विषयमा पनि जानकारी गराएका थिए। डा. पोलबहादुरले आफ्नो स्लाइड सो मार्फत क्होला सम्पदा क्षेत्र निर्धारण गर्नुपर्ने,भग्नावशेषहरुको आधिकारिक नामाकरण गरिनुपर्ने,नेपाल सरकार (केन्द्र,प्रदेश र स्थानीय) तहको पहुँच पुग्नुपर्ने र अहिलेसम्मका अध्ययन अनुसन्धान र भ्रमणहरुको दस्तावेजहरु संकलन गरी भावी योजना बनाउनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रमको अन्त्यमा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङले भ्रमणका बारेमा संक्षिप्त जानकारी दिदैं धन्यवाद ज्ञापन गरेका थिए।
(श्रोत-गोर्खा मिडीया)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ