समाचार
|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण|आइतबार अल्डरशटमा ”छ माया छपक्कै २” को विशेष प्रिमियर|७१औँ प्रहरी दिवसमा डीआईजी भुपेन्द्र खत्रीलाई पुलिस ब्याटन र एसपी अंगुर जिसीलाई पूर्ण शान्ति पुरष्कार|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी

बाँकेको चिसापानीमा सरसफाइ अभियान

  शीतलपाटीन्युज डटकम | ४ कार्तिक २०८०, शनिबार ११:३४

कोहलपुर– विजया दशमीको अवसरमा बैजनाथ–१, चिसापानीस्थित पुरानो वस्ती थारुगाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।
चिसापानी सडक बत्ती उपभोक्ता समितिको आयोजनामा आज (शनिबार) सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बैजनाथ–१ का वडाध्यक्ष रुपबहादुर मल्लले सरसफाइ अभियान राम्रो कामको सुरुवात भएको बताए । ‘यो अभियानले आफ्नो वरपरको फोहोर आफैंले सफा राख्नुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘हामी स्वास्थ रह्यौँ भने समाज र देश पनि स्वस्थ रहन्छ ।’

फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले ४० लाख छुट्याएको उनको भनाइ छ । व्यवसायीबाट फोहोर संकलकले दस्तुर उठाए पनि सर्वसाधारण नागरिकको फोहोर भने निःशुल्क उठाउने गरी सम्झौता भएको उनले बताए ।

उपभोक्ता समिति अध्यक्ष तुलसीराम चौधरीले समाजमा जनचेतना जगाउने उद्देश्यले सरसफाइ अभियान गरिएको बताए । आफूहरूले सडक बत्तीको शुभारम्भसँगै अन्य विभिन्न किसिमका सामाजिक कामहरू पनि गरिरहेको बताए ।

सरसफाइ अभियान सामाजिक विकास मञ्च र चिसापानी कृषि सहकारी संस्था लिमिटेडको सहयोगमा सञ्चालन भएको हो । कार्यक्रमको शुभारम्भ र समापन समारोहको सञ्चालन स्थानीय समाजसेवी चम्पसिंह थापामगरले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ