समाचार
|सांसद विदुषी राणा बेलायतमा,नेपाललाई सघाउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान|नेपालका विपद् पीडितका लागि बेलायतबाट २,२४३ पाउन्ड राहत सहयोग हस्तान्तरण|नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन २७ सेप्टेम्बर आइतबार अल्डरसटमा हुने|पहाडी जिल्ला डोल्पा विमानस्थलमा सीता एयरको जहाज दुर्घटना|पोखरा आएको फ्लाइ दुबईको जहाजको ककपिटमा नेपाली पाईलट सर्बजीत यादब|पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान आज सम्पन्न|पाल्पाली ताराप्रसाद पोखरेललाई विद्यावारिधि|इंगल्याण्डमा घरधनी र भाडाका घर दर्ता अनिवार्य गरिँदै: नियम उल्लंघन गरे ४० हजार पाउण्डसम्म जरिवाना|भारतमा जन्मिएका आर्को मुखर्जीले नेपालका बाढी पीडित समुदायको सहयोगार्थ गरे लाइभ कन्सर्ट|तमुधिं यूकेका अध्यक्ष गुरुड्गको नेतृत्वमा बाढीपीडितका लागि एक करोड ३१ लाख रकम लिएर नेपाल प्रस्थान

“चोरी भएका ६० ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर) धनीलाई हस्तान्तरण ”

  शीतलपाटीन्युज डटकम | ११ पुष २०८२, शुक्रबार १४:१३

रमेश खड्का,

पुस ११, २०८२ ,काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (शुक्रबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३४ ओटा मोटरसाइकल र २६ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित काडाँघारी,पुल्चोक,स्वयम्भू, दरबारमार्ग,चापागाँउ,नेपालटार,टोखा,नँयाबसपार्क, बालकुमारी,भाटभटेनी भक्तपुर,लोकन्थली,नाला बनेपा, बसन्तपुर,बसन्तपुर, किर्तिपुर,ताथली,बौद्ध,सिनामंगल, थानकोट,सोह्रखुट्टे,कपन,सुडाल र जरङ्खु लगायतका विविध स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो। आज बुझाइएका ६० ओटा सहित १८१ ओटा सवारी साधन गत साउन यता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ।

चोरीका १३ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक,चेन लक, ह्यान्डिल लक,डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गर्नुभएको छ। सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ