समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

गाँजाको केक बेच्ने एक जना पक्राउ

  शीतलपाटीन्युज डटकम | २२ पुष २०८०, आईतवार १४:४४

काठमाडौं । लागु औषध गाँजा मिसाएर केक बेचेको आरोपमा एक जना पक्राउ परेका छन् । गाँजा मिसाएर केक बनाउने अनि अनलाइनमार्फत बेच्ने गरेको भन्दै प्रहरीले काठमाडौं महानगरपालिका–२९ घट्टेकुलो बस्‍ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्‍यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले मानन्धरको साथबाट गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम, गाँजा ३ केजी बरामद गरेको छ ।

उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केक बनाएर अनलाइनमार्फत कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ