समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

थप २२ मेगावाट बिजुली भारत निर्यात हुने

  शीतलपाटीन्युज डटकम | १७ कार्तिक २०७९, बिहीबार २०:१३

काठमाडौं– चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो ।

चिलिमेको अनुमतिसँगै अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने प्रवक्ता भट्टराईले बताए ।

निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखूखोला ए, २५ मेगावाट क्षमताको काबेली बी–एक, २२ मेगावाटको माईखोला, १५ मेगावाट क्षमताको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित एक सय मेगावाट क्षमताको विद्युत निर्यातको प्रस्ताव गरिएको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि भारतमा बिक्री सुरु गरेको थियो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी त्यस अवधिमा सात अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको थियो । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ