शीतलपाटीन्युज डटकम।
लन्डन,२० अक्टोवर। वेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके को आगामी नोभेम्बर १ तारिकका दिन साधरण सभा र नयाँ कार्यसमितिको गठन हुने भएको छ।
परिषद्की महासचिव डा.सुधा श्रेष्ठद्वारा प्रेषित विज्ञप्ति अनुसार परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको सचिवालय बैठकले आगामी नोभेम्बर १ तारिकका आईतवारका दिन परिषद्को ३० औँ साधारण सभा आह्वान गर्नुका साथै १५औँ कार्य समितिको पुनर गठन गर्ने निर्णय गरेको छ।
बैठकले कार्यसमिति पुनर्गठन गर्नका लागि परिषद्का पूर्व अध्यक्ष हरिसिंह थापाको अध्यक्षतामा एक पाँच सदस्यीय अध्यक्ष मण्डल गठन पनि गरेको छ। अध्यक्ष मण्डलका अन्य सदस्यहरूमा परिषद्का सल्लाहकारहरू क्रमस: मदन थापा,विजय थापा,डा.जनककुमारी धिताल र कृष्ण भट्ट रहेका छन्।
परिषद् कार्यसमितिको कार्यावधि दुई वर्षको हुने गरेको छ। परिषद्को साधारण सभा वेस्ट लन्डन एक्टन स्थित एबीआई कलेजको समारोह हलमा दिनको १२.०० बजे देखि सम्पन्न हुने विज्ञप्तिमा जनाइएको छ।
प्रतिक्रिया