समाचार
|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण|आइतबार अल्डरशटमा ”छ माया छपक्कै २” को विशेष प्रिमियर|७१औँ प्रहरी दिवसमा डीआईजी भुपेन्द्र खत्रीलाई पुलिस ब्याटन र एसपी अंगुर जिसीलाई पूर्ण शान्ति पुरष्कार

नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान

  शीतलपाटीन्युज डटकम | ५ कार्तिक २०८३, बुधबार ०२:१३

GNNNEWS-
लन्डन। नेपाली कल्चरल सेन्टर युकेले बडादशैंको अवसरमा एक भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। केन्द्रका उपसंयोजक भीमलाल भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गुरुहरुद्वारा स्वस्तिवाचन गरिएको थियो।

कार्यक्रमका मुख्य वक्ता कथा व्यास पण्डित कुबेर सुवेदीले धर्म, संस्कृति र मातृभूमिप्रतिको अपार मायाले सम्पूर्ण नेपालीहरुलाई जोडेको बताउनुभयो। जन्मभूमिबाट टाढा भए पनि संस्कार र संस्कृतिबाट टाढा हुन नसकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, हामीभित्र रहेका अहंकार र क्रोधलाई पराजित गरेर मात्र असल बन्न सकिन्छ। आफ्ना सन्तानलाई संस्कार र संस्कृतिसँग जोड्नु आजको आवश्यकता हो। उहाँले आगामी एक वर्षभित्र सांस्कृतिक केन्द्र स्थापना गर्ने योजनासहित अगाडि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा गुरु चिरञ्जीवी ढकालले विजया दशमीको शुभकामना दिँदै पश्चिम लन्डनबासीका लागि सांस्कृतिक केन्द्र तथा मन्दिर निर्माणको पहल सौभाग्यको विषय भएको बताउनुभयो। ूयदि हामीले आज प्रयास गरेनौं भने भावी पुस्ताले हामीलाई प्रश्न गर्नेछन्,उहाँले भन्नु भयो। उहाँले जोड दिँदै सम्पूर्ण युकेवासी नेपाली समुदायलाई सहयोगका लागि अपिल गर्नुभयो।

त्यस्तै,स्कटल्यान्डबाट सहभागी हुनुभएका आचार्य श्री माधवशरणले दोस्रो पुस्तालाई संस्कार र संस्कृति हस्तान्तरण गर्नका लागि केन्द्रको ठूलो आवश्यकता रहेको बताउनुभयो। उहाँले जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कार गर्न सकिने गरी केन्द्र निर्माण हुनुपर्नेमा जोड दिनुभयो।

नेपाली सांस्कृतिक केन्द्र युकेका संरक्षक गुरु निलहरि घिमिरेले धेरैजनाको तन,मन र धनको सहयोगले यो अभियान अवश्य सफल हुने विश्वास व्यक्त गर्नुभयो। जग्गा प्राप्तिको प्रक्रियालाई छिटो मूर्त रुप दिन सके थप सहयोगीहरु अगाडि आउने उहाँको भनाइ थियो।

केन्द्रका संयोजक चिरन शर्माले हालसम्म ११६ जना संस्थापक सदस्यहरु जोडिइसकेको र १ लाख २२ हजार पाउण्ड सहयोगको प्रतिबद्धता प्राप्त भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार मासिक डाइरेक्ट डेबिट वा किस्ताबन्दी (इन्स्टलमेन्ट) मार्फत १ हजार पाउण्डसम्म सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। यो केवल मन्दिर मात्र नभई सम्पूर्ण समुदायको बृहत सामाजिक तथा सांस्कृतिक केन्द्र हुने भएकाले सबैबाट निरन्तर सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो।

कार्यक्रममा मोर्गेज सल्लाहकार ऋषि खनालले मन्दिरका लागि भवन तथा जग्गा खरिद गर्न मोर्गेज प्राप्त गर्ने प्रक्रियाबारे प्राविधिक जानकारी गराउनुभएको थियो।

उक्त कार्यक्रममा संस्थापक सदस्य सीताराम भण्डारी,शम्भु अर्याल, नारायण फुल्याल,पत्रकारद्वय भगीरथ योगी,दिनेश परियार,डिएन खराल,गोविन्द सापकोटा (मिडल्यान्ड्स),उमेश पुन (कोल्चेस्टर), निरुषा भट्टराई पाण्डे,कल्पना त्रिपाठी,टिका कुमारी राई,कमल कँडेल लगायतले बडादशैंको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सुरुमा पण्डित गोविन्द नेपालले स्वस्ति वाचन गर्नु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ