समाचार
|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण|आइतबार अल्डरशटमा ”छ माया छपक्कै २” को विशेष प्रिमियर|७१औँ प्रहरी दिवसमा डीआईजी भुपेन्द्र खत्रीलाई पुलिस ब्याटन र एसपी अंगुर जिसीलाई पूर्ण शान्ति पुरष्कार|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी

आइतबार अल्डरशटमा ”छ माया छपक्कै २” को विशेष प्रिमियर

  शीतलपाटीन्युज डटकम | १ कार्तिक २०८३, शनिबार १२:३०

GNNNEWS-
लन्डन- चर्चित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ बडा दशैंको अवसरमा बेलायतका प्रतिष्ठित सिनेमा हलहरूमा पनि प्रदर्शन हुन लागेको छ।

बेलायतमा प्रदर्शन तथा वितरणको अधिकार प्राप्त ‘९७७ सिनेमा’ (पापाराजी नेपाल प्रा.लि.) ले आइतबार (१८ अक्टोबर) दिउसो १२ बजे अल्डरशटस्थित एपायर हलमा ‘छ माया छपक्कै २’ को विशेष प्रदर्शन गरिने जनाएको छ।

977 Cinema (Paparazzi Nepal Pvt Ltd.) र UCAN को सहकार्यमा यूके प्रदर्शन हुन लागेको चलचित्र Cineworld, Savoy Cinema, Metro Cinema, ODEON र Piccadilly Cinema जस्ता स्थापित सिनेमा हलहरूमा हेर्न पाइनेछ।

दीपेन्द्र लामाको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बनेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र मनिषा भट्टराई मुख्य भूमिकामा छन्। लोकप्रिय चलचित्र ‘छ माया छपक्कै’ को दोस्रो भागका रूपमा निर्माण भएको यस चलचित्रमा हास्यव्यङ्ग्य, प्रेम र पारिवारिक मनोरञ्जनलाई समेटिएको छ।

यूकेका विभिन्न सिनेमा हलहरूमा प्रदर्शन विस्तार गर्ने यस प्रयासले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई थप फराकिलो बनाउने अपेक्षा गरिएको छ। दशैँको अवसरमा प्रदर्शन हुन लागेको चलचित्रले यूकेमा रहेका नेपाली दर्शकलाई परिवार र साथीभाइसँग नेपाली चलचित्रको मनोरञ्जन लिने अवसर प्रदान गर्नेछ।

यो फेसबुक पेजमा गएर चलचित्रको प्रदर्शन मिति,सिनेमा हलहरूको स्थान तथा नयाँ घोषणाहरूबारे जानकारी लिन सकिनेछ :
https://www.facebook.com/977Cinema

टिकट बुकिङका लागि वेबसाइट: https://977cinema.com/

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ