समाचार
|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण|आइतबार अल्डरशटमा ”छ माया छपक्कै २” को विशेष प्रिमियर|७१औँ प्रहरी दिवसमा डीआईजी भुपेन्द्र खत्रीलाई पुलिस ब्याटन र एसपी अंगुर जिसीलाई पूर्ण शान्ति पुरष्कार

टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ

  शीतलपाटीन्युज डटकम | ५ कार्तिक २०८३, बुधबार ००:४२

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। सामाजिक सञ्जाल टिकटकमा आपत्तिजनक तथा धम्कीपूर्ण भिडियो पोस्ट गरी समाजमा हिंसा भड्काउन खोजेको अभियोगमा प्रहरीले धनुषाबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय ‘क्रिमिनल’ उपनामले चिनिने राजु यादव रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले मंगलबार राति नियन्त्रणमा लिएको हो।

यादवले विभिन्न व्यक्ति,समुदाय तथा संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज गर्ने,धाकधम्की दिने र हिंसा फैलाउन उत्प्रेरित गर्ने खालका सामग्री टिकटकमा अपलोड गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ