शीतलपाटीन्युज डटकम।
काठमाडौं । नेपाल प्रहरीले ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भुपेन्द्र खत्रीलाई पुलिस ब्याटन र प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीलाई पूर्ण शान्ति पुरस्कार प्रदान गर्ने भएको छ। प्रहरी संगठनभित्र व्यावसायिकता, कर्तव्यनिष्ठा र जिम्मेवारीबोधलाई सम्मान गर्ने यी पुरस्कार तथा सम्मानले प्रहरी कर्मचारीलाई थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।

नेपाल प्रहरीले सात दशकभन्दा लामो गौरवशाली यात्रामा अनेकौँ आरोह–अवरोह,सामाजिक परिवर्तन र जटिल सुरक्षा चुनौतीको सामना गर्दै राष्ट्र र नागरिकको सेवामा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले संगठनको संस्थागत विकास,क्षमता अभिवृद्धि र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।

उनले नेपाल प्रहरीको विकास र सुदृढीकरणमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सहयोगी निकाय तथा आम नागरिकबाट प्राप्त सहयोग, सद्भाव र विश्वासप्रति आभार व्यक्त गरेका छन्। ‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने आदर्शलाई आत्मसात् गर्दै बदलिँदो सामाजिक, आर्थिक, राजनीतिक तथा प्रविधिगत परिवेशबाट उत्पन्न सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न सक्षम, व्यावसायिक र प्रविधिमैत्री प्रहरी संगठन निर्माणलाई प्राथमिकता दिइएको उनको सन्देशमा उल्लेख छ।
राष्ट्र र नागरिकको सेवामा आफ्नो जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै महानिरीक्षक कार्कीले उनीहरूको बलिदान र परिवारले भोग्नुपरेको पीडाप्रति सम्मान प्रकट गरेका छन्। अमर प्रहरीका परिवारको हकहित, संरक्षण र कल्याण सुनिश्चित गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले घाइते तथा अशक्त प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
संगठनको पहिचान, प्रतिष्ठा र विश्वसनीयता निर्माणमा जीवनको महत्वपूर्ण समय समर्पण गर्ने अग्रज प्रहरी कर्मचारीप्रति सम्मान व्यक्त गर्दै उनले इमानदारी, कर्तव्यनिष्ठा र निर्भीकताका साथ नागरिक सेवामा समर्पित प्रहरी कर्मचारीको योगदानको प्रशंसा गरेका छन्।
यसैबीच, प्रहरी दिवसको अवसरमा एसपी अंगुर जिसीलाई पूर्ण शान्ति पुरस्कार र डीआईजी भुपेन्द्र खत्रीलाई पुलिस ब्याटन प्रदान गर्ने निर्णयले प्रहरी संगठनभित्र अनुभव, जिम्मेवारी र व्यावसायिक योगदानको सम्मानलाई थप चर्चामा ल्याएको छ।
एसपी जिसी र डीआईजी खत्री दुवै प्रहरी संगठनमा काबिल प्रहरी अधिकृतका रूपमा चिनिन्छन्। प्रहरी सेवामा जिम्मेवारी निर्वाह, व्यावसायिक दक्षता र संगठनप्रतिको प्रतिबद्धताका आधारमा उनीहरूले आफ्नो छुट्टै पहिचान बनाएको चर्चा हुने गरेको छ। प्रहरी संगठनमा कार्यसम्पादन, नेतृत्व क्षमता र कर्तव्यप्रतिको निष्ठालाई प्रोत्साहन गर्ने यस्ता सम्मानले अन्य प्रहरी कर्मचारीलाई पनि थप जिम्मेवार, अनुशासित र परिणाममुखी भएर काम गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
प्रहरी दिवस केवल औपचारिक समारोह र सम्मान प्रदान गर्ने अवसर मात्र होइन, संगठनले विगतमा गरेका योगदानको समीक्षा गर्दै आगामी दिनमा नागरिकप्रतिको जिम्मेवारीलाई अझ प्रभावकारी बनाउने संकल्प गर्ने अवसर पनि हो। प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै सेवा प्रवाहमा पारदर्शिता,जवाफदेहिता र व्यावसायिकता अभिवृद्धि गर्न यस्ता सम्मानले सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।
राष्ट्रको सुरक्षा र नागरिकको सेवामा समर्पित प्रहरी कर्मचारीको योगदानको कदर गर्दै ७१औँ प्रहरी दिवस मनाइरहँदा एसपी अंगुर जिसी र डीआईजी भुपेन्द्र खत्रीलाई प्रदान गरिने सम्मानले प्रहरी संगठनभित्र कर्तव्यनिष्ठा,नेतृत्व र सेवाभावको महत्वलाई पुनः उजागर गरेको छ।
सुरछ्या सरोकारबाट।
प्रतिक्रिया