शितलपाटीन्युज डटकम।
अलडरसट,युके। बेलायतका लागि कार्यबाहक राजदुत बिपिन दवाडीले बिजया दशमीका अबसरमा नवदुर्गा पुजाको समयलाई सदुपयोग गर्दै आज २० अक्टोबर २०२६ मा शिव मन्दिर अलडरसट युके आई नवरात्री पुजा अर्चना गर्नु भएको छ।

कार्यबाहक राजदुत दवाडीलाई शिव मन्दिर अलडरसटका अध्यक्ष हरि भट्टराई,रसमोर बरो काउन्सीलका उपमेयर नेपाली ब्रिटीष जीब बेलवासे,शिव मन्दिरका गुरु मघुसुदन सत्याल,शिव मन्दिरका पुर्व अध्यक्ष एवम पुर्व डिएसपी बाचस्पति रेग्मी,शिव मन्दिरका महासचिव निरज शर्मा गौली,कोषाध्यक्ष किशोर गुरुड्ग समेतले स्वागत गर्नु भयको थियो।

शिव मन्दिरका आचार्य गुरु मधुसुदन सत्याल गुरुले नवदुर्गा श्लोक समेत उच्चारण गरी पुजा आर्चना गराउनु भएको थियो। आफ्नो शिव मन्दिरमा उपस्थितीका क्रममा कार्यबाहक राजदुतले दवाडी मन्दिरले पुर्याएको सेवालाई प्रशंसा गर्दै धन्यबाद दिनुका साथै मन्दिरलाई आवस्यक पर्ने सहयोगका लागि आफु र राजदुताबास सधै तयार रहेको बताउनु भयको थियो। उपमेयर जीव बेलबासेसंग रसमोर इलाका गतिबिधी बारेमा छलफल समेत भएको थियो।
शिव मन्दिर संचालनमा आएपछि नेपाली राजदुताबाट निरन्तर दुर्गा पुजामा महामहिमहरुको उपस्थित रही परम्परा कायम हुदै आएको मन्दीर ब्यवस्थापनले जनाएको छ।
“प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।” का कार्यक्रम गर्दै बिजया दशमी मनाउने भयको समाचार छ।
प्रतिक्रिया