समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

निर्वाचनलाई स्वतन्त्र एवं मर्यादित बनाउन ७२ घण्टा सीमा बन्द हुने

  शीतलपाटीन्युज डटकम | २२ कार्तिक २०७९, मंगलवार २१:५६

काठमाडौं– स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ । शान्ति सुरक्षाका विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठकले सो निर्णय गरेको हो ।

बैठकमा लागुऔषध ओसारप्रसारमा नियन्त्रण गर्ने, दुवै देशले आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने तथा संयुक्तरुपमा दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा गस्ती गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताए । उनले सो अवधिमा एम्बुलेन्स आवतजावत गर्न र विवाह भएमा संयुक्तरुपमा समझदारीमा पास दिने निर्णय पनि भएको जानकारी दिए ।

भारतको किसनगञ्जमा भएको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकरी काशीराज दाहाल, झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालसहित दुवै जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख तथा भारतको तर्फबाट डिएम श्रीकान्त शास्त्रीसहित एसपी, एसडिएम, सीमाका एसएसवी प्रमुखको सहभागित रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ