काठमाडौं– रोल्पाको माडीखोलामा एक महिलाको शव फेला परेको छ। बिहीबार दिउँसो सवा ३ बजेतिर पूर्वी रोल्पास्थित सुनीलस्मृति गाउँपालिका–२ लामाचौर छेउको माडी खोलाको मध्यभागमा शव फेला परेको हो ।
प्रहरीका अनुसार पहिचान नखुलेको अवस्थामा करिब ३२ उमेरकी देखिने महिलाको शव खोलामा तैरिएको फेला परेको हो । स्थानीयले प्रहरीमा सूचना दिएपछि सुलिचौर र खुंग्रीबाट प्रहरी परिचालित भएको हो ।
शवबारे प्रहरीले थप अध्ययन गरिरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए ।
प्रतिक्रिया