समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

जाडो अघि बालबालिकालाई खुवाउनुहोस् यी ५ फलफूलको जुस, रोग प्रतिरोधात्मक क्षमता बढ्छ

  शीतलपाटीन्युज डटकम | २४ कार्तिक २०७९, बिहीबार २०:३५

काठमाडौं- जाडो सुरु भएसँगै बालबालिकामा रुघाखोकीको समस्या निक्कै बढ्छ । बालबालिकालाई यो समस्याबाट छुटकारा दिन विभिन्न किसिमका औषधि दिन थाल्छन् । जसले गर्दा बालबालिकाको स्वास्थ्यमा पनि हानि पुग्छ । यस्तो अवस्थामा बालबालिकाको रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउन र स्वस्थ राख्न यी जुस दिन सकिन्छ ।

स्याउ, चुकन्दर र गाजरको जुस
स्याउ, चुकन्दर र गाजरको जुस बनाउनका लागि सबैको बोक्रा निकालेर रस निकाल्नुुपर्छ। साथै यसमा कालो नुन थप्न पनि सकिन्छ । यो जुस बालकालिकालाई खुवाउदा कमजोरी हट्नुको साथै रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले पाचन प्रणालीलाई पनि स्वस्थ्य राख्छ ।

गाजर र सुन्तलाको जुस
गाजर र सुन्तलाको जुस बालबालिकाका लागि निकै फाइदाजनक हुन्छ । यस जुसमा भिटामिन ए र भिटामिन सी पाइन्छ । जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाइ शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

स्याउ र कागतीको जुस
बालबालिकालाई स्याउ र कागती मिसाएर जुस दिन सकिन्छ। बालबालिकालाई यो जुस खुवाउँदा फाइबर, आइरन र म्याग्नेसियम जस्ता पोषक तत्वहरू उपलब्ध हुन्छन्।

गाजर र टमाटरको रस
गाजर र टमाटरको जुस पिउन धेरै स्वादिष्ट हुन्छ। साथै बालबालिकाको शरीरको कमजोरी हटाउछ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

अनारको जुस
अनारको जुस शरीरका लागि निकै फाइदाजनक हुन्छ । यो जुस बनाउन अनारको दानाको रस निकाल्नुपर्छ। उक्त रसमा थोरै नुन मिसाएर बालबालिकालाई दिदा बालबालिकाको शरीरमा रगतको मात्रा बढाउनुका साथै शरीरलाई शक्ति प्रदान गर्छ ।

सबै जुस बालबालिकाको शरीरलाईं लाभदायक हुन्छ। उक्त जुस २ वर्ष पुरा भएको बालबालिकालाई दिने स्वस्थ्यका जानकारहरु बताउँछन् । यो जुस बालबालिकालाई दिनुुअघि डाक्टरसँग परामर्श लिन आवस्यक छ । (अन्लीमाई हेल्थबाट साभार)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ