समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

आजदेखि धनगढीमा चैतन्य एकेडेमीको पाँच दिने निःशुल्क लोकसेवा शिविर

  शीतलपाटीन्युज डटकम | २५ कार्तिक २०७९, शुक्रबार ०९:२७

धनगढी- चैतन्य एकेडेमीले धनगढीमा पाँच दिने निःशुल्क बहु आयामिक लोकसेवा शिविर सञ्चालन गर्ने भएको छ । यही कार्तिक २६ गतेदेखि ३० गतेसम्म शिविरको आयोजना गरिने एकेडेमीले जनाएको हो ।

काठमाडौंमा विगत १० वर्षदेखि गुणस्तरीय रूपमा विभिन्न सरकारी सेवाका तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले धनगढीमा शाखा विस्तार गरेसँगै शिविरको आयोजना गरेको छ ।

लोकसेवाका साथै विभिन्न सरकारी सेवाका बारेमा जानकारी दिन पाँच दिने शिविरको आयोजना गरिएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले बताए । ’हामीले लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूलाई विभिन्न सरकारी सेवाका बारेमा जानकारी दिन यो शिविरको आयोजना गरेका हौँ।’

शिविरमा विज्ञ प्रशिक्षकहरूले विद्यार्थीहरूलाई विविध पक्षमा जानकारी दिनुहुने छ,’ जोशीले भने । उनले पाँच दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी साढे ४ः३० बजेदेखि साढे ६ः३० बजेसम्म अभिमुखी करण शिविर सञ्चालन हुने बताए ।

लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ्ग, स्वास्थ्य सेवा, सुरक्षा सेवा,संस्थान एवम् सम्पूर्ण प्रतिस्पर्धात्मक गुणस्तरीय तयारीका लागि चैतन्यले धनगढीमा शाखा विस्तार गरेको जोशीले बताए । सुदूरपश्चिमबाट संघीय राजधानी काठमाडौं आएर तयारी गर्न निकै महँगो हुने भएकाले धनगढीमै रहेर विद्यार्थीहरूले गुणस्तरीय तयारी कक्षा लिन पाउन भन्ने उद्देश्यले शाखा विस्तार गरिएको उनले बताए ।

जोशीले काठमाडौंबाट नै विज्ञ प्रशिक्षक लगेर धनगढीमा कक्षा सञ्चालन गरिरहेको जानकारी दिए । उनले भौतिक रूपमा कक्षा लिन नसक्नेहरूका लागि अनलाइन सेवाको समेत सुविधा रहेको बताए । ’सुदूरपश्चिम मेरो जन्मभूमि हो । यहाँको सेवाका लागि हामीले केही गर्नुपर्छ । सोही उद्देश्य अनुरूप हामीले धनगढीमै लोकसेवाको तयारी गर्ने विद्यार्थीहरूको सहजताका लागि एकेडेमीको शाखा विस्तार गरेका हौँ,’ उनी भन्छन् ।

एकेडेमीको धनगढी शाखामा कार्यरत कर्मचारी योगेश फुलाराले गाउँघरमै विज्ञ प्रशिक्षकबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउँदा विद्यार्थीहरू खुसी रहेको बताए । ’विद्यार्थीहरू सन्तुष्ट हुनुहुन्छ । चैतन्य काठमाडौंमा ख्याति प्राप्त संस्था हो । हामीसँग विगत लामो समयदेखि जोडिनु भएका प्रशिक्षकहरू अहिले धनगढीमै उपलब्ध हुनुहुन्छ,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ