समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

  शीतलपाटीन्युज डटकम | २६ कार्तिक २०७९, शनिबार २१:०९

काठमाडौँ – मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको हो ।

बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधनका लागि अनुमित लिनु नपर्ने आयोगले जनाएको छ ।

यस्तै सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चार गृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन निर्वाध रुपमा सञ्चालन हुनेछन् ।

निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधनका लागि पास नचाहिने आयोगले जनाएको छ ।

सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन मतदानका दिन निर्वाधरुपमा सञ्चालन हुन पाउनेछन् । अत्यावश्यक सेवाका सवारी साधन मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न नपाइने आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ