समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

मतदान गर्न सुत्केरीदेखि १०७ वर्षीय वृद्धसम्म (फोटोसहित)

  शीतलपाटीन्युज डटकम | ४ मंसिर २०७९, आईतवार १६:४४

काठमाडौं– आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान जारी छ । मतदानका लागि युवादेखि वृद्धसम्मको सहभागीता उल्लेख्य रहेको छ । अहिलेसम्म देशका केही स्थानमा छिटफुट घटना भएपनि अधिकांश स्थानमा शान्त वातावरणमा मतदान भइरहेको छ ।

मतदानमा युवादेखि वृद्धवृद्धा समेतको सहभागी रहेको छ । म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गरेका छन् । उनले मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको ९क० मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले बताए ।

अन्य जिल्लामा पनि वृद्धहरुले मतदान गरिरहेका छन् । यस्तै साना दुधे बालकका आमाले समेत मतदान गरिरहेका छन् । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।

निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ।

 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ