समाचार
|काठमाडौँमा’एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन’आयोजना गरिंदै|अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट भब्य, अवार्डले सम्मान गरीयो|बिराटनगरका प्रवेश रिजाल न्युयोर्कमा “भिजन अवार्ड २०२६” बाट सम्मानित|मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक|आईजीपी केसीद्वारा प्रहरीका गुनासा सुन्न ‘जाहेर टोली’ गठन, सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी|बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न

लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार गुरुङको निधन

  शीतलपाटीन्युज डटकम | ५ मंसिर २०७९, सोमबार २१:३५

लमजुङ– लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।

जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका गुरुङको सोमबार दिउँसो निधन भएको आफन्तले बताएको छ । मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरा घर भएका ६८ बर्षीय गुरुङ केही दिनदेखि बिरामी थिए ।

शुक्रबार वान्ता भएपछि बेंसीशहरस्थित जिल्ला अस्पताल लमजुङ लगिएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि चितवन लगिएको थियो । सोमबार दिउँसो १ बजेतिर उपचारको क्रममा निधन भएको खबर आएको जनता समाजवादी पार्टीका नेता खेमजङ गुरुङले जानकरी दिए । गुरुङको शव सोमबार नै लमजुङ ल्याइँदैछ ।

उम्मेदवार गुरुङ केही समयदेखि बेंसीशहर नगरपालिका ७ मा बस्दै आएका थिए । उनका श्रीमती, ४ छोरा र २ छोरी छन् । गुरुङले उम्मेदवारी फिर्ताको समय भन्दा ढिला गरी आफूले सत्ता गठबन्धनको उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई समर्थन गर्ने भन्दै उम्मेदवारी निस्क्रिय पारेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ