समाचार
|काठमाडौँमा’एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन’आयोजना गरिंदै|अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट भब्य, अवार्डले सम्मान गरीयो|बिराटनगरका प्रवेश रिजाल न्युयोर्कमा “भिजन अवार्ड २०२६” बाट सम्मानित|मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक|आईजीपी केसीद्वारा प्रहरीका गुनासा सुन्न ‘जाहेर टोली’ गठन, सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी|बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न

१४ आयोग गठन गरेर पनि सुकुमबासी समस्या समाधान गर्न नसकेकोमा ओलीप्रति बालेनको आक्रोश

  शीतलपाटीन्युज डटकम | १३ मंसिर २०७९, मंगलवार २०:०७

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर आक्रोश पोखेका छन् ।

ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत मेयर बालेनले पटक–पटक राज्य संरचनाको नेतृत्व लिंदा नदेखेको टिप्पणी गरेका हुन् ।

‘अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी ९सुनधारा० सक्काएर सेतो टावर किन ठड्याउनु भयो रु हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो रु यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।’ उनले लेखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ