काठमाडौं– क्रोएसिया फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको नकआउट चरणको खेलमा जापानमाथि पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै साविक उपविजेता क्रोएसियाले अन्तिम आठको यात्रा तय गरेको हो ।
खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल इन्ञ्युरी समय हुँदै पेनाल्टी सुटआउटमा धकेलिएको थियो । सो समयमा गोलरक्षक डोमिनिक लुकाकोभिकको उत्कृष्ट प्रदर्शनमा क्रोएसिया विजयी बन्यो ।
जारी विश्वकपमा इन्ञ्युरी समय हुँदै पेनाल्टी सुटआउटमा धकेलिएको यो पहिलो खेल हो ।
अब क्रोएसियाले क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नुपर्नेछ । सो खेल आजै राति हुँदैछ ।
प्रतिक्रिया