काठमाडौं– फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो ।
कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डले ५४ औं मिनेटमा बराबरी गोल फर्कायो । तर, खेलको ७८ औं मिनेटमा फ्रान्सले अर्को गोल थप्यो भने त्यसपछि दुबै पक्षबाट थप गोल हुन नसकेपछि खेल फ्रान्सको पक्षमा हुन पुग्यो ।
हारसँगै इङ्ग्ल्यान्ड क्वार्डरफाइनलबाटै घर फर्किन बाध्य भएको छ । उता फ्रान्सले अब सेमिफाइनलमा मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया