समाचार
|काठमाडौँमा’एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन’आयोजना गरिंदै|अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट भब्य, अवार्डले सम्मान गरीयो|बिराटनगरका प्रवेश रिजाल न्युयोर्कमा “भिजन अवार्ड २०२६” बाट सम्मानित|मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक|आईजीपी केसीद्वारा प्रहरीका गुनासा सुन्न ‘जाहेर टोली’ गठन, सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी|बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न

पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

  शीतलपाटीन्युज डटकम | ४ पुष २०७९, सोमबार ००:१५

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।

लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्जेन्टिनाले २ गोलको अग्रता बनाएको थियो । तर, किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरे ।

निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्‍याएका थिए । त्यसपछि कुनै गोल हुनसकेन र खेल पेनाल्टीमा पुगेको थियो ।

सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ