समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

गगन-शेखर समूहको एम्बास्डर होटलको छलफल सकियो, बसेरामा पुनः बस्ने

  शीतलपाटीन्युज डटकम | ५ पुष २०७९, मंगलवार १२:४६

काठमाडौं- संसदीय दलको नेताको निर्वाचनमा साझा उम्मेदवार तय गर्ने विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षबीच अझै समझदारी जुटेको छैन । लाजिम्पाटस्थित होटल एम्बास्डरमा बिहान साढे ८ बजेदेखि बसेको बैठक टुंगोमा पुगेन ।

कोइराला र थापाबीच होटल बसेरामा पुनः छलफल गर्ने भन्दै नेताहरु होटल एम्बास्डरबाट बाहिरिएका छन् ।बैठकपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले आफूहरुको समूहबाट दुई जनाको उम्मेदवारी दर्ता नहुने बताए ।

कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । मनोनयन दर्ताको समय अगाडि नै समझदारीमा पुग्ने प्रयासमा थापा र कोइराला पक्षका नेताहरु छन् ।थापा र कोइराला पक्षबीच सोमबार पनि छलफल भएको थियो । तर टुंगोमा पुग्न नसकेपछि आज पनि छलफल भएको हो । होटल एम्बास्डरको छलफलमा थापा र कोइरालासँगै सञ्जय गौतम र रामनाथ अधिकारीसमेत सहभागी थिए ।

थापाले निर्वाचन अगाडि नै प्रधानमन्त्री बन्ने बताएका थिए । निर्वाचनलगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । तर कोइरालाले पनि दलको नेताको आकांक्षा देखाउँदै आफूलाई सघाउन थापालाई आग्रह गरेपछि उनीहरुबीच समझदारी जुट्न सकेको छैन ।

संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने भएकाले कांग्रेस नेताहरु रस्साकस्सीमा छन् । देउवा समूहबाट पार्टी सभापति एवम् हालका प्रधानमन्त्री शेरबहादुर देउवा आफैं दलको नेताको उम्मेदवार बन्ने निश्चित छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ