काठमाडौँ – वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।
नेपाली साहित्य तथा संस्कृतिका धरोहर जोशीको एक सय तीन वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो।
उनी तीन साताअघिदेखि ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत थिए।
जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
अस्पताल बसाइको सुरुका दिनमा जोशीको स्वास्थ्यवस्थामा केही सुधार भए पनि पछि बिग्रँदै गएको थियो ।
प्रतिक्रिया