समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज

  शीतलपाटीन्युज डटकम | ८ पुष २०७९, शुक्रबार १३:३२

काठमाडौं- टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’  चौथो सिजनले आज ( शुक्रबार ) विजेता प्राप्त गर्दैछ । बेलुका हुने ग्रान्ड फिनालेमा अन्तिम चारका प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् ।

जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टिम राजेश ( राजेशपायल राई ) बाट सविना योङहाङ, टिम राजु ( राजु लामा )बाट करण राई र टिम प्रविशा ( प्रविशा अधिकारी )बाट शाइल लिम्बू छन् ।दर्शकको भोटको आधारमा विजेता छानिनेछन् । डेढ महिनाअघिदेखि सुरु भएको चौथो सिजनमा ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए ।

फिनालेको क्रेज सर्वसाधारणमाझ मात्र होइन, नेतामाझ पनि उत्तिकै छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले नेता योगेश भट्टराईदेखि धरानका मेयर हर्क साम्पाङसम्म भ्वाइसको क्रेज देखिएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले सविना योङहाङ फिनालेमा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै नातिनीको लागि भन्दै भोट मागेका छन् । धरानका मेयर साम्पाङ पनि उनलाई जिताउन आग्रह गरिरहेका छन् । फिनालेलाई मनोरञ्जनात्मक बनाउन अन्तिम १२ ट्यालेन्टले गायकी प्रस्तुत गर्ने भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ