समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

दिनमै १५ हजार अण्डा उत्पादन, लिन फार्ममै पुग्छन् व्यापारी

  शीतलपाटीन्युज डटकम | १७ पुष २०७९, आईतवार १०:०७

तनहुँ– ९ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयर्स’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आएका छन्। जिल्लाको म्याग्दे गाउँपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फार्म सञ्चालन गरेको उनीहरूको फार्ममा हाल १९ हजार कुखुरा छन्।
दिनमा १५ हजार अण्डा उत्पादन हुने भएकाले खरिदका लागि बाहिरबाट व्यापारी आउने हुँदा बिक्री गर्न भौँतारिन पर्ने समस्या भएको सञ्चालक थापाले बताए।

उनका अनुसार हालसम्म फार्ममा ६ करोड बढी लगानी भएको छ। ‘फार्ममा ९ जनाको परिवारले रोजगारी पाएका छन्, व्यवसाय सञ्चालन गर्दा मासिक ३५ लाख खर्च हुने गरेको छ,’ उनले भने, ‘१९ हजार कुखुरालाई दैनिक करिब एक लाख २० हजार खर्च हुन्छ। आम्दानी जति सबै लगानीमा खर्चेर व्यवसाय वृद्धि गर्दै आएका छौँ।’
करिब ५३ रोपनी क्षेत्रफलमा ६ वटा कुखुरा फार्म निर्माण गरेर व्यवसाय सञ्चालन गर्दै आएको उनले बताए। फार्मसम्म जाने बाटो राम्रो नहुँदा ढुवानीमा ठूलो खर्च हुने गरेको छ।
म्याग्दे गाउँपालिकाका अध्यक्षलगायतको अनुगमन टोली पुग्दा व्यवसायका लागि बाटो सबैभन्दा समस्या रहेको जानकारी गराएको सञ्चालक थापाले बताए। ‘चितवन र पोखराबाट कुखुराका लागि दाना खरिद हुन्छ, तर यहाँसम्म ल्याउनका लागि ट्र्याक्टरको प्रयोग गर्नुपर्ने समस्याले गर्दा खर्च बढेको छ,’ उनले भने, ‘अण्डा निर्यात पोखरा, काठमाडौँ र चितवनमा गर्दै आएका छौँ, स्थानीय बजारले हाम्रो अण्डाको उत्पादनलाई थेग्न सक्दैनन्।
फार्ममा भएको कुल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिने गरेको छ। लामो समयदेखि आबद्ध भएको हुनाले फार्ममा नियमित कर्मले आफूलाई सन्तुष्टि मिलेको अर्का सञ्चालक गुरुप्रसाद पौडेलले बताए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ