समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

स्याङ्जामा एक किसानले बेचे ४५ लाखको सुन्तला

  शीतलपाटीन्युज डटकम | १५ माघ २०७९, आईतवार ०८:१२

स्याङ्जा– यस वर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन्।

सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ रूपैयाँबाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ मा बिक्री भइरहेको उनले बताए। ‘यसबाट हालसम्म करिब ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु,’ उनले भने, ‘सुन्तला टिप्ने क्रम जारी छ, अझै तीन लाख रूपैयाँ जतिको सुन्तला बोटमै छ।’

गत वर्ष यही समय ९माघको दोस्रो साता० मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो। गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उनले बताए।
‘गत वर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन,’ उनले भने, ‘केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीतभण्डारमा सुन्तला भण्डारण गरेँ तर कुहियो, उल्टै घाटा लाग्यो।’

उनले स्याङ्जा शीत भण्डारमा ६१७ क्यारेट सुन्तला भण्डारण गरेका थिए। ३९० क्यारेट सुन्तला कुहिँदा झण्डै सात लाख नोक्सान भएको उनले बताए।

अहिले उनीसँग दुई हजार दुई सय बोट सुन्तला छन्, तर सबै फलिसकेका छैनन्। सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुने उनको दाबी छ।

१४ वर्ष कोरियामा रोजगारी गरेका उनले अहिले सुन्तलाको संरक्षण र बगैँचा विस्तारमा ध्यान दिएका छन्। ‘अधिकारी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रूपमा सुन्तला खेती गरेका उनको हाल एकसय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन्। उनी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव थिए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ