काठमाडौं– विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ।
इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन गरेका हुन्।
अमेरिका र क्यानडाका विभिन्न सहरबाट कोलम्बसमा भेला भएका प्रतिस्पर्धी, उनीहरुका आफन्त र स्थानीय नेपालीभाषी समुदायको उपस्थितिमा उद्घाटन भएका दुवै शोको पहिलो अडिसन आइतबार साँझ सम्पन्न भएको हो।
नृत्यका लागि भने अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा फेब्रुअरी ५ मा अर्को अडिसन हुने तय भएको छ। सो अडिसनबाट टप १२ छनोट गरी नेपालको साइटलेस अडिसनका लागि पठाइने आयोजक संस्था फाउण्डेनका अध्यक्ष अधिकारीले जानकारी दिए।
प्रतिक्रिया