समाचार
|अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट भब्य, अवार्डले सम्मान गरीयो|बिराटनगरका प्रवेश रिजाल न्युयोर्कमा “भिजन अवार्ड २०२६” बाट सम्मानित|मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक|आईजीपी केसीद्वारा प्रहरीका गुनासा सुन्न ‘जाहेर टोली’ गठन, सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी|बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न|लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा स्थापना

काठमा कला भर्नेहरू

  शीतलपाटीन्युज डटकम | ३ फाल्गुन २०७९, बुधबार १७:३८

कास्की- नेपाली मौलिक घरको झ्याल–ढोका, तोरण र टुँडालमा कला खोप्ने काम परापूर्वकालदेखि सुरु भएको हो। नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान महत्त्वपूर्ण छ। मठ, मन्दिर, घर, सत्तल पाटीलगायत स्थलमा नेपाली काष्ठकलाको नमूना भेट्न सकिन्छ।

पछिल्लो समय काष्ठकला हराउँदै जान थालेको छ। कास्कीको पोखरामा एउटा परिवार काष्ठकला उद्योगले नै पालिएको छ।

पोखरा महानगरपालिका–३, अर्चलबोटका चन्द्रमान कपालीको परिवार यसकै भरमा जीविकोपार्जन गर्दै आएको छ। पोखरा–३ तेर्सापट्टीमा चन्द्रमानको लुभिना उड कार्भिङ काष्ठकला उद्योग छ। उनी बिहानदेखि बेलुकासम्म उद्योगमै व्यस्त हुन्छन्।

कपालीकी श्रीमती बिनी श्रेष्ठले पनि फुर्सदको समयमा उनलाई साथ दिन्छिन्। काठलाई कुँदेर आकार दिँदादिँदै श्रीमान् श्रीमतीको दैनिकी बितिरहेको छ।

चन्द्रमानले काठसँग साइनो जोडेको २० वर्षभन्दा बढी भयो। २०६१ मा पोखरा आएर व्यावसयिकरूपमा लागेका कपाली अहिलेसम्म यही पेसामा छन्।

उनले काठको काम सानैदेखि सिकेका हुन्। पुर्ख्यौली थलोमा सबैले काठमा बुट्टा भर्ने काम गर्ने गरेको उनले सम्झिए। ‘ललितपुर बुङ्मतीमा धेरैले काठको काम गर्छन्। मैले पनि बाजुबाजेले गरेको हेरेरै सिकेको हुँ,’ कपालीले भने, ‘२०६१ मा पोखरा आएँ, त्यसपछि मेरो कमाइखाने माध्यम नै यही बनेको छ।’

पोखरामा काम थालेको केही वर्षपछि उनी काठको काम गर्न मुस्ताङ पुगे। मुस्ताङमा केही वर्ष काम गरेर फर्केपछि कपालीले पोखरामा लुनिभा उड कार्भिङ सञ्चालन गरिरहेका छन्। उनलाई तन्नेरी उमेरमा साथीहरू विदेश जाँदा पनि कहिल्यै विदेशिने सोच आएन।

काष्ठकलाको आम्दानीले उनले पोखरामा घर किनिसकेका छन्। श्रीमतीको साथले उद्योग चलाउन सहज भएको उनी बताउँछन्।

उद्योगको कलात्ममक सामान गण्डकी प्रदेशभरसँगै अन्य जिल्लामा पनि पुगेको छ। मागका आधारमा सबैका लागि सबै स्थानमा काठका सामग्री पुर्‍याएको कपालीले सुनाए। उनले बढी मात्रामा झ्यालढोकामा कला परेका छन्। ‘मन्दिर, होटल, पुराना सांस्कृतिक सम्पदा बनाउँदा उपभोक्ता आउँछन् अनि पैसा भएकाले कलात्मक झ्यालढोका प्रयोग गर्छन्।’

कपालीको उद्योगमा झ्यालढोका बाहेक कलात्मक काठका मायाको चिनोलगायत सामग्री पाइन्छन्। कलात्मक काठको मूल्य एक हजारदेखि पाँच लाख रुपैयाँसम्म पर्छ। यही पेसाबाट सबै खर्च कटाएर मासिक ३५ हजारसम्म बचत हुने गरेको उनले बताए।

पछिल्लो समय काठको कलात्मक काम लोप हुँदै गएकामा कपाली चिन्ता व्यक्त गर्छन्। आधुनिक जमानामा मेसिनबाट बुट्टा भर्ने काम हुने भए पनि हातले बनाएको जस्तो राम्रो नहुने कपालीको तर्क छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ